पौडेल नै पाउना बनेको रहस्य खुलेपछि एमालेमा खैलाबैला

पौडेल नै पाउना बनेको रहस्य खुलेपछि एमालेमा खैलाबैला

 
1770
 
12
 
4
 
0
 
1790
 
 
  • यानेन्द्र जी.सी.
imagesबुटवल, कात्तिक २९– रुपन्देही क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका एमाले सचिव विष्णु पौडेल नै ‘पाहुना उम्मेदवार’ भएको रहस्य खुलेको छ ।
एमाओवादीका वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री तथा रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार डा. बाबुराम भट्टराईलाई पाहुना उम्मेदवारको आरोप लगाउ“दै आएका पौडेल नै स्वयं पाहुना उम्मेदवार भएको तथ्य खुलेको हो । आफ्नो राजनीतिको सुरुवात स्याङजाबाट गरेका पौडेलले पाल्पाबाट संसदिय निर्वाचन लडेका थिए । पाल्पाबाट बिजयी भए पछि एक पटक पनि जिल्ला नफर्केको पाल्पका पुराना कम्यूनिष्ट कार्यकर्ता यज्ञप्रसाद शर्मा स्मरण गर्छन् । ‘निर्वाचन जितेर पनि एक पटक पाल्पा आएनन, संधै काठमाडौंमा नै रमाए ।’ पाल्पाको जस्तै ब्यवहार उनले रुपन्देहीमा पनि गरेका छन् ।
उम्मेदवार पौडेल केही वर्ष पहिलेदेखि नै काठमाडौंमा घर बनाएर परिवारसहित उतै बस्दै आएका छन् ।
जन्मने कुरा बच्चामा निर्भर नभई बाबुआमा जहा“ रहे त्यहीं जन्मनुपर्ने बाध्यात्मक अवस्था भए पनि लुम्बिनी क्षेत्रको समग्र विकासका लागि कर्मथलो बनाउने घोषणासहित डा. भट्टराईले उम्मेदवारी दिएपछि अत्तालिएका पौडेल र उनका समर्थकले कुप्रचार गरिरहेका छन् । स्याङजाको राङखोलामा राजमार्ग किनारमा रहेको घर धेरै वर्ष पहिले नै बिक्री गरेर उनी रुपन्देही आएका थिए । र, पछि उनले बुटवल नगरपालिका वडा नं. ९ दिपनगरमा ठूलो लगानीमा बनाएको घर हङकङका एक लाहुरेलाई बिक्री गरेर काठमाडौंमा घर किनेका छन् । पौडेल र उनका परिवार काठमाडौमा बस्ने गरेका छन् ।
एमाले कार्यकर्ताले पौडेल पनि पाहुना उम्मेदवार नै भएको आक्रोश पोखेपछि आजभोलि बुटवलको सुख्खानगरमा एमाले रुपन्देही जिल्ला सदस्य नन्दिकेशर ढकालको घर छेउमा रहेको सानो घरलाई आफ्नै घर बताउन थालेका छन् ।
एमाले श्रोतका अनुसार पौडेलको घर रहेको भनिएको जग्गाको स्वामित्व ढकालकै छ । नाम उल्लेख नगर्ने शर्तमा एक एमालेका नेताले भने ‘पौडेलको आफ्नै घर हो र बुटवलमै मर्छु गर्छु भन्ने हो भने अहिलेसम्म त्यो घरमा किन बसेका छैनन् ? त्यो सब बुटवलवासीलाई झुक्याउन गरिएको नाटक मात्रै हो ।’
एमाले नेता पौडेलले चुनावी सभा र भेटघाटमा तिनाउमै मर्ने भाषण दिंदै हिड्न थालेपछि सस्तो लोकप्रियताको छलकपट बुटवलवासीले बुझिसकेको बुटवल–१२ निवासी रामकृष्ण ज्ञवालीले बताए ।
एमाओवादी वरिष्ठ नेता एवं रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार डा. भट्टराईलाई जन्मथलो छान्ने अधिकार आफूलाई नभएपनि कर्मथलोको रुपमा यस क्षेत्रलाई रोजेको घोषणा गरेपछि एमाले नेता पौडेल र उनका कार्यकर्ताले भट्टराईलाई पाहुना उम्मेदवारको आरोप लगाउ“दै आएका थिए ।
एमाले श्रोतका अनुसार शुरु शुरुका दिनमा डा. भट्टराईलाई पाहुना उम्मेदवार भन्ने पौडेल स्वयं पाहुना उम्मेदवार भएको भन्दै अगुवा कार्यकर्ताले आक्रोश पोखेपछि आजभोली उनले उक्त शब्दावली प्रयोग गर्न छाडेका छन् । पौडेलले पाहुना शब्दावलीको प्रयोग आफूले नभई उनी निकटका पत्रिकामा लेख्न लगाएको श्रोतको दाबी छ । एमालेका उच्च नेताहरुलाई मात्र जानकारीमा रहेको उक्त कुरा कार्यकर्तालेसम्म थाहा पाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको श्रोतको जिकिर छ ।
यता दिनहु“ बुटवलमा हुने चुनावी सभा र घरदैलो कार्यक्रममा एमाओवादी नेता डा. भट्टराईले राजनैतिक मुद्दा र विकासे अभियानमा केन्द्रित भई आफ्ना कुरा राख्ने गरेका छन् भने एमाले नेता पौडेल माओवादी विरुद्ध गैरराजनीतिक शब्दावली प्रयोग गर्न समेत छोडेका छैनन् ।
‘डा. भट्टराईले रुपन्देही क्षेत्र नं. ४ मा आफ्नो जित हार जेसुकै भएपनि कुनै पनि मूल्य चुकाएर यस क्षेत्रलाई कर्मथलो बनाउने प्रतिवद्धता जनाइसकेपछि बुटवलवासीले निर्धक्क बाबुरामलाई भोट हाल्छन् ।’ बुटवलका का“ग्रेस निकट मानिने एक उद्योगीले भने ।
यस क्षेत्रमा प्रचण्ड बहुमतका साथ डा. भट्टराईलाई विजयी बनाउने अभियानमा रहेका मतदाता भित्रभित्र सहयोग गर्न र मत माग्न लागिरहेका छन् । ‘अहिलेसम्मको अवस्थामा जित सुनिश्चित भइसक्यो अब घोषणा गर्न मात्र बा“की छ ।’ एमाअ‍ोवादी केन्द्रीय सदस्य तथा प्रचार विभाग इञ्चार्ज रामप्रसाद बञ्जाडे टंकमणिले भने “विरोधीका कुप्रचारलाई जनताले राम्रोस“ग बुझेका छन् यो क्षेत्रका जनता सचेत र बौद्धिक छन्, कुप्रचारले मतदाता डगमगाउने छैनन्” ।
यसैबीच संविधानसभा निर्वाचनको मिति आउन केही दिनमात्र बा“की रह“दा रुपन्देही क्षेत्र नं. ४ मा एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको पक्षमा जनलहर बढ्दै गएको छ ।
कसैलाई व्यक्तिगत आरोप–प्रत्यारोप नगरी चलाखीपूर्ण ढंगले चुनाव प्रचारमा जुट्नुभएका भट्टराईले बुटवलमा डाक्टर, इन्जिनियर, बुद्धिजीवीहरुसंग अन्तक्र्रिया गरेका छन् । आफ्ना राजनीतिक अनुभूति, जनयुद्ध, देशको अवस्थाबारे खुलेरै धारणा राख्नुभएका भट्टराईलाई चिकित्सक र इन्जिनियरहरुले पनि निर्वाचनमा सघाउने आश्वासन दिएका थिए । पेशागत व्यस्तताका कारण आफूहरु राजनीतिमा सक्रिय हुन नपाए पनि मुलुकको परिवर्तनका लागि सक्षम र बौद्धिक व्यक्तिले नै नेतृत्व गर्न सक्ने भएकाले आफूहरुले भट्टराईलाई सहयोग गर्ने उनीहरुको भनाइ छ ।
‘हामीले पार्टीको झण्डा बोकेर हिंडेका छैनौं तर बौद्धिक व्यक्तिले नै देश हा“क्न सक्ने भएकाले हामीले भट्टराईलाई समर्थन गरेका हौं’ वीर अस्पताल काठमाडौंका निर्देशक डा. बुलुन्द थापाको जोड छ ।
‘हामी राजनीतिमा सक्रिय छैनौं, तर मुलुकको नेतृत्व सक्षम नेताले मात्र गर्न सक्छ, त्यो क्षमता हामीले भट्टराईमा देखेका छौं’ लुम्बिनी अञ्चल अस्पतालका डाक्टर राजेन्द्र खनालको भनाइ छ ।
आफू एमाओवादी नभए पनि भट्टराईको भनाइबाट प्रभावित भएको पेटरोग विशेषज्ञ डा. सुदर्शनलाल प्रधानले बताए । ‘मैले त भट्टराईको जित निश्चित देखिसकें’ डा. प्रधानले भने ।
यसैबीच विगत लामो समयदेखि एमाले र कांग्रेसमा सक्रिय भएका स्थानीय नेता कार्यकर्ताहरु अहिले खुलेरै भट्टराईको पक्षमा लाग्न थालेका छन् ।
अघिल्लो चुनावमा एमालेमा क्रियाशील बुटवल—१३ देवीनगरका नमूना पथ र आसपासका पन्ध्रभन्दा धेरै घर परिवारले यस पटक भट्टराईलाई मत दिने निर्णय गरेका छन् । सोही ठाउ“का महेश थापा अहिले भट्टराईको पक्षमा प्रचारमा हिँडेका छन् । विगतमा एमालेलाई मतदान गरेको उनको परिवारमा यसपटक प्रत्यक्षमा भट्टराईलाई मत दिने निर्णय भएको थापाले बताए ।
त्यसैगरी विगत लामो समयदेखि एमालेमा सक्रिय रहेका नारायण गौतम, जीवन सारु लगायतले पनि खुलेरै भट्टराईलाई समर्थन गरेका छन् । ‘एमाले उम्मेदवार विष्णु पौडेलको हतास मनस्थिति देखिसकें, मैले त भट्टराईलाई मत दिने निर्णय गरिसकें’ गौतमको भनाइ छ ।
baburamयसैबीच बुटवल–१३ मा वरिष्ठ नेता भट्टराईले गर्नुभएको घरदैलोको क्रममा बिहीबार र शुक्रबार गरी १ सय ५५ जना एमाओवादीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई डा. भट्टराईले अबिर र माला लगाई स्वागत गरेका थिए ।
चुनावी अभियानकै क्रममा भट्टराईले मुश्लिम समुदाय, जैसवाल समुदाय, मारवाडी समुदाय, क्रिश्चियन समुदायसंग पनि छुट्टाछुट्टै भेटघाट गरेका छन् ।
विभिन्न पार्टीमा आस्था राख्ने उद्योगी, व्यापारी, विभिन्न पेशा र व्यवसायमा क्रियाशील मुश्लिम समुदायले भट्टराईलाई मत दिने प्रतिबद्धता जनाएको भेलामा सहभागी राष्ट्रिय मुश्लिम आयोगका अध्यक्ष मोहम्मद निर्दोष अलीले बताए ।
त्यसैगरी विगतमा निर्वाचन जितेकाहरुले आफ्नो समुदायलाई केही नगरेकोले जैसवाल समुदायले पनि भट्टराईलाई समर्थन गर्ने जैसवाल सेवा समितिका अध्यक्ष भगौती जैसवालले बताए ।
त्यसैगरी रुपन्देहीको क्षेत्र नं. ४ मा केन्द्रित सांस्कृतिक टोलीले पनि ठाउ“ठाउ“मा सांस्कृतिक कार्यक्रम गरेर भट्टराईको पक्षमा मत मागिरहेको छ । प्रत्येक ठाउ“का सांस्कृतिक कार्यक्रममा हुने गरेको व्यापक सहभागिताले पनि भट्टराईको जित सुनिश्चित बनेको एमाओवादीको सांस्कृतिक विभाग अवधका प्रमुख रामप्रसाद बन्जाडे ‘टंकमणि’को भनाइ छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete