नेपाल बर्बाद हुनु का कारण हरु हजुर पनि पढ्नुहोस

मेरो विचारमा तल उल्लेखित कारणले नेपालमा नेपालीपन
घट्दै छ.!!
१. नेपालीहरु गरिब हुनु. गरिबीले व्यक्तिगत
रूपमा नभए पनि सामाजिक रूपमा हिनताबोध
अवस्था मा जिन्दगि बिताउनु र सामान्य कुरा हरु
पनि पूर्ति गर्न हम्मे हम्मे पर्नु. अलि हुने खानेले
वा अलि अलि पैसा भएकाले जे
गर्यो तेही राम्रो लाग्नु.
२. पुर्बिय चिन्तन निकै उदार हुनु र सबै बिचारलाई
समेट्न खोज्नु तर आफुलाई राम्रो गर्ने र नराम्रो गर्ने
सबै विचार एकै हिसाबले सोच्नु. आफुलाई
पछी हानी गर्ने तत्व हरुलाई पनि छुट्याउन नसक्नु.
३. अनन्त काल
देखि चली आएको परम्परामा अनेकौ सस्कार थपिनु र
सबै मान्नु पर्छ भन्ने सोचले धेरै सस्कार हुनु र
आफैलाई बोझ हुनु.
४. देखाउने प्रबिती बढ्नु. आफ्नो आर्थिक हैसियत
भन्दा बढी चाड पर्वमा खर्च गर्नु.
५. आफ्नो प्रतिष्ठा खाली धन सम्पति पैसा मार्फत
मात्र प्रदर्सन गर्नु.
६.गरिबलाई मान्छेनै नगन्नु र समाज जात जाति दलित
आदि मा विभाजित हुनु. गरिब तथा दलितलाई
माथि उक्लने वातावरण सिर्जना हुन नदिनु.
७.आधुनिकता को नाममा सधै र सबै सस्कृतिलाई अन्ध
विस्वास को रूपमा देख्नु.
अरुका नराम्रा अथवा देखावटी परम्परालाई पनि सहजै
स्वीकार गर्नु.
८. भगवानलाई पुजा गर्न नया पिढीलाई लाज लाग्नु.
अझै भन्दा नया पिढीलाई कुनै धर्म कर्म
का कुरा नसिकाउनु या किताब पढ्ने बानी न
बसालिदिनु.
९. देशमा कम्युनिस्ट विचार फस्टाउनु. जसले सधै
धर्म तथा संस्कृतिको बिरोध गर्छ.
१०. कोठामा पैदा गरिएका, नेतृत्व वर्ग भ्रस्ट हुनु र
बिबेचना नगरी जनताको विचार नबुझी नेपाललाई धर्म
निरपेक्ष्य घोषणा गर्नु.
११. नेपाली हरुलाई आफ्ना पुराना चालचलन ओल्ड
फेसन लाग्नु अनि अरुहरुको विचार र टिभी फिल्म
का कुराहरु निकै रोमान्चक लाग्नु.
१२. पश्चिमा धर्म प्रचारकहरु बाट नेपाललाई टार्गेट
गर्नु. जस्तै नेपाल धर्म निरपेक्ष्य घोषणा गर्दा १००
बर्षमा नेपाल सच्चा इसाई देश बन्छ भनेर पोपले
घोसणा गर्नु .
१३. नेपालीहरु जो धर्म परिवर्तन गरि अरु धर्ममा गए,
उनीहरु लहै लहै मा लाग्नु. उनका बाबु आमा हरु
सस्कार हीन हुनु वा आफ्ना छोरा छोरीलाई संस्कार
सिकाउन नसक्नु अथवा छोरा छोरीहरु बाबु
आमाको संस्कृतिक सोच प्रति नकारात्मक सोच्नु.
बाबुआमालाई नगन्नु.
१४. पैसामा बिक्नु अथवा जागिरको रूपमा धर्म
परिवर्तन लै लिनु.
१५. नेपाली समाज पतन भ्रस्ट नैतिकहीन समाज तिर
अग्रसर हुनु.
१६. राजनीति प्रस्ट नहुनु र भ्रस्टहुनु र दण्ड हीन
समाज बन्नु ।

जय नेपाल !

No comments:

Post a Comment