ब्राजिलमा एक चोरले सुनको सेक्स टोय चोरिएपछि ...I


आखिर चोर्नु नै छ भने लरतरो चिज चोरेर इज्जत किन फाल्नु ? जात हाल्नु गहँतको झोलमा भन्ने बुढापाकाको उखान झैँ ।

बदमासी गर्नै परेपछि किन सानो काम गर्नु ? भन्ने सोँचेरै होला ब्राजिलमा एक चोरले यौन सुनको यौन खेलौना चोरेको छ । ब्राजिलिया सहरमा रहेको एक यौन खेलौना पसलबाट उक्त चोरले सुन लेपन गरिएको भाइब्रेटर चोरेको हो ।

१८ क्यारेट सुनको लेपन लगाइएको उक्त भाइब्रेटरको मूल्य ४ हजार डलर पर्ने बताइएको छ । उक्त चोरले शो रुमको गार्डलाई बाँधेर नियन्त्रणमा लिइ शो रुमभित्र छिरेर भाइब्रेटर चोरी गरेको थियो ।

ब्राजिलमा अहिलेको समय निकै नै रंगिलो प्रेमको मौसम रहेकाले यौन खेलौनाको व्यापार उच्च छ । सायद आफ्नो यौन चाहना पूर्ति गर्न उक्त चोरले पनि सुनको भाइब्रेटर चोरेको होला । चोर निकै इमान्दार रहेछ, किनकी उसले त्यो सुनको यौन खेलौना बाहेक अरु केहीपनि चोरेनछ ।

निकै हिम्मत गरेर उसले सुनको भाइब्रेटर त चोर्यो तर विडम्वना उसले चार्जर भने लैजान बिर्सिर्छ । उक्त पसलकी मालिकनी भ्यानेसा बाल्डिनी चोरप्रति कटाक्ष गर्दै भन्छिन्, ‘ सायद उसले चोरेको सामानबाट मज्जा लिन पाएन होला, किनकी उसले चार्जर लैजान भुलेछ ।’

बिचरो चोर । कामवासनाले मत्त भएर यौन खेलौना त चोर्यो । तर बुद्धि नपुग्दा उक्त चोरेको भाँडो उसका लागि ठाँडो बन्ने पक्का छ

No comments:

Post a Comment