सेक्सपछि किन निदाउँछन् पुरुष



सेक्स दुई विपरित लिंगीप्रतिको स्वभाविक शारीरिक सम्बन्ध हो | यो सम्बन्ध प्रगाढ बनाउन सके सेक्स सम्बन्धमा सहभागी दुवै महिला र पुरुषको जीवन सुखद हुन सक्दछ | विभिन्न अनुसन्धानले के पुष्टि गरेको छ भने जब आफ्नो सेक्स पार्टनरबाट यौनमा चरम सुख मिल्दैन तब त्यस्तो व्यक्ति महिला वा पुरुष दुवै नै अन्यत्र भौंतारिन थाल्छन् जसले गर्दा दुवैको जिन्दगी नै तहसनहस बन्न सक्दछ | हाम्रै नेपालमा पनि खासगरी शहरी क्षेत्रका महिला र पुरुष यसरी यौनका लागि भौंतारिने र बाहिर लहसिने गरेका समाचारहरु बेलाबेला सार्वजनिक भएकै छन् | त्यसो त विवाहेत्तोर सम्बन्ध र यस्तो सम्बन्ध अन्तत: डिभोर्सको तहसम्म पुग्नुमा पनि यस्तै यौन तिर्खा नै हुने गरेको पनि भेटिएको छ | खास गरी यौनसमागममा
पुरुष चाडै उत्साहित हुने र स्खलित हुने कारणले गर्दा त्यस्ता पुरुषका यौन पार्टनर श्रीमती निकै तनावग्रस्त हुने गरेको अनुसन्धानहरुले देखाएका छन् | यो एउटा समस्याको रुपमा खडा भएको छ जसले धेरै महिलालाई निराश बनाउने काम गर्दछ । अनुसन्धानकर्ताहरुको निष्कर्ष छ, सेक्समा महिलाले चरम सन्तुष्टि प्राप्त गर्नु अघि नै पुरुष स्खलित भैदिनाले महिलालाई मानसिक रुपमा निकै निराश बनाउने गरेको भेटिएको छ,जसले गर्दा धेरैको घर बिग्रेको छ | एक नयाँ अनुसन्धानका अनुसार सेक्समा स्खलित भैसकेपछि पुरुष पूर्णत: शिथिल हुन्छन् र उनीहरु आफ्नो पार्टनरलाई सेक्स सन्तुष्टिको चरम आनन्द दिन असफल हुन्छन् | यस्तो बेला उनीहरु चाहेर पनि आफ्नो सेक्स पार्टनरलाई खुशी बनाउन सक्दैनन् किनकि उनीहरु शिथिल भैसकेका हुन्छन, उनीहरुको कुनै जोश नै हुँदैन | तर यसको ठीक विपरित महिलाहरु चाहिं विस्तारै उत्तेजित हुँदै गरेका हुन्छन् | जब उनीहरु चरम आनन्दको चरणमा प्रवेश गरेका हुन्छन त्यो बेला पुरुष पहिले नै स्खलित भैसकेको हुन्छ र ऊ सुत्न अर्थात् आराम गर्नतर्फ लागेको हुन्छ ,जसले महिलालाई निकै निराश बनाउने गरेको पाइएको छ | यसै विषयलाई अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले सेक्स गर्ने बित्तिकै सुत्ने पुरुषहरुका लागि राम्रो बहाना निकालिदिएको छ । जब पुरुषहरु यौनक्रियामा संलग्न हुन्छन् तब उनीहरुको दिमागले सुत्नको लागि आदेश दिन्छ, एक नयाँ अनुसन्धानले प्रकाशित गरेको छ । चरमोत्कर्षको दौरान र चरमोत्कर्ष
पछि पुरुषहरुमा गरिएको उक्त अध्ययनले पुरुषको दिमागको सेलिब्रल कोरटेक्स ( जसले सोच्ने काम गर्छ) पूरै निष्कृय हुने गर्दछ । यसैगरी सेक्सपछि ओक्सि टोकिन र सेरोटोनिन नामक पुरुष हार्मोन निष्क्रिय हुने हुनाले पुरुष सुत्न लाग्छन् | जसका कारण चरमोत्कर्षपछि पुरुषको दिमागले सोच्ने काम बन्द गर्ने वैज्ञानिकहरुले उक्त अनुसन्धानमा उल्लेख गरेका छन् । त्यसको ठिक बिपरित महिलाहरु चरमोत्कर्ष पछि थप ऊर्जाशील हुने र पुरुषहरु सुतिदिनाले निराश भएर छततिर हेरेर बस्ने सम्भावना उच्च रहेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

No comments:

Post a Comment