काठमाडौ, पुस १४ - नेपालमा खिचिएको एक चलचित्रलाई बीबीसीले सन् २०१३ को उत्कृष्ट सूचीमा राखेको छ । बीबीसीका फिल्म समीक्षक टम ब्रुकले तयार पारेको उत्कृष्ट १० को सूचीमा नेपालमा खिचिएको फिल्म मनकामनालाई उत्कृष्ट ठहराइएको हो ।
ब्रुकले तयार पारेको सूचीमा मनकामनालाई छैठौं नम्बरमा राखिएको छ । गोरखा जिल्लामा पर्ने प्रसिद्ध मनकामना दर्शनका लागि केबुलकार चढेर जाने एक तीर्थयात्री समूहमाथि फिल्म बनेको छ । स्टेफिन स्प्रे र पाचो भेलेजले निर्देशन गरेको फिल्मले नेपाली तीर्थयात्रुको भिन्न भिन्न मनोदशा व्यक्त गर्ने फिल्लम एक घण्टा ५८ मिनेटको छ ।
स्वीजरल्याण्डको लोकार्नो फिल्म फेस्टिभल, क्यानडाको टोरेन्टो फिल्म फेस्टिभल, अमेरिकाको न्यूयोर्क फिल्म फेस्टिभल र एएफआई फेस्टमा प्रदर्शित फिल्मले समीक्षकबाट प्रशंसा पाएको थियो ।
सन् २०१४ फेब्रुअरीमा हुने ओस्कार अवार्ड समारोहमा पूर्वसन्ध्यामा बीबीसीको यो सूची सार्वजनिक भएको हो । सूचीमा सन् १८४० दशकताका वेलायतमा रहेको दासताबारे निर्मित चलचित्र टुवेल्भ ईयर्स अ स्लेभलाई एक नम्बरमा राखिएको छ ।
कम्प्युटरले निर्माण गरेको महिला स्वरमा लठ्ठ हुने पुरुष पात्रको चरित्रमा निर्मित अमेरिकी फिल्म 'हर' लाई सूचीको दोस्रो स्थानमा राखिएको छ । सन् २०१३ मा निर्माण गरिएको थि्रलर फिल्म ग्राभिटी सूचीको तेस्रो स्थानमा छ ।
कारोबार मापन गर्ने परिसूचक नेप्से ३७।९५ अंक बढेर ७७१।२ विन्दुमा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा ५ प्रतिशतको वृद्धि हो।
प्राविधिक कारणले एक घन्टा ढिलो खुलेको सेयर बजारमा नेप्से परिसूचक उच्च अंकले बढेपछि तीनपटक 'सर्किट ब्रेकरु लगाएर कारोबार रोक्नुपरेको थियो। तीन घन्टा खुल्ने बजारमा तीनपटक सर्किट ब्रेकर लागेपछि लगानीकर्ताले जम्मा ४५ मिनेट मात्र सेयर किनबेच गर्न पाए।
दोस्रो संविधानसभाको निर्वाचन परिणामपछि एक–दुईपटक बाहेक अधिकांश दिन सेयर बजार बढेको बढ्यै छ। दैनिक आधा अर्बसम्मको कारोबार हुँदै आएको छ।
लोकतान्त्रिक आस्था भएका दलहरू मिलेर सरकार बनाउने अपेक्षा र बजारमा अत्यधिक लगानीयोग्य पुँजी हुनुले नै सेयर कारोबार उच्च दरले बढेको विश्लेषक बताउँछन्। सेयर कारोबार हुने कम्पनीहरूको वित्तीय अवस्था हेर्दा बजार यस्तरी बढ्नु नपर्ने उनीहरूको तर्क छ।
नबिल इन्भेस्टमेन्टका प्रमुख कार्यकारी प्रवीणरमण पराजुलीका अनुसार लगानी अवसर खुम्चिनु, ब्याज दर घट्नु, तरलता बढ्नु, राजनीतिक अवस्थामा सुधार आउनु लगायत सबै कारण एकैचोटि परेकाले बजार तीव्र गतिमा वृद्धि भएको हो। 'अन्य आधारभूत कारण विश्लेषण गर्दा भने यस्तरी बढ्नुपर्ने आधार भेटिँदैन, उनले सोमबार नागरिकसँग भने।
पराजुलीले बढ्दो बजार नहेरी लगानी गरिएका संस्थाको अवस्थाबारे पर्याप्त जानकारी लिएर मात्र सेयरमा पैसा हाल्न लगानीकर्ताहरूलाई सुझाएका छन्। 'लगानी गरिएका संस्था कुन अवस्थामा छन्, नियमन निकायका नीति कतातिर गइरहेको छ भनेर हेर्न आवश्यक छ, उनले भने, 'बजार सधैं बढ्छ भन्ने मान्यता लिएर लगानी गरिए भोलि समस्या पर्न सक्छ।
सेयर बजारमा सोमबार ९६ कम्पनीको ६ लाख ७३ हजार १ सय २३ कित्ता सेयर किनबेच भयो। सबैभन्दा बढी जलविद्युत्, बैंकिङ र बिमा कम्पनीको सेयर मूल्य बढेको छ।
कालिका सेक्युरिटिजका प्रबन्ध निर्देशक तथा स्टक ब्रोकर संघका अध्यक्ष नरेन्द्रराज सिजापति पनि 'राजनीतिक कारण र अत्यधिक तरलताले नै बजार बढेको बताउँछन्। केही समय अझै यही दरमा वृद्धि हुने उनको विश्लेषण छ।
