शोभराज भन्दा डरलाग्दा सिरियलकिलर पक्राउ


AddThis Social Bookmark Button१७ कार्तिक, काठमाडौं ।  अन्तराष्ट्रिय कुख्यात अपराधी  चाल्र्स शोभराजभन्दा  डरलाग्दा सिरियलकिलर  अपराधी पक्राउ परेका छन ।  शोभराजको शैलीमा  बहुमुल्य धातु  तथा स्टोन  कारोबारको  बहानामा करिब १२  जनाको  फिल्मी शैलीमा हत्या गर्ने अभिषेक सिंहलाई  प्रहरीले पक्राउ गरेको छ ।
 महानगरीय  प्रहरी  अपराध महासाखाले  १५ भन्दा  धेरै नामबाट चिनिने  सिंहलाई केहिदिन अघि पक्राउ गरेको हो ।  सिंहले कम्तीमा ६ जनाको हत्या गरेको  पृष्टि  भइसकेको र अन्य  करिब १२  हत्याका घटनामा  उनको संलग्नताको प्रहरीले अनुसन्धान थालेको आजको नयाँपत्रिकाले लेखेको छ ।
 “अभिषेकको आपराधिक गतिबिधि शैली र घटना हेर्ने हो भने  शोभराज भन्दा  उनी अगाडि देखिन्छन,” प्रहरी श्रोतले भन्यो,  “नेपालमा यस्तो किसीमको  व्यक्ति पहिलो चोटि भेटिएको छ ।”
लोमस फर्मास्युटिकल्सका कर्मचारी गोठाटार निरज  पाण्डेको  हत्या अनुसन्धानका क्रममा  प्रहरीले सिंहलाई पक्राउ गरेको थियो ।  पाण्डे हत्याका प्रमुख योजनाकार  उनै सिंह हुन ।  नेपालगन्ज घर भएका उनले  समीर घिमीरे लगायतका  दर्जनौं नामबाट आफूलाई चिनाउने  गरेका थिए ।
सिंहले नागमणिको  कारोबारका लागि  भारत जाने भन्दै पाण्डेको गाडीमै हत्या गरी  धनुषाको  ढल्केबरमा पु¥याई  शब फालिदिएका थिए ।  शोभराज जस्तै  गरी निकै चलाखीपूर्वक   योजनाबद्ध रुपमा  उनले धेरै व्यक्तिको हत्या गरिसकेको अनुसन्धानमा खुलेको छ ।  ती सबै घटनामा उनले आपूmलाई जोगाउन  सफल भएका छन ।
पैसा हात पार्न विभिन्न  अबैध सामानको कारोबारमा संलग्न व्यक्तिलाई  उनले हत्या गरेको प्रहरी श्रोत बताउछ ।  हालै बेपत्ता रहेका भनिएका कतिपय  व्यक्तिको हत्या  पनि उनले गरिसकेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
 सिंहका तीन सहयोगीलाई  प्रहरीले दुईसाता अघि  नै पक्राउ गरिसकेको थियो ।  पाण्डेका हत्यामा संलग्न  प्रभाकर राणा,  अनिल पटेल र कुमार विक्रम  केसीलाई  महानगरीय अपराध महासाखाले  पक्राउ गरी कारबाहीका लागि जिल्ला  प्रहरी कार्यालय धनुषामा पठाएको थियो ।  सिंह भने भारतमा  लुक्दै आएका थिए । उनलाई पनि  केहि दिन अघि पक्राउ गरिएको  प्रहरीले  जनाएको छ । उनी पक्राउ परेपछि  मात्र उनका अन्य कर्तुतबारे प्रहरीले पत्ता लगाएको थियो ।
 काँके घर भएका सिरियलकिलर  सिंह लामो समयदेखि विभिन्न अबैध बस्तुको कारोबार तथा ठगीमा संलग्न व्यक्ति भएको प्रहरी अधिकारी बताउँछन ।  उनले ज्योतीषीको काम समेत गर्दै आएका थिए । यसअघि  सिंहले  धेरैजनाको  हत्या गरिसकेको प्रहरीले पृष्टि गरेको छ ।  ती घटनाको विषयमा पनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete