एक भोट बराबर २९ हजार ७ सय ४५ रुपियाँ खर्च

Nirwachanइनरुवा (सुनसरी), पुस ९ - २०१५ सालको पहिलो आमनिर्वाचनदेखि अहिलेसम्मका कुनै निर्वाचनमा मतदान नछुटाएका बक्लौरी-५, इचोल, सुनसरीका चक्रबहादुर श्रेष्ठ, ८२, का लागि यसपालिको संविधानसभा निर्वाचन अपवादजस्तै भयो। विगतका कुनै पनि निर्वाचनमा नदेखेको अन्योल उनले यसपालि देखे। अझ त्यतिखेर अचम्ममा परे, जतिबेला उनीभन्दा युवा र शिक्षित मतदाताहरू नै भटाभट मत बिगाररिहेका थिए। उनकै भनाइमा अधकट्टीमा ल्याप्चे लगाउनेहरू मसी नपुछीकन त्यही हातले मतपत्र समाउँथे र मसी मतपत्रमा लत्पतिन्थ्यो। एउटै मतपत्रमा दुईवटा छाप हान्नेको थकथकी त उनी आजसम्म पनि सुनिरहेकै छन्। सक्रिय राजनीतिमा नलागे पनि श्रेष्ठ कहिल्यै राजनीतिप्रति बेसरोकार बसेनन्। एउटा मतको महत्त्व कति हुन्छ भन्ने उनलाई राम्ररी थाहा छ। उनका बुझाइमा, के गर्दा मत बिग्रन्छ र के गर्दा बिग्रँदैन भनेर सिकाउन गाह्रो होइन। औँठाछाप लगाउनु हुँदैन भन्ने जानकारी आजका शिक्षित र युवा पिँढीमा नपुगेको देखेर भने उनी झन् अचम्मित छन्। छाप लगाउनुअघि कसरी आफ्नो चिह्न ठम्याउने, छाप लगाइसकेपछि कसरी मतपत्र पट्याउने भनेर पनि कसैले जानकारी दिएको उनले गाउँमा देखेनन्। "एउटा मतपत्रमा एउटा मात्र छाप हान्नुपर्छ भन्ने त हामीले ०१५ सालमै बुझेका थियौँ," उनी भन्छन्, "तर, अचेल यति सामान्य कुरा पनि सबैका कानमा नपुगेको देखियो।" सुनसरी क्षेत्र नम्बर ५ का यी मतदाताका मनमा अहिले यस्ता प्रश्न मडारइिरहेका छन्, आजको जमानामा पनि सरकारले मतदातालाई किन शिक्षित बनाउन नसकेको होला ? मोबाइलमा एक से एक चिह्न पत्ता लगाउने, कत्ति नबिराई नम्बर डायल गर्नेहरूले फराकिलो कागजमा छापिएका चिह्नमाथि कलमजस्तो छेस्काको छाप लगाउँदा के कारणले गल्ती गरे ? श्रेष्ठ मात्र होइन, अभूतपूर्व उत्साहका साथ मतदानमा सहभागी भएका नेपाली मतदातामध्ये धेरैको मनमा उठेको प्रश्न हो यो। फोटोसहित नाम दर्ता गरेका १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदातामध्ये ७८ प्रतिशतले निर्वाचनमा सहभागिता जनाए। तर, उनीहरूको त्यो उत्साह त्यतिखेर निराशामा परण्िात भयो, जब आफूले जाहेर गरेको मतले मान्यता पाएन। इचोल, सुनसरीकै मनकुमारी श्रेष्ठ, ७५, भन्छिन्, "आफ्नो अधिकारबापत पाएको एउटा मत पनि बिगि्रयो। साहै्र दुःख लाग्यो। किन पहिला नै नसिकाएको भनेर त्यहीँ कर्मचारीलाई झपारेँ।" दुइटा मतपत्र हुन्छ भनेर कसैले नबताएका कारण एउटै मतपत्रमा दुईपटक छाप हानेको उनको भनाइ छ। सुनसरी-५ का ५३ हजार ६ सय ३४ मतदातामध्ये प्रत्यक्ष निर्वाचन प्रणालीमा ४२ हजार ३ सय ४५ ले मतदान गरे। तीमध्ये ३ हजार ९ सय ६८ मत यस्तै कारणले खेर गए। यो संख्या कुल खसेको मतको ९ दशमलव ३७ प्रतिशत हो। मुलुकभर प्रत्यक्षतर्फ बढी मत बदर भएको छ। सबैभन्दा धेरै सुनसरी-६ मा मत खेर गएको छ, जहाँ ९ दशमलव ६० प्रतिशत मत बदर भएको छ। ४ हजार ७२ मत बदर भएको यस क्षेत्रमा विजेता उम्मेदवार मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका गफार अन्सारी मियाँबीच जम्मा ३ सय ८३ मतको अन्तर छ। नरसिंह-४, टप्रा, सुनसरीका मोहम्मद आजाद आलम, १९, का अनुसार धेरै गाउँलेले मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप नै लगाए। भन्छन्, "मतपत्र बुझ्दा उनीहरूले जसरी अधकट्टीमा ल्याप्चे लगाएका थिए, गोप्य मतदानस्थलमा गएर उनीहरूले त्यसैगरी आफूले रोजेको चिह्नमा हातैले मसी पोतिदिए।" जलपापुर-७, सुनसरीका लाल मोहम्मद, ४५, धेरै मत बदर हुनुमा नेताहरूको दोष देख्छन्। भन्छन्, "भोट माग्न आउनेहरूले भोट दिनू मात्र भने तर स्वस्तिक छापको उचित प्रयोगबारे कसैले गाउँलेलाई बताएन । नेताहरूको कमजोरीका कारण हाम्रो भोट बिगि्रयो।" निर्वाचन आयोगले त सकेन नै। मतदाता शिक्षाका नाममा धेरै राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले बजेट परचिालन गरेका थिए। तिनको पनि कतै उपस्थिति देखिएन। जसलाई मत चाहिएको थियो, तिनै दल र उम्मेदवारले समेत घरदैलोका क्रममा मतदाताका सम्भावित जटिलता र समस्या पहिल्याएर बुझाउने प्रयत्न गरेनन्। परण्िााम एउटै क्षेत्रमा पाँच हजारभन्दा बढी मतसमेत बदर हुन पुग्यो। निर्वाचन शिक्षा कार्यकर्ता रामचरत्रि यादवका अनुसार धेरै मुस्लिम बस्तीहरू यस्ता छन्, जहाँ घरमा महिला मात्र छन्। पुरुष वैदेशिक रोजगारीमा। ती अशिक्षित महिलालाई घरबाट निस्कन सामाजिक बन्देज छ। त्यसैले कतिपय महिलाले फोटोसहितको नामावलीमा नामसमेत लेखाएका छैनन्। लेखाएकामध्ये पनि मतदानसम्बन्धी शिक्षा दिने कार्यक्रममा सहभागी भएनन्। "सहभागिताका लागि बोलाउँदा छिटपुट पुरुष आउँथे, महिला त आउँदै आएनन्," यादव भन्छन्।

No comments:

Post a Comment