माओवादीद्वारा खचाखच यात्रु रहेको बसमा बम प्रहार, १६ घाइते, ३ अवस्था गम्भीर - See more at: http://nagariknews.com/politics/party-politics/story/9934#sthash.zBIG0qWz.J1DGJI6b.dpuf

मकवानपुर— चुनाव विरोधी नेकपा-माओवादी नेतृत्वको मोर्चाले गुडिरहेको यात्रुवाहक बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरेको छ। नारायणगढतर्फ जाँदै गरेको अवस्थामा बम प्रहार हुँदा बस जलेर क्षतिग्रस्त भएको छ। बसमा सवार १६ यात्रु घाइते भएका छन्। ३ को अवस्था गम्भीर छ।


कलैयाबाट काठमाडौंतर्फ जान लागेको अनमोल ट्राभल्सको ना ४ ख ९८३६ नं को बसलाई लक्ष्यित गरी दायाँतर्फ जंगलमा लुकेर पेट्रोल बम प्रहार भएको हो। बम लागेर बस जल्दा चालक, सहचालकसहित दर्जन बढी गम्भीर घाइते भएका छन् । ४१ वर्षीय चालक भोलाप्रसाद साह र ३५ वर्षीय सहचालक सुरेन्द्र चौधरीको शरीरमा आगो लाग्दा चिन्ताजनक अवस्थामा रहेको प्रहरीले जनाएको छ । शरीर जलेको राकेश यादवको अवस्था पनि गम्भीर रहेको छ ।

घाइते हुने अन्यमा ५७ वर्षीय सनत रेग्मी, ५१ वर्षीया उमा रेग्मी, ७४ वर्षीय धनबहादुर लामा, ६४ वर्षीय रामबहादुर लामा, ३० वर्षीय उमेश पण्डित, १८ वर्षीय राजा खान, ५० वर्षीय मञ्जु खनाल, २० वर्षीय मनोज राई र २५ वर्षीया सीता लामा रहेका छन् । त्यस्तै, २० वर्षीय हरिकृष्ण चौधरी, ३२ वर्षीय सरोज खनाल, २१ वर्षीय कौसर रेग्मी र एक जना नाम नखुलेको व्यक्ति भएको हेटौंडा अस्पतालले जनाएको छ । घाइतेमध्ये सनत, उमा रेग्मी र मञ्जु खनालको सामान्य अवस्थामा हेटौंडामा उपचार भइरहेको छ भने अन्यको थप उपचारका लागि चितवन लगिएको अस्पतालले जनाएको छ ।

प्रहरीमा स्कर्टिङमा गइरहेका ४-५ वटा गाडीमध्ये यात्रुवाहक बसलाई बम प्रहार भएको हो। जंगलमा लुकेर ३-४ वटा बम सडकमा प्रहारपछि बसको चालकलाई लागेको प्रत्यक्षदर्शी पुरुषोत्तम अधिकारीले बताए। पछिल्लो बसमा यात्रा गरेका वीरगञ्जका अधिकारीका अनुसार प्रहार गरिएका केही बम बसले छलाएको थियो। चालकलाई नै लागेपछि बसमा आगो बल्न थालेको र उनले भित्तातर्फ बसलाई साइड लगाउन खोज्दा बस पल्टिएको उनले बताए।

बसमा बसमा करिब ३५-४० जना यात्रु थिए । चालकले विस्तारै बस भित्तातर्फ पल्टाएपछि पछाडिको भागको सिसा फुटाइ यात्रु उत्रिएका थिए। हेटौंडाबाट गएको वारुण यन्त्रले बसमा लागेको आगो निभाए पनि बसको अधिकांश भाग जलेर क्षति पुगेको छ।स्कर्टिङ गरिएको बस पछाडितिरबाट नआएपछि प्रहरी भ्यान फर्किएको थियो। ४ सय मिटर अघि रहेको प्रहरी भ्यान फर्किएपछि उद्दारको काम सुरु भएको थियो। करिब २ सय वटा सवारी साधन प्रहरीको स्कर्टिङमा नारायणगढतर्फ जाँदै थिए।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete