नयाँदिल्ली (एएफपी), पुस ६ - भारतका एक कूटनीतिज्ञलाई पक्राउपछि नग्न पारेर खानतलास गरिएको विषयमा उठेको विवाद समाधान गर्न अमेरिकी प्रयास असफल भएको छ । नयाँदिल्लीले शुक्रबार अमेरिकालाई 'समय परिवर्तन भएको' बुझ्न चेतावनी दिएको छ ।
डिसेम्बर १२ मा न्युयोर्कमा भारतका उप-वाणिज्यदूत देवयानी खोब्रागडेसँग प्रहरीले गरेको दुव्र्यवहारपछि उत्पन्न समस्या समाधान गर्न अमेरिकी राजदूत नान्सी पावेलले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग वार्ता गरिरहेकी छन् । न्युयोर्कमा महिला कामदारलाई कम पारिश्रमिक दिएको आरोपमा उनी प्रहरी कारबाहीमा परेकी थिइन् । अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले भारतीय समकक्षीसँग विवाद समाधान गर्न तेस्रोपटक वार्ता गरेका थिए ।
अमेरिकी मार्सलले खोब्रागडेलाई नांगो पारेको सूचना सार्वजनिक भएपछि भारतलेे अमेरिकासँग उनीमाथिको आरोप फिर्ता लिनुपर्ने तथा माफी माग्नुपर्ने दाबी गरेको छ ।
विदेशमन्त्री जोन केरीले यस विषयमा खेद प्रकट गर्दै दुई मुलुकबीच महत्त्वपूर्ण सम्बन्ध बिग्रन नहुने बताएका थिए । अमेरिकी विदेश मन्त्रालयका तेस्रो स्थानका पदाधिकारी विन्डी सेर्मानले यसै विषयमा भारतीय विदेश सचिव सुजाता सिंहसँग वार्ता गरेकी थिइन् ।
मन्त्रालयका उपप्रवक्ता म्यारी हार्फले पत्रकारहरूलाई हाल आफूहरू सम्बन्धलाई अगाडि बढाउनेमा केन्दि्रत रहेको बताए । यी प्रयासहरूले शुक्रबार भारत सरकारलाई मनाउन सकेको देखिएको छैन । उसले आफूलाई उदाउँदो शक्तिको रूपमा हेर्छ । अमेरिकाले उसलाई समान शक्तिको रूपमा सम्मान गरोस् भन्ने चाहेको छ । भारतीय संसदीय मामिला मन्त्री कमल नाथले अमेरिकाले माफी माग्नुपर्ने र भारतविरुद्ध यस्ता कार्य कुनै पनि हालतमा स्वीकार नगरिने पत्रकारहरूलाई बताए । 'अमेरिकाले बुझ्नुपर्छ कि विश्व परिवर्तन भएको छ, समय परिवर्तन भएको छ र भारत परिवर्तन भएको छ,' उनले भने ।
उनले देवयानीको विषयमा अमेरिकाले देखाएको आचरण र प्रवृत्ति भारतका लागि मात्र नभएर, सबै मुलुकका लागि चिन्ताको विषय भएको र सबैले आफ्नो आवाज उठाउनुपर्ने धारणा राखेका छन् । विदेशमन्त्री सलमान खुर्सिदले अमेरिकी विदेशमन्त्री केरीसँग कडा वार्ता गर्ने संकेत दिएका छन् । उनले भारतको भ्रमणमा रहेका भेनेजुएलाका विदेशमन्त्रीसँग वार्तापछि यो घटजा क्रुद्ध बनाउने, पीडादायक तथा अस्वीकार्य भएको बताए । भारतीय जनता पार्टीका उपाध्यक्ष मुख्तार अब्बास नक्बीले अमेरिकाले खेद व्यक्त गर्नुभन्दा माफी माग्नुपर्ने बताए । ३९ वषर्ीया कूटनीतिज्ञलाई घरेलु कामदारलाई न्युयोर्कका लागि तोकिएको न्यूनतमभन्दा कम तलब दिएको र उनको प्रवेशाज्ञाका लागि गलत विवरण दिएको आरोपमा पक्राउ गरिएको थियो । उनी धरौटीमा रिहा भएकी छन् । अमेरिकी सरकारी वकिल पि्रत भराराले खोब्रागडेलाई अमेरिकी कानुनी राज्यको सिद्धान्तअनुसार पक्राउ गरिएको बताए । उनलाई यो अभियोगमा १५ वर्षसम्मको जेल सजाय हुन सक्छ । भारतले खोब्रागडेलाई हाल न्युयोर्कस्थित अमेरिकी नियोगमा सरुवा गरेको छ ।
No comments:
Post a Comment