लिंग सानो भए श्रीमतीलाई सुख दिन सकिएला ?


नसक्ने कुरै छैन । मानव यौन प्रतिक्रिया चक्र उस्तै हुने भए पनि पुरुष तथा महिलामा केही फरक हुन्छ । यौन उत्तेजनाको सुरुवातदेखि  चरमसुखको स्थितिसम्म पुग्न पुरुषलाई भन्दा महिलालाई केही बढी समय लाग्न सक्छ । महिलाको यौन संवेदनशील अङ्ग भगांकुर हो र  प्रायःजसो महिलाले यही अङ्गको घर्षणबाटै यौन सन्तुष्टि प्राप्त गर्छन् । महिला तल र पुरुष माथि भएर यौनसम्पर्कमा लिङ्गले भगांकुरलाई घर्षण  गर्दैन । तपाईंको लिङ्गको लम्बाइ वा मोटाइ बढाए पनि त्यसले फाइदा पुग्ने सम्भावना एकदमै न्यून छ । बरु भगांकुरको घर्षणका लागि तपाइंर् को लिङ्गभन्दा औंला नै बढी सहयोगी सावित हुन सक्छ । कतिपय पुरुषले लिङ्गको नापलाई आफ्नो पुरुषार्थसँग जोड्छन्, तर त्यसमा सत्यता  छैन । योनिको पनि बाहिरी भाग यौन संवेदनशील हुन्छ, जुन स्थानसम्म घर्षण गर्न तपाईंको लिङ्गको लम्बाई पर्याप्त छ । यौनसन्तुष्टि प्राप्त  गर्ने कुरामा बाह्य कुराको पनि प्रभाव रहन्छ, तर यसको अर्थ यो होइन कि पूर्ण रूपमा बाह्य कुरामै भर पर्छ । यस्ता बाह्य कुराको व्यक्तिको  मानसिकतासँग गहिरो सम्बन्ध हुन्छ । यद्यपि कतिपय महिलालाई लामो तथा मोटो लिङ्ग आकर्षक लाग्न सक्छन्, तर त्यति मात्र यौ नसन्तुष्टिका लागि पर्याप्त नहुन सक्छ ।

No comments:

Post a Comment