ठूलो लिंगले हैरान बनायो



अस्वभाविक रुपमा ठूलो लिंग भएका एकजना अमेरिकी नागरि लिंगकै पिरले हैरान छन् । उनलाई सान फ्रान्सिसस्थित अन्तराष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीले रोकेर पाईन्टभित्रको अस्वभाविक ठूलो बस्तुको बारेमा सोधपुछ गरेपछि उनी अवाक भए ।

 न्युयोर्कका जोहन फाल्कनलाई विमानस्थलमा सान फ्रान्सिस्कोका सुरक्षाकर्मीले रोकी सोधपुछ गर्दा उनको उडानमा समेत केही बेर ढिलाई भएको थियो । रोलिङ स्टोन म्यागेजिनका अनुसार जोहन फाल्कन, ४१ को लिंग उत्तेजित नहुँदा ९ दशमलब ५ इन्च लामो हुन्छ भने उत्तेजित अवस्थामा १३ इन्च । विश्वको सबैभन्दा लामो लिंग भएका फाल्कनले केही डकुमेन्ट्रीहरुमा समेत अभिनय गरिसकेका छन् । उनको देब्रे तिघ्रामा भारी बस्तु झुन्ड्याईको ठानेर यातायात सुरक्षा प्रशासनका एजेन्टले सान फ्रान्सिस्कोबाट न्युर्योक फर्कने क्रममा विमानस्थलमा रोकेका थिए ।

 सुरक्षा अधिकारीहरुले गोजीमा के छ भनी सोधे, फाल्कनले भने, मैले केही छैन भन्दा पनि पत्याएनन् । फल्कनलाई उद्धृत गर्दै सान फ्रान्सिस्को क्रोनिकलले लेखेको छ । उनले त्यो अस्वभाविक बस्तु आफ्नो लिंग भएको जनाएपछि सुरक्षा अधिकारीहरुले उनको लिंग परिक्षण गरेका थिए । जसका कारण उनलाई उडानमा ढिलाई भएको थियो । यो घटना पहिलो भने होईन विमानस्थलमा यस्तो परिक्षण पहिले पनि भएको थियो । फल्कनले खुलासा गरे । 

मेरो लिंग तिघ्रासम्म पुग्ने कुरा सुरक्षा प्रशासनका अधिकारीलाई थाहा थिएन । परीक्षणका लागि नांगै बसेपछि पनि उनीहरुले त्यो बस्तु भने फेला पारेनन, फाल्कनले भने । सन् २००३ को रोलिङ स्टोनको मिस्टर बिगको ताज पाएका फाल्कन १० बर्षको हुँदा नै उनको लिंग ८ इन्च लामो थियो ।उनको लिंगको आकार ठूलो हुनुको कारण वंशज भएको उनकी आमाको कथन छ ।

No comments:

Post a Comment