हेटौंडा , कार्तिक १६ - जीवनदान मानिसले मात्र होइन चौपायाले पनि पाउने गरेका छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने दामन ५ का हरिबहादुर केसीको अजङको खसीले जीवनदान पाएको छ । ३ वर्ष अघि खसीलाई काट्ने तयारी गर्दा लम्पसार परेर सुतेकाले जीवनदान पाएको हो ।
खसी काट्न पानी तताएर घर भित्रवाट खुकुरी झिकेर ल्याउँदा खसीले आँखावाट तररर् आँशु झारेर लम्पसार परेर सुतेकाले जीवनदान दिएको केसीले बताए । उनले भने ,' खसीलाई अब काट्ने र बिक्री गरिँदैन ।' करिब ४ वर्षको खसी अहिले २० हजार भन्दा वढी मुल्यमा बिक्री हुन्छ । 'खसी विक्री गर्नु भनेको काटेर मासु खानलाई हो, त्यसैले गर्दा खसी बिक्री नगर्ने भनको हो,' उनले भने ।
सडक छेउमा केसीको घर छ । बटुवा जीवनदान पाएको खसीलाई हेरेरमात्र अगाडी वढ्ने गर्छन् । केसी परिवारले जीवनदान दिएको खसीलाई बाँध्ने पनि गर्दैनन् ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete