सेक्सका लागी मंगलबार सबैभन्दा खराब !



यौन दाम्पत्य जीवनको अभिन्न अंग हो तर यौनका विषयमा मानिसहरूको फरक फरक धारणा रहेको छ । केही मानिस शनिबार यौनसम्पर्क गर्न रूचाउँछन् भने कोही मानिस मंगलबार सेक्सका लागी आनाकानी गर्छन् । सेक्सको यसै विषयलाई लिएर गरिएको एक अध्ययनले कुन दिन मानिस बढी सेक्सका लागि तयार हुन्छन् भन्ने तथ्य बाहिर ल्याएको छ ।

मंगलबार सेक्सका लागि सबैभन्दा नराम्रो दिन
बेलायतमा गरिएको एक शोधका अनुसार मात्र ४ प्रतिशत मानिस मंगलबार सेक्स गर्न रूचाउँछन् भने सेक्स गर्ने सबैभन्दा उपयुक्त दिन शनिबार रहेको सोधले देखाएको छ । सोधका अनुसार ७१ प्रतिशत मानिस शनिबार सेक्स गर्न रूचाउँछन् । यो शोध बेलायतमा सेक्स टोय बनाउने कम्पनी लहवनीले गरेको हो । उक्त सोधमा मंगलबार र बिहिबार मानिसहरू यौन सम्बन्ध राख्न रूचाउँदैनन् । यसरी मंगलबार सेक्सका लागी मानिसहरूमा लगाव नहुनुमा साताको बिदा सकेपछि सुरू हुने दिनहरूमा कामको बोझ बढी हुने भएको सोधले निकालेको निष्कर्षले जनाएको छ । ६२ प्रतिशत महिला र ५९ प्रतिशत पुरूषले यो स्विकार गरेका छन् की मंगलबार सेक्स गर्नका लागी आफूहरू मानसिक तथा शारीरिक रूपले समेत उनीहरू कमजोर हुन्छन् ।
सोधका अनुसार सेक्सका लागी कुन दिन सबैभन्दा उपयुक्त...
आइतबार: १६ %
सोमबार: ८ %
मंगलबार: ४ %
बुधबार: ७ %
बिहिबार: ६ %
शुक्रबार: २३ %
शनिबार: ३७ %

No comments:

Post a Comment