जुम्ल्याहा वृद्धाको यौन पेसा संकटमा



एम्सटर्डम (एजेन्सीहरू), पचास वर्ष यौन सेवा दिएकी एक जुम्ल्याहा दिदीबहिनीले नेदरल्यान्डको राजधानी एम्सटर्डमस्थित चर्चित रेड लाइट एरियालाई छाड्ने निर्णय गरेकी छन् । उनीहरूले आफूलाई संसारकै सबभन्दा बढी उमेरका यौन व्यवसायी भएको दाबी गर्दै आएका छन् । उनीहरूले कानुनी झमेला र जोर्नीको दुखाइले गर्दा यो पेसा त्याग्न लागेको बताएका छन् । ७० वर्षे लुइस र मार्टिनले उक्त अवधिमा ३ लाख ५५ हजार ग्राहकसँग यौनसम्पर्क कायम गरेका थिए । उनीहरूले संसार निकै परिवर्तन भएको र आफूहरू पनि थाकिसकेको बताएका छन् । यौन व्यवसायसम्बन्धी कानुन आएपछि यो व्यवसाय खस्केको उनीहरूको अनुभव छ । उनीहरूका अनुसार सन् २००० मा यौन व्यवसायसम्बन्धी नयाँ कानुन बनेपछि यो क्षेत्रमा मन्दी देखा पर्न थालेको छ । विदेशी यौनकर्मीको हकमा र स्वदेशीको अहितमा कानुन
भएको उनीहरू बताउँछन् । जोर्नी दुखाइसम्बन्धी रोगका कारणले ग्राहकले चाहेअनुरूपको यौन आसन गर्न नसक्दा पेसाबाट बिदा लिन लागेको लुइसले बताइन् । ग्राहकलाई असन्तुष्ट पार्नुभन्दा यो पेसा नै छाड्नु ठीक भएको उनीहरूको तर्क छ । उनीहरूका अनुसार यो पेसाको एक मात्र नैतिकता भनेको रकम लिएपछि ग्राहकलाई चरम आनन्द दिनु हो । 'सक्नुहुन्न भने यो पेसामा रहन र ग्राहकलाई मूर्ख बनाउने तपाइर्ंलाई अधिकार छैन,' उनीहरू भन्छन् ।

अदक्ष र यौन सेवाको नाउँमा सोझासाझा ग्राहकलाई ठग्ने यौनकर्मीले गर्दा यो पेसा बदनाम भएको उनीहरू बताउँछन् । श्रीमती र केटी साथीबाट यौन चाहना पूर्ति नभएकादेखि पकेट खर्च बचाएर यौन तृप्तिका लागि आउने युवावर्ग पनि हुने गरेको उनीहरू बताउँछन् । उनीहरूलाई ठग्नु भनेको अपराध गर्नु भएको ती दिदीबहिनी बताउँछन् । 'ग्राहकलाई शारीरिक एवं मानसिक रूपले खुसी एवं सन्तुष्ट पारेर नपठाउनु भनेको यो पेसामा ठगी मानिन्छ,' उनीहरू भन्छन्, 'त्यसैले आफ्नो आवश्यकता र चाहना बुझ्ने यौनकर्मीसँग मात्र समय बिताउनुपर्छ ।' राम्रो व्यवहारकै कारणले यो पेसाबाट अवकाश लिएपछि पनि केही नियमित ग्राहकलाई मना गर्न आफूहरूका लागि निःसन्देह कठिन हुने उनीहरू बताउँछन् ।

यी दुवै दिदीबहिनीमाथि गत वर्ष डकुमेन्ट्री फिल्म 'मिट द फोकन्स' निर्माण गरिएको थियो । यो फिल्ममा उनीहरूको यौन व्यवसायलाई केन्दि्रत गरिएको छ । उनीहरूले बिहे गरेर गृहस्थी पनि बसाइसकेका छन् । लुइसका चार र मार्टिनको तीन सन्तान छन् । इच्छाअनुरूपको करिअर रोज्न छोराछोरी स्वतन्त्र रहेको उनीहरूले बताए । उनीहरूले बाँकी जीवन आफूमाथि बनेको डकुमेन्ट्री फिल्मको आयले निर्वाह गर्ने जानकारी दिए । यौनकर्मीको रूपमा कमाएको अतिरिक्त आयबाट कुनै नयाँ व्यवसाय गर्ने पनि उनीहरूको सोच छ ।  

No comments:

Post a Comment