युरोप आउन खुट्टो उचाल्दै हुनुहुन्छ ? दलाल खोज्दै हुनुहुन्छ कि ‘कसले लगिदेला’ भनेर । ऋण खोज्ने, जग्गा बेच्ने वा अनेक दुखले आर्जेको धन दलाललाई भिसा लगाउन भन्दै दिएर युरोप हानिने । यता आएर युरो सोहोरौंला र भटाभट घर घडेरी जोडौंला, मस्ति गरौंला, खुट्टो हल्लाएर चिल्लो अफिसमा काम गरौंला भन्ने सोच्नु भएको छ ? गलत । त्यस्तो होइन, बरु सडकमा यसैगरि थाल थापेर खनौ पर्ला, दिनमा एक छाकपनि ।
अगस्टको सायद तेस्रो साता होला । पेरिसको असाध्यै ब्यस्त भाग, ला सापेल छेउको हुलाकमा जाँदा मैले सडकमा मानिसहरु भरिभराउु देखें, हातमा प्लस्टिकका कचौरा । थाल, वा हातमा पानीका गिलास बोकेका । कोहि हतारमा खाँदै थिए। यस्ता पहेंला लुगा लगाएका मानिसहरु लाईनमा बस्नेलाई खाने कुरा बाँडिरहेका थिए । रेल गुड्ने मुन्तिर । चाख लाग्यो । नियालें, के रहेछ ? किन रहेछ, मानिसहरु लाम लागेका भनेर । त्यसरि खानाको याचना गरेर पूल मुन्तिर थाल थाप्दै उभिनेको भिड थियो । सयौं थिए त्यहाँ ।
झोलामा मेरो क्यामरा थियो । तस्विर लिन खोजें । तर नपाइने रहेछ । त्यसैले पछि मैले यहाँका तस्विर मेट्रो दैनिकबाट लिएँ । यसरि खाना बाँड्ने काम आजकाल हप्तामा एक पटक गर्ने रहेछन् । तस्विर खिच्न पनि नदिएपछि खाना बाँडिरहेकि मिस्लेन भन्ने महिलासित केहिबेर गफ गरें, छेउमा उभिएर ।
यसरि गर्मी याममा खाना बाँड्ने चलन रहेनछ पहिलेपहिले । तर अहिले युरोपमा रोजगारीको संभावना कम भएको, मानिसहरु बेरोजगार धेरै भएको र बेरोजगार भत्ता दिन सरकारले धेरै कुराउने हुँदा समस्या गम्भिर हुँदै गएछ । केहिपनि बिकल्प नहुनेले के खाने ? त्यसैले खान नपाएर नमरुन् भनेर यसरि गर्मी महिनामापनि खाना बाँड्न थालिएछ ।
पहिले चाहिँ घरबार बिहिन, परिवार र जागिर अनि रोजगार नहुनेहरु सडकमा सुत्छन् । जाडोले कठ्याङ्ग्रिएर, खान नपाएर नमरुन भनेर जाडो याममा खाना बाँड्ने गरिँदो रहेछ, हरेक रातनै । अहिले त्यसरि रातमा त बाँडिन्छ नै, दिनमापनि यसरि बाँड्न थालिएको रहेछ ।
यसलाई उनीहरु आपतकालिन आहारा भन्ने गर्छन् । कतिपय ठाउँमा भने बालवालिकाकालागि आहारा दिने ठाउँ तोकिएको हुन्छ । किन्न नसक्ने, बैधानिक कागज नहुँदा सरकारी सुबिधा लिन नलाउने, स्कूलमा चाहिने खाजा, कापी लगायत कापी, कलम किन्न नसक्नेकालागि लाईनमा उभिएरपनि सामान बाँड्ने गरिन्छ पेरिसमा । यो सुबिधा युरोपका धेरै देशमा छ । कतिपय ठाउँमा चाहिँ गरिबहरुकालागि भनेर अन्यत्र भन्दा एकदम सस्तोमा बेच्ने गरिन्छ ।
आजकाल यसरि सहयोग माग्नेको संख्या पहिले भन्दा निकै बढेको रहेछ । एक पटकमा यसरि खानेहरु करिब तिन सय ५० जना हुने रहेछन् । झोल (सुप), कफी, पानी, रोटी जस्ता सामान्य खान्कि हुन्छन् । एक ठाउँमै खाना बाँड्नकोलागि ६०, ७० जना स्वयंसेवकको खाँचो पर्छ । चाडपर्वका बेला झन धेरै खानेहरु थपिन्छन् । त्यस्तो बेला अझ धेरै स्वयंसेवक चाहिन्छ ।
विगत पाँच वर्षदेखि आर्थिक मन्दीमा परिरहेको छ युरोजोन । अहिले बेरोजगारी दर उच्च तहमा पुगेको छ । युरो मुद्रा प्रयोग गर्ने युरोजोनका १७ मुलुकमा बेरोजगारी दर गत मार्च महिनाबाट यसअघिको तुलनामा १२ दशमलव एक प्रतिशतले बढेको छ् । अहिले युरोपमा तिन करोड पचास लाख मानिस बेरोजगार भैसकेका छन् ।
उता यहाँको मुद्रास्फ्रिति पनि उसैगरि बढेको छ । त्यसले गर्दा युरोपेली केन्द्रीय बैङ्कले ब्याज दरहरूमा कटौती त गरेको छ । तर बेरोजगार धेरै हुनाले बैंकहरुमा रकम थुप्रिएर बसेको छ, लगानी बढ्न सकेको छैन ।
युरोजोनमा ग्रिस, पोर्चुगल र स्पेनमा सबैभन्दा उच्च बेरोजागारी दर रहेको छ । सबैभन्दा कम बेरोजगारी दर अस्ट्रियामा चार प्रतिशत र त्यसपछि जर्मनीमा रहेको छ । जर्मनीमा फ्रान्सको तुलनामा कम बेरोजगारी दर छ । किनभने त्यहाँ बेरोजगार भत्तामा बस्नेहरुले सार्वजनिक काममा खटिनु पर्छ । तिनले मासिक करिब ४५० युरो पाउँछन् । पार्कमा रुख बिरुवा काट्ने, बाटोघाटो सफा गर्ने, सडकका रुख र तिनका हाँगाबिँगा काट्ने जस्ता काममा लगाउँछ नगरपालिअकले । त्यसरि काम गर्नेलाई बेरोजगारको सूचीमा नराख्ने हुँदा जर्मनीको बेरोजगारी दर फ्रान्सको भन्दा कम देखिएको बताउँछन् फ्रान्सेली.
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete