तारानाथ आचार्य/बागलुङ, २४ मंसीर
सहकारीमा आवद्ध भएर दुधको उत्पादन गर्दै आएका जिल्लाका कृषकले एक वर्षमा मात्रै १ करोडभन्दा बढी रकम गाउँ भित्राएका छन् । दक्षिण बागलुङको कुश्मशेरा, अमलाचौर र नारायणस्थान गाविसका ४ सहकारीमा आवद्ध भएका किसानले दुध बेचेर करोडभन्दा बढी रकम गाउँ भित्राएका हुन् । केही बर्षअघिबाट सहकारीमार्फत दुध उत्पादन र बिक्री बितरण गर्दै आएका किसानले व्यवसायबाट सफलता हात पारेपछि उत्साहित बनेका छन् । गत अर्थिक बर्ष २०६९÷०७० को असार मसान्त सम्ममा किसानले १ लाख ६२ हजार ९ सय १४ लिटर दुध उत्पादन गरी बिक्री गरेको बलेवा नारायणस्थान सहकारी संस्थाका सदस्य प्रताप पौडेलले बताए । उक्त दुधको बिक्रीबाट १ करोड ५१ हजार २ सय ९६ रुपैयाँ गाउँ भित्रिएको सहकारीले जनाएका छन् । कुश्मीशेरामा रहेको पल्लोपाखा दुग्ध उत्पादक सहकारी संस्था लि., अमलाचौरमा रहेका कालिगण्डकी र नवनमुना दुग्ध उत्पादक सहकारी संस्था र नारायणस्थानमा रहेको बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाले संयुक्त रुपमा दुध संकलन गरी बिक्री गर्दै आएका छन् । अहिले पल्लोपाखा दुग्ध उत्पादन सहकारीमा आवद्ध ६० जना, कालिगण्डकी दुग्धउत्पादन सहकारीमा आवद्ध १ सय १२ जना, नवनमुना सहकारीमा आवद्ध ४५ जना र बलेवा नारायणस्थान सहकारीमा आवद्ध ४८ जना किसानले दुध उत्पादन गर्दै आएका छन् । ‘सानो सानो मात्राको दुधलाई संकलन गरी बिक्री गर्दा किसानलाई निकै फाइदा भएको छ’ बलेवा नारायणस्थान सहकारीका सदस्य प्रताप पौडेलले भने, ‘दुधको बिक्रीबाट आएको रकमले किसानलाई ठुलै आर्थिक सहयोग गरेको छ ।’ बिभिन्न गाविसमा रहेका दुग्ध उत्पादक सहकारीले उत्पादन गरेको दुधलाइ एकीकृत गरी बजार प्रर्वद्धन गर्ने उद्देश्यले ६ बर्षअघि ति सहकारीले संयुक्त बिक्री केन्द्रको स्थापना गरि कुश्मा बजारबाट दुध बिक्री बितरण गर्दै आएका छन् । अहिले ति सहकारीमध्ये कालीगण्डकीले ३ सय ५०, पल्लोपाखाले १ सय, बलेवा नारायणस्थानले १ सय २० र नवनमुनाले ६० लिटर दुध दैनिक उत्पादन गर्दै आएका छन् । दुधको उत्पादनमा सुख्खा मानिने सिजन चैत्र बैशाखमा समेत सहकारीले ६ सयदेखी ८ सय लिटर दुध उत्पादन गर्ने गरेको संयुक्त बिक्री केन्द्रका अध्यक्ष मुक्तिप्रसाद शर्माले बताए । किसानले उत्पादन गरेको दुधले गुणस्तरका आधारमा मुल्य पाउने उनको भनाई छ ।
दुध बिक्री गरेर आएको पैसाले घर चलाउन पुगेको कालिगण्डकी सहकारीमा आवद्ध कुश्मीशेराका रुद्र शर्माले भने, ‘अलिधेरै उत्पादन गर्न सके राम्रै आम्दामी गर्न सकिन्छ ।’ दुधको उत्पादनका लागि बलेवा क्षेत्रका किसानले व्यवसायिक रुपमा लोकल भैंसीको अलावा उन्नत जातका भैंसी र उन्नत गाईहरु समेत पाल्दै आएका छन् । बर्षा याममा दुधको उत्पादन उच्च हुने भएपनि सुख्खा याममा हरियो घाँसको अभावले दुधको उत्पादन घट्ने किसान बताउँछन् ।

No comments:
Post a Comment