पार्टनरको आँखा छल्दै अर्कैसँग मस्ती







इटालीमा हालै गरिएको एक सर्भेक्षणले आधाजसो महिला पुरुषले आफ्ना पार्टनरलाई धोका दिने गरेको तथ्य पत्ता लगाएको छ । सर्भेक्षणले ५५ प्रतिशत पुरुष तथा ४५ प्रतिशत महिलाले आफ्ना पार्टनरको आँखा छलेर अरुसँगै मस्ती गर्ने गरेको देखाएको हो । अध्ययन अनुसार यस्ता धोकेबाजहरुले गाँस्ने अवैध सम्बन्धमध्ये हरेक ५ मा ३ सम्बन्ध उनीहरुको कार्यालयमै गाँसिने गर्छन् । टेलिग्राफमा छापिएको समाचार अनुसार दिउसो २ देखि ३ बजेसम्मको खाजा समयमा यस्ता धोकेबाज जागिरे महिला तथा पुरुष आफ्नो नाठो वा नाठी बोकेर मस्ती गर्न हिँड्छन् ।
यस्तै आधाजसो धोकेबाजले मोबाइल सन्देशमार्फत अरुसँगै सम्बन्ध गाँसेर आफ्नो जोडीलाई धोका दिन्छन् भने पाँचमा एक जना धोकेबाजले यस्तो सम्बन्ध्ाका लागि इमेलको सहारा लिन्छन् । त्यस्तै १० मा एक जनाले चिठीको सहारा लिएर परपुरुष वा परस्त्रीसँग सम्बन्ध गाँस्छन् र आफ्नो जिवनसाथीलाई थोका दिन्छन् । इटालियन पारिवारिक वकिल संघले गरेको सर्वेक्षण अनुसार यस्ता अवैध सम्बन्ध भने खासै टिकाउ हुँदैनन् । हरेक १० मा ७ यस्ता सम्बन्ध एक पटकको मस्ती पछि नै टुट्छन् भने अरु बाँकी सम्बन्ध दीर्घकालीन हुन्छन् ।

No comments:

Post a Comment