सेक्स भन्दा ऐना हेर्नमा बढि समय


ऐना हेरिरहने बानी महिलामा मात्र हुन्छ । पुरुषले ऐना हेर्ने तथा मेकअपमा खासै समय खर्च गर्दैनन् भन्ने तपाइँलाई लागेको छ भने तपाइँ गलत हुनुहुन्छ । एक अध्ययनले औषत पुरुषहरुले सेक्सका लागि भन्दा ऐना हेर्नका लागि बढि समय दिने गरेको देखाएको छ । अध्ययन अनुसार पुरुषहरु ऐनाअगाडि उभिएर सिँगारपटार गर्न यतिधेरै समय लगाउँछन् की त्यति समय उनीहरुले सेक्सका लागि पनि छुट्टाएका हुँदैनन् । अध्ययन अनुसार पुरुषले सम्भोगका लागि जति समय खर्चिन्छन् त्यसको चारगुणा बढि समय आफ्नो मेकअप अर्थात् सिँगारपटारका लागि खर्च गर्छन् ।


अध्ययनले एक पुरुषले औषतमा प्रतिदिन १७ मिनेटको समय ऐना हेर्दैमा बिताउँछन् । अर्थात् हरेक हप्ता २ घण्टा समय उनीहरुको ऐना हेर्दैमा बित्छ । जबकी पुरुषले एक हप्तामा औषतमा आधा घण्टा भन्दा पनि कम मात्र समय सेक्समा बिताउँछन् ।

नेल केयर ब्राण्ड स्टाइलफाइलका टम पेल्लेराउले गरेको यो अध्ययन अनुसार आधा भन्दा बढि विवाहित महिलाहरु आफ्नो पार्टनरले सिँगारपटारमा धेरै समय खर्च गरेको देख्दा निकै दुखी बन्छन् ।

अध्ययनकर्ता टमका अनुसार अध्ययनले निकालेको निष्कर्ष देखेर उनलाई नै सुरुमा अचम्म लागेको थियो रे । उनको अध्ययनले अर्को गोप्य कुरा के पनि खुलासा गरेको छ भने मेकअपमा धेरै समय बिताउँछ भनेर खिसीटुरी गर्छन् भनेर धेरै पुरुषले लुकिछिपी सिँगारपटार गर्ने गर्छन् ।

यद्यपि धेरै पटक ऐना हेर्ने मामिलामा पुरुष भन्दा महिला निकै अघि भने छन् नै । महिलाले एक दिनमा ३८ पटक ऐना हेर्छन् भने पुरुषले औषतमा १८ पटक ।

No comments:

Post a Comment