पानी जीवनको लागि अत्यावश्यक छ । तर जाडोको मौसममा धेरैले पानी पिउन खासै ध्यान दिँदैनन् ।
यस्तै गर्मीको मौसममा पनि पानीको सट्टा अरु चिसो पेय पदार्थ नै धेरै पिउने गरिन्छ । त्यसले मानव स्वास्थ्यलाई कुनै फाइदा पुर्याउँदैन ।
शुद्ध र सफा पानी मानिसको लागि अमृत समान नै हुन्छ । अझ सुन्दरताका कायम राख्न साथै विभिन्न स्वास्थ्य समस्याबाट टाढै रहन पानीले महत्वपूर्ण भुमिका खेल्दछ । प्रशस्त पानी पिउँदा शरीर स्वस्थ र फुर्तिलो हुने डाक्टरहरु बताउँछन् ।
छाला स्वस्थ राख्न
प्रशस्त पानी पिउनाले तपार्इंको छाला स्वस्थ र तन्दुरुस्त रहन्छ । छालाले सम्पूर्ण शरीरलाई ढाकेर सुरक्षा प्रदान गर्ने हुँदा यसले राम्रोसँग काम गर्न प्रशस्त पानीको आवश्यकता पर्दछ ।
साथै विभिन्न प्रकारले छालाबाट बाहिरीने तरल पदार्थलाई व्यवस्थापन गर्न पनि पानी पिउनु आवश्यक छ । पानी कम पिउनाले छाला सुख्खा हुनुका साथै चाउरी पनि पर्छ ।
मृगौला स्वस्थ राख्न
मृगौलाले राम्ररी काम गर्न पनि पर्याप्त मात्रामा पानी पिउनु आवश्यक छ । मृगौलाले युरिक एसिड, युरिया, ल्याक्टिक एसिड जस्ता पदार्थ निस्काशन गर्ने काम गर्दछ र यी पदार्थ शरीर बाहिर निस्कन पानीमा घुलिनु आवश्यक हुन्छ ।
त्यसैले पानी प्रशस्त नपिउँदा मृगौलाले यस्ता पदार्थ निस्काशन गर्ने काम राम्ररी गर्न सक्दैन र यसले मृगौलामा विभिन्न समस्या निम्त्याउन सक्छ ।
तौल कम गर्न
प्रशस्त मात्रामा पानी पिउँदा भोक लागिरहने समस्यलाई नियन्त्रण गर्न सकिन्छ । पानीले धेरै समयसम्म पेट टन्न भएको महसुस गराउछ । पानीले शरीरमा चाहिने तरल पदार्थको मात्र पुर्ति गर्दछ साथै यसले शरीरमा रहेको बोसो घटाउन मद्दत पनि गर्दछ ।
जोर्नी बलियो बनाउन
शरीरका जोर्नीहरु बलियो, स्वस्थ तथा लचकदार बनाइरहन पानीले महत्वपूर्ण भुमिका खेल्दछ । प्रशस्त पानी पिउनाले जोर्नीहरु सुख्खा हुन पाउँदैनन् र यसले जोर्नीको घर्षण कम गरी दुखाइमुक्त राख्न सहयोग गर्दछ ।
माइग्रेनका बिरामीलाई अझ फाइदा
माइग्रेनका बिरामीका लागि पानी एक राम्रो औषधि हुन सक्छ । शरीरमा तापक्रमको अत्याधिक वृद्धिले पनि माइग्रेन निम्त्याउन सक्छ । शरीरमा पानीको अभावले माइग्रेन निम्त्याउन सक्ने हुँदा यसलाई नियन्त्रण गर्न प्रशस्त पानी पिउनु आवश्यक छ ।
No comments:
Post a Comment