महिलामन्त्रीको उत्तेजक भिडियो इन्टरनेटमा सार्वजनिक




मध्यअमेरिकी मुलुक कोस्टारिकाकी संस्कृति तथा युवामन्त्री कैरिला बोलैनोको हालै उत्तेजक भिडियो इन्टरनेटमा सार्वजनिक भएपछि यस खबरले त्यहाँ सनसनी मच्चाएको छ । महिलामन्त्रीको उक्त भिडियो सार्वजनिक भएपछि उनले पद गुमाएकी जनाइएको छ ।

उक्त भिडियोमा मन्त्री बोलैनो अन्डरवयेर पहिरिएर ओछ्यानमा पल्टिरहेकी देखिएको छ । त्यस्तै उनले भिडियोमा आफ्नो प्रेमीसँग अन्र्तरङ्ग कुराकानी गरिरहेकी छिन् । इन्टरनेटमा सार्वजनिक भएको उक्त भिडियो ५६ सेकेन्डको रहेको छ । उक्त भिडियोलाई हालसम्म २६ लाख भन्दा बढी मानिसहरुले हेरिसकेका छन् ।

३९ वर्षीय मन्त्री बोलैनोले एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उक्त भिडियो केही वर्षअघि बनाएको बताएकी छिन् भने एक कम्प्यूटर इन्जिनियरले त्यसलाई चोरेर इन्टरनेटमा सार्वजनिक गरिदिएको दाबी गरेकी छिन् ।

बेलैनोका अनुसार उक्त भिडियोलाई लिएर उनीसँग रकमको माग समेत गरिएको थियो । उनले उक्त भिडियोका कारण आफ्नो छविमा दाग लागेको प्रतिक्रिया दिएको जनाइएको छ । उक्त भिडियोकै कारण कोस्टारिकाका राष्ट्रपति र मन्त्रीहरुले समेत आलोचना सहनु परेको जनाइएको छ ।

No comments:

Post a Comment