पशुपालन गर्दै हुनुहुन्छ ? पहिले यसमा ध्यान दिनुस्

 लाग्यो भने यस्तो पो हुँदो रैछ ।animal-husbandry चारवटा गाई ल्याएकोमा एउटा थारो वस्यो । तिनवटाले वहर पाए । एउटाले वहर पाएर पनि विरामी भएर दुधै दिएन । अब मैले कहिल्यै गाई पाल्ने छैन ” कतारमा काम गर्ने सरोज क्षेत्रीको दुखेसो हो यो । त्यहाँ कमाएको पैसोले आफ्नै देशमा केहि गरौं भन्ने बहवनाले उनले केहि गाई पाले आफ्नै देशमा । तर उनले सोचे जस्तो भएन । त्यसैले उनले सामाजिक सन्जालमा यस्तो दुख पोखेका हुन् । तर यस्तो दुखेसो गर्ने उनी एक्ला भने होइनन् । जिवजन्तुका बारेमा ज्ञान नहुँदा धेरैले दुख पाउँछन् । पर्याप्त ध्यान दिन सक्दैनन् । “त्यस्ति राम्री छ केटी । केटो चाहिँ ग्याँच्च परेको । केटीका त आँखै फूटेका हुन् । केटो छ, गोरो । सिनित्त परेको । उज्यालो न उज्यालो । हँसिलो अनुहार । त्यस्ती दाँत फ्याट्ट उछिट्टिएकि । हेर्दापनि काली न काली धसिंगरेसित के देखेर बिहे गर्‍या होला । एउटा बाँस जस्तो लम्बु । केटी चाहिँ खुर्सानीको बोटमा झटारो हान्ने खाले । पुड्की । त्यस्तो पटक्कै जोडी नमिल्नेपनि के हेरेर बिहे गरेका होलान् ? ” गाउँघर होस कि शहर बजार । यस्ता टिप्पणी खुब सुनिन्छन् । तर मानिसहरुले नबुझेको तथ्य के हो भने शरिरमा हर्मोनले धेरै भूमिका खेलेको हुन्छ । जोडी छनौट प्रक्रियामा । अरुले देख्दा राम्रो मानोस नमानोस । कसैका आँखामा कोहि नराम्रो देखियोस् । तर जब हर्मोनहरु एक अर्कामा मिल्छन् । एउटाको हर्मोनले अर्कोलाई आकर्षण गर्छ । तब तिनले एक अर्कालाई असाध्यै सुन्दर, अशल, राम्रो देख्छन् । त्यसो त, शरिरमा थरीथरीका हुन्छन्, हर्मोनहरु । तिनले बच्चा जन्माउन । बच्चाको विकास गर्न । लैंगिक रुपमा एकले अर्कोलाई आकर्षण गर्न । महिला र पुरुष । भाले र पोथी । एकले अर्कोलाई आकर्षण गर्न हर्मोनले महत्वपूर्ण भूमिका खेल्छ । शरिरका हर्मोनहरुको कामपनि भिन्न भिन्न हुन्छ । भिन्न गतिबिधी, कोष, शरिरका अंगमा भिन्नै खाले प्रभाव पार्छन् । बैज्ञानिकहरुले गरेको अनुसन्धानबाट के पत्ता लाग्यो भने प्रोलाक्टिन र कोर्टीकोस्टेरोन भनिने हर्मोनले चरा र अन्य जन्तुकोको प्रजनन् याममा तिनको बानीब्यवहारमा महत्वपूर्ण काम गर्छ । त्यो हर्मोनको मात्राले एउटा प्रजननकालको पोथीले कति वटा फुल पार्छे । कुन बेला फुल पार्न शुरु गर्छे । कति समयको फरकमा पार्छे भन्नेपनि निर्देशित गर्छ । त्यसैले चरा र जनावरको हर्मोनको मिश्रणले तिनको सन्तान जन्माउने सफलतामा महत्वपूर्ण पक्ष हो । यसले गर्दा तिनको क्रमिक विकास (इभोलुसन) पनि कता जान्छ, कसरि हुन्छ भन्ने सायद निर्देशित गर्छ । गाउँ घरमा पाइने भँगेरा (हाउस स्पाएरो) मा अनुसन्धान गर्दा यो तथ्य फेला पर्‍यो । प्रजननकाल अघि र प्रजननकाल पछिका भँगेरामा हर्मोनको मात्रा अनुसन्धान गरेर यो तथ्य फेला परेको हो । हरेक भँगेराको फुलको संख्या फरक । बचेराको संख्या फरक । तिनले कोरलिसकेपछि सफलताका साथ हुर्काउने बचेराको संख्यापनि फरकनै हुन्छ । प्रजननकाल अघि जुन भँगेराको रगतमा कोर्टीकोस्टेरोन हर्मोन कम हुन्छ ति अधिकांश बचेरा हुर्काउँछन् सफल हुन्छन् । खासगरि त्यो हर्मोन जुन चराको प्रजननकाल अघि कम र प्रजननकालमा बढि हुन्छ तिनको पुनरुत्पादन सफलता (रिप्रोडक्टिभ सक्सेस) पनि उच्च । किनकि तिनले ओथारो बस्न राखिएका फुलको झुण्ड (ब्रुड) मा प्रशस्त शक्ति लगानी गर्छन् । त्यसको बिपरित जुन जनावरले हर्मोनको प्रतिक्रिया धेरै जनाउँछन् तिनमा तनाव उत्पन्न हुन्छ । त्यसले गर्दा आफ्ना बच्चालाई आहारापनि कम खुवाउँछन् । बच्चापनि थोरै जन्माउँछन् । बैज्ञानिकहरुका अनुसार प्रोलाक्टिन हर्मोनले पहिलो पटक फुल कहिले पार्छ भन्ने समय निर्धारण गर्न मुख्य भूमिका खेल्छ । यो हर्मोन उच्च हुने पोथीले छिटो फुल पार्न थाल्छन् । त्यसको परिणाम ? बचेरापनि धेरै कोरल्छन् । भाले र पोथी दुबैको हर्मोनमा समानता छ भने त्यसले झन महत्वपूर्ण भूमिका खेल्छ । तर बैज्ञानिकहरुले के थाह पाउन सकेका छैनन् भने यस्तो अवस्थामा भाले र पोथी एक अर्काको हर्मोनलाई प्रभाव पार्छन् कि पार्दैनन् ? तिनले आफ्नो हर्मोनको मात्रासित मेल खाने जोडी पो रोज्छन् कि ? प्रोलाक्टिन र कोर्टिकोस्टेरोन हर्मोनले बच्चा जन्माउने प्रजननको अवस्था शुरु हुने बेला ब्यक्तिगत लगानी गर्दा त्यसलाई नियन्त्रण गर्ने भन्ने कुरामा अझ महत्वपूर्ण भूमिका खेल्छ । चराहरुमा देखिएको यो अध्ययन अन्य जनावरमापनि लागू हुन्छ । गाइ पालकहरुलेपनि ध्यान दिनुपर्छ । जसका गाइभैसिँ बढि तनावमा बाँच्छन् । तनाबमा बाँधिन्छन् । कुट्ने गरिन्छ । समयमा आहार दिईन्न । ति तनावमा पर्छन् । तनावमा परेका जनावरले न राम्रोसित गर्भ बसाल्न सक्छन् । न गर्भ बसिसकेकाको बच्चा राम्रो, स्वस्थ रुपमा हुर्किन्छन् । ति तनावमा बाँच्छन् । तनाव र बेखुशि भएका जनावरमा नकारात्मक हर्मोनहरुको विकास हुन्छ । जसले गर्दा त्यस्ता जनावरले न राम्रोसित दुध दिन्छन् । न आफ्ना बच्चा राम्रोसित हुर्काउँछन् । तनावमा रहेका, सताइ एका, पीडा खपेका भालेले गर्भ बसाएका पोथीको बच्चापनि अस्वस्थ हुने संभावना बढि रहन्छ । सजिलोसित गर्भ बसाल्न सक्दैनन् तिनले । पोथीहरुपनि तनावमा छन् भने सहजै स्विकार गर्न सक्दैनन् । बैज्ञानिकहरुको अध्ययनले के पुष्टी गरेको छ भने कुटपिट गर्ने । तर्साउने । लखेट्ने । गाली गर्ने । झर्केर बोली सुन्ने । आहारा राम्रोसित नपाएका, बेलामा नपाउने जनावरबाट सफलता मिल्दैन । आफ्ना पाल्तु जनावरलाई दिनमा एक पटक मुसार्दापनि सकारात्मक हर्मोनहरु पैदा हुँदा बढि उत्पादनशिल बन्ने गरेको तथ्य फेला परेको छ ।

No comments:

Post a Comment