कुन देशका पुरुष बढी सेक्सी ?




लन्डन– भर्खरै गरिएको एउटा सर्वेक्षणबाट बेलायती पुरुषले आफ्नो जीवनमा सरदर १७ महिलासँग यौन सम्पर्क गर्ने गरेको देखाएको छ । बेलायती महिलाले भने १० पुरुषसँग सम्पर्क गर्ने गरेका छन् । यो आँकडा डच नागरिकको भन्दा बढी हो । डच पुरुष सरदर १२ महिलासँग सुतेका हुन्छन् भने महिला ६ पुरुषसँग । त्यसैगरी, ग्रिसेली पुरुषले आफ्नो यौनजीवनमा ३० महिलासँ
ग सम्पर्क गर्ने गरेको पनि यो अध्ययनले खुलासा गरेको छ ।

अध्ययनले एक तिहाइ बेलायतीले कम्तीमा एक पटक भाइब्रेटर वा वयष्क खेलौना प्रयोग गर्ने गरेको देखाएको छ ।
जबकि २७ प्रतिशत आइरिस, २५ प्रतिशत पर्तुगाली र १४ प्रतिशत चिनियाँले यस्ता खेलौना प्रयोग गरेका छन् । त्यसैगरी, १४ प्रतिशत बेलायतीले दुई प्रेमीसँग एकसाथ रमाइलो गर्ने चाहना राखेको खुलेको छ । तर नयाँ यौन पार्टनरसँग कन्डमविना यौनसम्पर्क राख्ने बानीले गर्दा ५० प्रतिशत बेलायतीमा यौनरोग र योजनाहीन गर्भको सम्भवना रहने गरेको पनि अध्ययनमा बताइएको छ । त्यसैगरी, ४० प्रतिशत अमेरिकी र ३५ प्रतिशत फ्रान्सेली युवा यौनसम्पर्कका बेला कन्डम लगाउन चाहँदैनन् जबकि ग्रिस, थाइल्यान्ड र दक्षिण कोरियामा यो आँकडा क्रमशः ६६, ६५ र ६५ प्रतिशत छ । 

बेडमा नयाँ प्रयोग गर्नेमा बेलायती निकै अगाडि छन् । उनी फ्रान्सेली युवाका तुलनामा धेरै भाइब्रेटर, जर्मनको तुलनामा धेरै ल्युब्रिक्यान्ट र आइरिसका तुलनामा धेरै वयस्क खेलौना प्रयोग गर्छन् । ‘बेलायतीहरू मायाका सौखिन छन् । उनीहरू ओछ्यानमा नयाँ–नयाँ प्रयोग गरिरहेका हुन्छन्,’ यहाँको मुख्य कन्डमब्रान्डका एक प्रतिनिधिलाई उद्धृत गर्दै अखबारले लेखेको छ, ‘तथापि उनीहरूमा यौनरोग जोखिम बढ्नु राम्रो खबर होइन ।’ १० प्रतिशत हङकङगेलीहरू मुख मैथुनमा रमाउँछन् । हरेक दक्षिण अफ्रिकी पुरुषले आफ्नो यौन जीवनमा ३३ जना पार्टनसरँग सुतेका हुन्छन् । तर यहाँका महिलाले भने ९ जनासँग यस्तो कार्य गरेका हुन्छन् । उनीहरूमध्ये ५१ प्रतिशतले आफ्नो पार्टनरसँग सेक्सका बारेमा कुरा गर्छन् जुन विश्वमै सबैभन्दा ठूलो आँकडा हो ।

No comments:

Post a Comment