'अहिले १० देखि १२ प्रतिशत ब्याजमा सेयरधितो कर्जा पाइन थालेको छ, उनले नागरिकसँग भने, 'अन्य क्षेत्रमा लगानीको अवसर नभएकाले बैंकहरूले सेयरमा सजिलै ऋण दिन थालेका छन्। यो कारणले बजार उकालो लागेको हो। विगतमा बैंकहरूले सेयरधितो कर्जामा १६ प्रतिशतसम्म ब्याज लिन्थे।
सय रुपैयाँभन्दा कम मूल्य भएका करिब दुई दर्जन संस्थामध्ये डेढ दर्जनको सेयर मूल्य सय रुपैयाँ माथि आइसकेको छ। विगतमा राम्रो मानिए पनि नीतिगत समस्यामा रहेका केही संस्थाको सेयर मूल्य बढ्दो बजारमा पनि खासै उकालो लाग्न सकेको छैन। क्षेत्रीयस्तरका बैंक तथा वित्तीय संस्थाको सेयर मूल्यमा तीव्र वृद्धि देखिएको छ। लघुवित्त तथा क्षेत्रस्तरका बैंक तथा वित्तीय संस्थाको सेयर पाइनसमेत छाडेको छ।
बिमा कम्पनीको सेयर मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ। बिमा समितिले कुल दायित्वको डेढ गुणा सम्पत्ति हुनुपर्ने व्यवस्था गरेपछि ठूला लगानीकर्ताले मूल्य बढाएर सेयर बिक्री गरिरहेका छन्। यो नीतिका कारण चालु वर्षको नाफाबाट आउँदो वर्षदेखि बिमा कम्पनीहरूले जगेडा कोष बलियो बनाउनुपर्ने भएकाले लाभांश वितरण गर्न सक्दैनन्। यही कारणले मूल्य बढाएर ठूला लगानीकर्ताले फाइदा लिइरहेका छन्।
'अहिले बेच्नेभन्दा किन्ने लगानीकर्ता धेरै छन्, सिजापतिले भने, 'थोरै कित्तामा लगानीकर्ताले ध्यान दिएका छैनन्, ठूल्ठूलो कित्ता उठाउन थालेका छन्। उनले सानो कित्ता बोकेका लगानीकर्ताले पनि सेयर बिक्री गर्न छाडेको बताए।
'सानो कित्ता बेच्ने लगानीकर्ता निकै कम छन्, उनले भने, 'बिक्रीमा राखिएको छ भने तत्कालै बिक्री भइहाल्छ।
सोमबार नेपाल बैंक, एनबी बैंक, एनसिसी बैंक, एनआइसी एसिया, लक्ष्मी बैंकलगायतको सबैभन्दा बढी कित्ता सेयर किनबेच भयो। बढी मूल्य अन्तरले नेपाल एसबिआई, नबिल, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड र एनआइसी एसिया बैंकको सेयर बढेको छ। ९६ कम्पनीको कारोबार भएकामा जम्मा सात कम्पनीको सेयर मूल्य मात्र घटेको छ। तीन कम्पनीको सेयर मूल्य स्थिर छ।
११७५ अंक पुग्छरु
लगानीकर्ता तथा सेयर ब्रोकरहरू बजार बढ्ने क्रम सुरु भएकाले केही समयभित्र परिसूचकले पुरानो 'रेकर्डु तोड्ने बताउँछन्। २०६५ भदौ १५ गते नेप्से परिसूचक अहिलेसम्मकै उच्च १ हजार १ सय ७५ अंक माथि पुगेको थियो।
'बजारको वृद्धि क्रम हेर्दा परिसूचकले ६–८ महिनामा पुरानो रेकर्ड तोड्ने देखिन्छ, सिजापतिले भने, 'बढ्दो बजारमा लगानीकर्ताले होस गरेर पैसा लगानी गर्नुपर्छ।
इन्भेस्टर फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिमिल्सिना प्रत्येक ५ वर्षमा बजार बढ्ने प्रवृत्ति भएकाले पुरानो रेकर्ड तोडिने बताउँछन्।
सेयर लगानीकर्ता कम्पनी हाथवे इन्भेस्टमेन्ट नेपालका प्रबन्ध सञ्चालक अम्बिकाप्रसाद पौडेल पनि कारोबार रकम र बढ्दो प्रवृत्तिले १ हजार १ सय ७५ अंकलाई पछाडि पार्ने बताउँछन्। 'खुला बजारमा विश्वास राख्ने दलहरूले सरकार बनाए बजारले पुरानो रेकर्ड सजिलै भेट्टाउँछ, उनले भने।
नबिल इन्भेस्टमेन्ट बैंकरका पराजुलीले हल्लाका कारण बजार उकालो लागेकाले पुरानो रेकर्ड तोडिन सक्ने बताए। 'आधारभूत विश्लेषणले अहिलेकै मूल्य बढी भइसकेको देखिन्छ, उनले भने, 'हल्लाले बजार प्रभावित गर्ने भएकाले पुरानो रेकर्ड नछोला भन्ने अवस्था छैन।
उनले नियमन निकायहरूले कडा नीति लिइरहेका बेला लगानी गरिएका कम्पनीको आम्दानी घट्ने अवस्था देखिएकाले हल्लाको भरमा सेयरमा पैसा हाल्न नहुने बताए। 'निक्षेपमा दिने र कर्जामा लिने ब्याज अन्तर ९स्प्रेड दर० पाँच प्रतिशतमा झार्नुपर्ने कारणले बैंकहरूको नाफा प्रभावित हुन थालिसकेको छ, उनले भने, 'ऋण लगानी बढ्न सकेको छैन। यसले आम्दानीलाई असर गर्छ।
उनले सरकारी विकास खर्च नबढेको तथा ऋण लगानी पनि हुन नसकेका कारण लक्षित आर्थिक वृद्धि दर हासिल हुनेमा शंका भएको भन्दै अर्थतन्त्र नबढी उक्लिएको सेयर बजारमा लगानी गर्दा एकदमै सचेत हुनु आवश्यक रहेको बताए।




मुलुकको झल्को दिनेगरि अन्तराष्ट्रियस्तरको बन्ने भएको छ ।
तीव्र गतिमा सवारी चलाउन मिल्ने गरी चार लेनको सडक । ७/७ मिटर चौडाइका दुई-दुई लेनको सर्भिस ट्याक्क र सडकको दुवैतर्फ साइकल लेन, अनि दायाँ-बायाँ मनग्ये हरियाली ।
पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्म निर्माण सम्पन्न हुने ८ लेनको चक्रपथको तस्वीर हो यो । काठमाडौं चक्रपथ सुधार योजनाले कलंकी-कोटेश्वर चक्रपथको निर्माण कार्य सुरु गरिसकेको छ । नमुनाका लागि ललितपुरको भनिमण्डपदेखि एकान्तकुना चोकसम्मको ५ सय ५० मिटर सडक भने आगामी चैतसम्ममा निर्माण कार्य गरी सक्ने योजनाका प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो ।
निर्माणसम्पन्न भएपछि यस्तो देखिने छ कलंकी चोक
सडकको डिजाइन अनुसार बल्खुबाट स्वयम्भू जाने सवारीसाधनले कलंकीचोकमा भूमिगत मार्ग प्रयोग गर्न सक्नेछन् जसको लम्बाई ८ सय ४० मिटर हुने छ । यो बाटो निर्माण सुरु भएपछि सवारीसाधानलाई बैकल्पिक मार्गबाट हिडाउने तयारी सुरु भएको छ । जसका लागि ट्राफिक प्रहरीले गृहकार्य गरिरहेको छ । भूमिगत सडक निर्माण गर्न करिव एक बर्ष लाग्ने अनुमान गरिएको छ ।
भूमिगत सडकमाथिको आठ लेन सडक थानकोट-कलंकी हुँदै कालीमाटी जाने सवारी साधनकालागि हो । चक्रपथका सहायक लेनबाट आएका सवारीले पनि कालिमाटी तथा थानकोटतिर जान यही आठ लेन सडक प्रयोग गर्नेछन् ।
भूमीगत मार्ग बनाएपछि कलंकीको आकाशेपुल भत्काइने छ भने एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा नयाँ आकाशेपुल निर्माण गरिने छ ।
यस्तो देखिने छ ८ लेनको चक्रपथ
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सुरु रहेको यो सडक निर्माणको जिम्मेवारी भने चिनियाँ ठेकेदार संघाइ कन्स्ट्रक्सन गु्रप कम्पनीले ठेक्का पाएको छ । उक्त सडक निर्माणका लागि पाँच अर्व रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । सडक विस्तारकार्य चीनले गर्ने भएपनि सडकमा रहेका पोल र पाइप व्यवस्थापन भने नेपाल सरकारले नै गर्ने छ । उक्त कार्यका करिव ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । २०१६ मे १५ मा सम्पन्न गर्नेगरि सम्झौता भएको छ ।
कलकीमा बन्ने भूमीगत मार्गको स्केच
चिनियाँ ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सुरु गरेपनि बिजुलीको पोल व्यवस्थापन र खानेपानीका पाइप तथा ढल व्यवस्थापनका लागि विद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आफ्नो जिम्मेवारी बहन नगर्दा ४० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको भएपनि केही ढिला हुनसक्ने अवस्था रहेको तिवारीले बताउनुभयो ।
यससँगै चक्रपथको कोटेश्वर-चावहिल कलंकी खण्डपनि निर्माण अगाडी बढ्ने भएको छ । चिनियाँ सरकारकै सहयोगमा एकै चरणमा सात बर्षभित्र यो खण्ड निर्माण सकिने तिवारीले जानकारी दिनुभयो





