सहरमा पसल खोल्न कम्तीमा ३ लाख चाहिने

काठमाडौं, आश्विन ३१ - उपत्यका र तराईका सदरमुकाममा खुद्रा तथा किराना पसल दर्ता गर्दा कम्तीमा ३ लाख रुपैयाँ पुँजी देखाउनुपर्ने भएको छ । व्यवसायीले राजस्व कम तिर्न ठूलो आर्थिक कारोबारमा पनि कम पुँजी देखाउने गरेपछि सरकारले 'व्यवसाय र्फम दर्तासम्बन्धी मापदण्ड' तयार पारी यस्तो व्यवस्था लागू गरेको हो । यसअघि पसल दर्ता गर्दा १ लाख रुपैयाँको पुँजी देखाए पुग्थ्यो ।
'व्यावसायिक फर्म दर्ता गर्दा थोरै पुँजी देखाउने प्रचलन थियो,' वाणिज्य विभागका उपमहानिर्देशक विनोदप्रकाश सिंहले भने, 'अब दर्ता गर्दा नयाँ नियमावलीअनुसार पुँजी देखाउनुपर्छ ।' विभागले तयार पारेको मापदण्डमा कुन व्यवसाय सञ्चालन गर्दा कति पुँजी राख्नुपर्ने, ठाउँ र उद्देश्यबारे सबै खुलाउनुपर्ने बताए ।
मापदण्डमा चक्रपथ बाहिर र भित्र सञ्चालान गरिएको पसलको दर्ता रेट छुट्टै तोकिएको छ । यस्तै तराईको सदरमुकाम र नगरपालिकाभित्र सञ्चालन गर्दा रेट एउटै छ । गाविसमा दर्ता गर्दा भने केही कम पुँजी देखाउनुपर्छ । मापदण्डअनुसार पहाडि र हिमाली जिल्लाको सदरमुकाम, नगरपालिका र गाविसमा पसल दर्ता गर्दा पनि छुट्टछुट्टै पँुजी देखाउनुपर्छ ।  
विभागका अनुसार स्थानीय व्यापारको उद्देश्य राखी दर्ता हुने र्फमलाई ६ प्रकारमा वर्गीकरण गरिएको छ । उपत्यका र तराईको सरदमुकामभित्र कस्मेटिक, खुद्रा खाद्यान्न, किराना पसल, रिचार्ज कार्ड, स्टेसनरी तथा तरकारी पसल सञ्चालन गर्दा न्यूनतम पँुजी ३ लाख रुपैयाँ देखाउनुपर्छ । तराईको सदरमुकामबाहेकका जिल्लाका लागि भने २ लाख पुँजी हुनुपर्छ । पहाडी र हिमाली जिल्लाका सदरमुकाममा पसल सञ्चालन गर्दा २ लाख पुँजी चाहिने मापदण्डमा उल्लेख छ । सदरमुकाम बाहिर दर्ता गर्दा  १ लाख रुपैयाँ पुँजी भए पुग्छ ।  
यस्तै स्थानीय थोक बिक्रेता खाद्यन्न, तरकारी तथा फलफूललगायतका अन्य सामग्रीको पसल सञ्चालन गर्दा १० लाख रुपैयाँ पुँजी देखाउनुपर्ने मापदण्डमा छ ।  तराईका सदरमुकामबाहेकका जिल्लाका लागि ७ लाख रुपैयाँ तोकिएको छ । पहाडी र हिमाली जिल्लाका सदरमुकामका लागि ७ लाख, सदरमुकाम बाहिर दर्ता गर्दा ५ लाख रुपैयाँ पुँजी देखाउनुपर्ने जनाइएको छ । उपमहानिर्देशक सिंहका अनुसार मापदण्डले व्यवसायबाट राजस्वमा वृद्धि र पसल छुट्याउन सहज हुनेछ ।
कृषिजन्य सामग्री, मासु खरिदबिक्री, बोटबिरुवा खरिद बिक्री, खाद्यन्न मिठाइ, गिफ्टका सामान, जुत्ता चप्प्ाल, तयारी पोसाक, भाँडाकँुडा, जडीबुटी, चाँदीका सामान, सूर्तीजन्य, छपाइ सामग्री, दूध तथा दूध पदार्थ र्फम दर्ता गर्दा ५ लाख रुपैयाँ पुँजी देखाउनु पर्नेछ ।  सदरमुकाम बाहिरका जिल्लामा दर्ता गर्दा ३ लाख रुपैयाँ पुँजी तोकिएको छ । पहाडी र हिमाली जिल्लाका सदरमुकामका लागि ३ लाख रुपैयाँ, सदरमुकाम बाहिर २ लाख रुपैयाँ चाहिने मापदण्डमा उल्लेख छ ।  
'निजी र्फम दार्ताको मापदण्डले र्फमबाट संकलन हुने राजस्व पनि बढ्नेछ,' सिंहले भने । उनले व्यापार गर्दा करोडौं रुपैयाँको गर्ने तर पुँजी थोरै देखाउने प्रविधिलाई हतोत्साहित गर्न मापदण्ड बनाइएको बताए । मापदण्डअनुसार उपत्यका र तराई जिल्लाका सरदमुकाममा पेट्रोल डिजेल पम्प, सुनचाँदी, बहुमूल्य धातु र तिनका गरगहना व्यापार, मेसिनेरी इक्विप्मेन्ट, मोटर पार्टस तथा टायर ट्युब, मोटर तथा मोटरसाइकल खरिदबिक्री र ट्रान्सर्फमर र्फम दर्ता गर्दा ४० लाख पुँजी देखाउनु पर्नेछ । सदरमुकाम बाहिर भने ३५ लाख रुपैयाँ पुँजी देखाउनुपर्ने जनाएको छ । यस्तै पहाडी र हिमाली जिल्लाका सदरमुकाम ३५ लाख रुपैयाँ, सदरमुकाम बाहिर ३० लाख रुपैयाँ पँुजी चाहिने व्यवसाय र्फम मापदण्डमा छ ।  
सर्जिकल समान, एलपी ग्यास, मोटर पार्टस््, मेडिकल इक्विपमेन्ट, कार्पेट, छालाका सामान, मेसिनेरी औजार, सुरक्षाका सामान, हस्पिटल उपकरण र्फमका लागि  २० लाख रुपैयाँ पुँजी तोकेको छ । सदरमुकाम बाहिर १५ लाख रुपैयाँ पुँजी चाहिन्छ । मापदण्डअनुसार पहाडी र हिमालीका सदरमुकाममा दर्ता गर्दा १५ लाख रुपैयाँ, सदरमुकाम बाहिर १० लाख रुपैयाँ पुँजी चाहिने विभागले जनाएको छ ।  
विभागका अनुसार ३ लाख पुँजी हुने र्फमले १ हजार रुपैयाँ रजिस्ट्रेसन दस्तुर बुझाउनुपर्छ । ५ लाख रुपैयाँसम्मका र्फमले ६ हजार रुपैयाँ, २० लाख रुपैयाँसम्मका र्फमले १२ हजार रुपैयाँ, १ करोड रुपैयाँ चुक्ता पुँजी भएका र्फमले २० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
यस्तै ५ करोड रुपैयाँ पुँजी भएका र्फमले ३० लाख रुपैयाँ, ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका र्फमले ५० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने जनाएको छ । उपमहानिर्देशक सिंहका अनुसार विभागअन्तर्गत करिब ३ लाख र्फम दर्ता भएर सञ्चालनमा छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete