बच्चैमा अश्लिल फिल्म, मस्तिष्कका लागि खतरा




सूचना प्रविधिको विस्तार सँगै समाजमा विकृति पनि बढेका छन् । बालबालिकाहरु समेत साइबरमा झुम्मिने र अश्लील साइटहरु हेर्ने दर बढेको विभिन्न अध्ययनहरुले पनि देखाएका छन् । विभिन्न संचार माध्यम तथा समाचारहरुले पनि बालबालिकाको बाल मस्तिष्कमा यौनका विषयमा कौतुहलता उत्पन्न गरिदिने र यस्ता साइटहरुमा प्रवेश गर्न प्रोत्साहित गर्ने गरेको पाइएको छ । तर यस्ता अश्लील सामाग्री हेर्दा बाल मस्तिष्कमा निकै नकारात्मक दीर्घकालीन असर पुग्ने गरेको एक अध्ययनले देखाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार बालबालिकाको मस्तिष्क निकै संवेदनशील हुने भएकाले यस्ता अश्लील सामाग्रीले पार्ने नकारात्मक असरको जोखिम बढी हुन्छ । त्यसैले बालबालिकाहरुलाई यस्ता सामाग्रीबाट बचाउनुपर्ने तर्क उनीहरुको रहेको छ ।

विज्ञहरुले आफ्नो बच्चाले इन्टरनेटमा हेर्ने साइट तथा कम्प्युटरमा हेर्ने सामाग्री र पुस्तक लगायतका विषयमा हरेक अभिभावकले ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन् । यस्ता अश्लील साइटबाट बाल मस्तिष्कमा कुविचार सिर्जना हुने र त्यसबाट कुलतमा फस्ने खतरा बढ्ने विज्ञहरुको भनाइ छ । इन्टरनेटमा बच्चैदेखि अश्लिल साइट हेर्न थालेका किशोरकिशोरीहरुमा आपराधिक प्रवृत्ति देखापर्न थाल्ने तथा उनीहरु लागु औषधको सेवन तथा अन्य आपत्तिजनक क्रियाकलापमा समेत संलग्न हुने गरेका अध्ययनहरुले देखाएका छन् 

No comments:

Post a Comment