बगैँचामा लगेर बलात्कार गरी हत्या गरेर फरार अभियुक्त पक्राउ


गौर, १६ भदौ । रौतहटको औरइया गाविसमा भदौ १० गते मुनिया भनिने उषादेवी साहलाई करणी गरी हत्या गरेर फरार रहेको अभियुक्तलाई प्रहरीले प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका– ७ टिकुलिया निवासी २७ वर्षीय भगवानदास तात्मा रहेका छन् । उनलाई पत्रकार सम्मेलन गरी शुक्रबार यहाँ सार्वजनिक गरेको छ ।
टेम्पुचालक तात्माले साहलाई घर पुर्याइदिन्छु भनी गौरबाट साँझ आफ्नो टेम्पुमा बसाएर ल्याएको र राति ९ बजे सिसौँ बगैँचामा लगेर बलात्कार गरेको स्वीकार गरेको प्रहरीसमक्ष बयानमा दिएको छ । करणी गर्ने क्रममा साहले लगाएको लुगा घाँटीमा बाँधिएको कारण उनको मृत्यु भएको तात्माले बयान दिएको प्रहरी उपरीक्षक ठूले राईले बताउनुभयो ।
पक्राउ परेका तात्मामाथि जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता भएको प्रहरीले बताएको छ । रासस

No comments:

Post a Comment