जेनेभा (एएफपी), मंसिर १० - इरानले आइतबार विश्वका शक्ति मुलुकसँग ऐतिहासिक सम्झौता गर्दै आफ्नो पारमाणविक कार्यक्रममा कटौती गर्न सहमति जनाएको छ । तेहरानलाई पारमाणविक बम प्राप्त गर्न नदिन एक दशक लामो प्रयासमा सबैभन्दा ठूलो पाइलाका रूपमा यसलाई लिइएको छ ।
सम्झौताले युरेनियम प्रशोधन गर्ने आफ्नो अधिकार पहिचान भएको दाबी तेहरानको छ भने वासिङटनले त्यस्तो नभएको बताएको छ । यस सम्झौताले इरानमाथिको प्रतिबन्ध केही कम गराएको छ भने सम्भौतामा दुवै पक्षबीच अझै मतभेद कायम छ ।
सम्झौताले इस्लामिक गणतन्त्रलाई पारमाणविक हतियार प्राप्त गर्न नदिन सुनिश्चित गर्न नसकेको भन्दै इजरायलले ऐतिहासिक असफलताका रूपमा आलोचना गरेको छ । विश्वका ६ वटा शक्तिराष्ट्र वार्तामा निरन्तर क्रियाशील थिए । उनीहरूले यस प्रारम्भिक सम्झौताको प्रशंसा गरेका छन् । यस्तो सम्झौता हुने कुरा केही महिना अगाडि सोच्न नसकिने अवस्थामा थियो, जसले अस्थायी रूपमा दुई पक्षबीच सैनिक तनाव बढ्ने सम्भावना घटाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त सम्झौता इरानको पारमाणविक कार्यक्रमप्रति चिन्ता समाधान गर्ने एकीकृत समाधानको महत्त्वपूर्ण पाइला भनेका छन् । इरान तथा राष्ट्रसंघीय सुरक्षा परिषद्का ५ सदस्य र जर्मनीले जेनेभामा स्थानीय समयअनुसार बिहान ३ बजे तेहरानले युरेनियम प्रशोधनलाई सीमित गर्ने घोषणा गरेका हुन् । यसले २० प्रतिशतसम्म शुद्ध बनाइएको युरेनियम भण्डारलाई निष्त्रिmय बनाउने अमेरिकी विदेशमन्त्री जोन केरीले बताए । यसअघि ६ महिनाभित्र शुद्ध बनाइएको युरेनियमबाट पारमाणविक हतियार बनाउन सकिने अनुमान गरिएको थियो । अमेरिकी विदेशमन्त्री केरी र उनका अन्य समकक्षीले उक्त सम्झौताका लागि सहयोग गरेका थिए ।
सम्झौतामा इरानले आफ्नो न्यून प्रशोधित युरेनियम भण्डार थप नगर्ने, नयाँ 'सेन्टि्रफ्युज' जडान नगर्ने तथा अरक आरणविक भट्टीलाई क्रियाशील नबनाउने उल्लेख छ । अमेरिकी विदेशमन्त्री केरीले राष्ट्रसंघका आणविक निरीक्षकलाई अभूतपूर्व रूपमा थप पहुँच प्राप्त हुने बताए । त्यसको बदलामा इरानलाई ७ अर्ब डलर बराबरको प्रतिबन्धमा छुट दिइनेछ । तेहरानले सम्झौता कार्यान्वयन गरे शक्ति मुलुकले आगामी ६ महिनासम्म थप प्रतिबन्ध लगाउने छैनन् । ह्वाइट हाउसले तेल, अर्थ तथा बैंकिङजस्ता अन्य प्रतिबन्ध कायम रहने र यो उपाय सीमित, अस्थायी, लक्षित तथा हटाउन सकिने बताएको छ ।
गत जूनमा राष्ट्रपति निर्वाचित भएका हसन रुहानीले यस सम्झौताले इरानको माटोमा युरेनियम प्रशोधन गर्ने कुरालाई विश्वका शक्ति राष्ट्रले स्विकारेको बताए । सम्झौताका दुई पक्ष शक्ति मुलुकका प्रमुख कूटनीतिज्ञ र इरानी विदेशमन्त्री जावेद जरिफले आ-आफ्नै ढंगले व्याख्या गरेका छन् । जरिफले प्रशोधनको अधिकार उक्त सम्झौतामा अन्तरनिहित भएको बताए । रुसले सम्झौतामा सबैले जितेको र कसैले नहारेको बताएको छ । चीनले जेनेभाको दस्तावेजले मध्यपूर्वमा स्थायित्वलाई समर्थन गर्ने धारणा व्यक्त गरेको छ । प|mान्सले सम्झौता सही दिशामा पाइला भएको बताएको छ ।
आगामी ६ महिनामा इरान तथा अमेरिका, चीन, रुस, प|mान्स, बेलायत र जर्मनीले थप एकीकृत सम्झौताका लागि वार्ता गर्नेछन् । इरानी नागरिकहरूले आफ्नो देशको पारमाणविक कार्यक्रमलाई राष्ट्रिय गौरवका रूपमा हेरेका छन् । उनीहरूले अब प्रतिबन्ध हटेको देख्न चाहेका छन् । जेनेभामा सम्झौतामा हस्ताक्षरपछि इरानी राष्ट्रपति रुहानीले प्रतिबन्धको संरचना चर्कन थालेको बताए । इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीले सम्झौतालाई एक उपलब्धिको रूपमा लिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने त्यसलाई ऐतिहासिक सम्झौता नभई गल्तीको संज्ञा दिएका छन् । अमेरिकामा धेरै कट्टरपन्थीहरूले राष्ट्रपति ओबामा तेहरानसँग वार्ता र सम्झौता गरी इरानप्रति निकै नरम भएको आरोप लगाएका
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete