लाइसेन्स र बिलबुक छिट्टै स्मार्ट कार्डमा
लाइसेन्स र बिलबुक छिट्टै स्मार्ट कार्डमा
काठमाडौं– सरकारले एक वर्षभित्र लाइसेन्स र विलबुक स्मार्ट कार्डमा ल्याउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले स्मार्ट कार्डमा जाने तयारी अन्तिम चरणमा रहेको बताए।
नेपाल अटोपत्रकार संघले सोमबार राजधानीमा आयोजना गरेको तीन महिने सडक सुरक्षा कार्यक्रमको समापनमा बोल्दै पन्तले सरकारले लाइसेन्स दिने प्रणालीमा केही सुधार गर्दा ठूलै राहत भएको बताए । 'सरकार सडक सुरक्षाको विषयमा गम्भीर छ त्यसको लागि सबै क्षेत्र सचेत हुनुपर्ने जरुरी छ,' मन्त्री पन्तले भने ।
ट्राफिक जनचेतना जगाउन, सवारी दुर्घटना न्युनीकरणलगायत कार्यक्रम गर्न बजेटको व्यवस्था गरिएको सचिव तुलसीप्रसाद सिटौलाले बताए । 'सरकारले यस्ता कार्यक्रमका लागि वार्षिक ४ करोड रुपैयाँ विनियोजन गरेकाले सरोकारवालाहरुसँग सहकार्य गरी अघि बढ्न हामी तयार छौं,' उनले भने ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment