नेपाली वायू सेवा यूरोपको कालोसूचीमा

Airplaneएजेन्सी(ब्रसेल्स), मंसिर २१ - यूरोपियन आयोगले नेपाली वायू सेवालाई कालोसूचीमा राख्दै ईरोपियन यूनियन आवद्ध देशमा उडान प्रतिबन्ध गरेको छ । उसले फिलिपिन्स, सुडान र जाम्बियाले सेवामा सुधार गरिरहेको जनाएको छ ।
'नेपालको वायू सेवाको वर्तमान अवस्थाका कारण हामीमा कालोसूचीमा राख्नेबाहेक अर्को विकल्प थिएन्,' ईरोपियन यूनियनका यातायात आयुक्त सिम कल्लासले भनेका छन्,'यो प्रतिबन्धले सुवार सुधार  गर्न उड्ययन अधिकारीहरुलाई दबाब पुग्ने आशा गरेका छौं ।'
उनले कालोसूचीमा रहेका फिलिपिन्स, सुडान र जाम्बियाले सेवामा सुधार गरिरहेको उदाहरण दिएका छन् । अब ईयूका वायूसेवा कम्पनी र
ट्राभल एजेन्टहरुले टिकट बुक गरिसकेका यात्रुलाई जानकारी गराएर रकम फिर्ता दिनुपर्नेछ ।
ईयूले बिहीबार जारी गरेको कालोसूचीमा २१ देशका २९५ वायूसेवा कम्पनी छन् । नेपाल कालोसूचीमा परेको यो पहिलो पटक हो । अफगानीस्तान, अंगोला, बेनिन, कंगो, ईक्वाटोयिल गिनिया, ग्ग्याबोन, इन्डोनेसिया, काजकिस्तान, लिबेरिया, मोजाम्बिक, सुडान, स्वाजिल्याण्ड र फिलिपिन्स पनि यो सूचीमा समावेश छन् ।
कालोसूचीका मध्ये केही एयरलाईन्सहरुले कडा सर्त पारेर गरेर उडान जारी राख्ने अनुमति पाएका छन् ।

No comments:

Post a Comment