नेपाली काम खोज्दै विदेशतिर भारतीय चाहिँ नेपालमा

भैरहवा (रुपन्देही), पुस ९ - २६ करोड रुपैयाँको लगानीमा स्थापित यहाँको एक ठूलो चामल कुटानी उद्योगमा प्राविधिकतर्फका सबै कामदार भारतीय छन् । रुपन्देहीको धकधई-४ स्थित परासी मार्गस्थित सिद्धि विनायक एग्रो इन्डस्टि्रजका १ सय २५ कामदारमध्ये भारतीय कामदारको संख्या २० भन्दा बढी छ ।
अत्याधुनिक प्रविधिबाट चामल उत्पादन गर्ने उक्त उद्योगले कम्प्युटराइज्ड मेसिनतर्फका कामदार नेपाली नपाइएपछि भारतबाट झिकाउनु बाध्यता परेको बताएको छ । 'के गर्ने ? यहाँ दक्ष कामदार नपाइएपछि करिब २ दर्जन दक्ष जनशक्ति बाहिरबाट ल्याउनुपर्‍यो,' उद्योगका प्रबन्ध निर्देशक राम थापाले कान्तिपुरलाई भने, 'स्वदेशी दक्ष जनशक्ति पलायन भयो, भारी बोकेर कडा मजदुरी गर्ने कामदारबाट सबै काम हुन सक्दैन ।'  
कारिडोरमा स्थापित एउटा ठूलो सिमेन्ट उद्योगका सञ्चालकले पनि प्राविधिक काम गर्ने जनशक्ति देशमा नभएर भारतीय ल्याउनुपरेको बाध्यता सुनाउँछन् । सबै गरी करिब ४ सय कामदार, कर्मचारीमध्ये प्राविधिकतर्फ सबैजस्तो भारतीय छन् ।
उक्त सिमेन्ट कम्पनीमा भारतीय कामदार संख्या २० प्रतिशत रहेको कम्पनीको भनाइ छ । उसले अहिले मात्र एक सिनियर केमिस्ट नेपालमा नपाएर बीएसस्सी उत्तीर्ण भारत, उडिसाका एक अनुभवी युवकसँग सम्पर्क गरेको छ ।
उद्योग र आफ्नो नाम नलेखिदिन अनुरोध गर्दै ती उद्योगमा व्यवस्थापनले व्यावसायिक तथा प्राविधिक कामदारको आफूहरूलाई अभाव भइरहेको बताए । 'हामीकहाँ इन्डस्टि्रयल कल्चर (औद्योगिक संस्कृति) नभएर उद्योगमा काम गर्ने प्रावाधिक पाउनै गाह्रो छ,' उद्योगमै पुगेको बेला उनले कान्तिपुरलाई भने, 'सीपै नभएको कामदारलाई लिएर त उद्योग चलाउन सकिँदैन अनि भारतीय कामदारमै निर्भर हुनुपर्छ ।'
भैरहवा-लुम्बिनी सडकको बीचमा अवस्थित लुम्बिनी करिडोर क्षेत्रमा साढे २ दर्जन ठूला उद्योग छन् । यीमध्ये ५० प्रतिशत उद्योगको हिस्सा सिमेन्ट र अरू ५० प्रतिशतमा स्पिनिङ (धागो बनाउने), सिन्थेटिक, बोरा, आटा, मैदा, तेल, रड, चाउचाउ लगायतको छ ।
उद्योगमा प्राविधिक काम मात्र होइन पेसा, व्यवसायमा पनि भारतीय कामदारको यहाँ बढ्दो दबाब छ । टायर मर्मत गर्नेदेखि टायल लगाउनेसम्म, बोरा बोक्नेदेखि गिट्टी कुट्नेसम्म, दाह्री कपाल बनाउनेदेखि पसल चलाउनेसम्मको कमी छैन ।
एकातिर नेपाली युवाहरूको ठूलो संख्या काम नपाएको भन्दै खाडी र मलेसिया हानिएको छ, अर्कोतर्फ कामदार पाइएन भन्ने उद्योग, व्यवसायीहरूको गुनासो छ । आथिक वर्ष ०६९/०७० वैदेशिक रोजगारका लागि गएका करिब साढे ४ लाख कामदारमध्ये मलेसिया र खाडीका ६ देश -साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमन) मा जाने कामदारका संख्या ४ लाखभन्दा बढी छ ।
ग्याप कहाँ छ ? 'व्यावसायिक तथा प्राविधिक तालिम केन्द्रको अभाव छ,' रुपन्देही सिमेन्ट संघका अध्यक्ष तथा सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष ऋषिकेश अग्रवाल भन्छन्, 'यसका कारण औद्योगिक मजदुर उत्पादन हुन सकेका छैनन् ।' स्वदेशी कामदार अलिकता दक्ष हुनासाथ धेरै पैसा कमाउन तेस्रो मुलुक लाग्ने गरेकाले स्वदेशमा प्राविधिक कामदारको अभाव भएको उनको भनाइ छ ।
उद्योगीले विदेशी कामदार रोज्नुको एक मुख्य कारण मजदुर आन्दोलन पनि हो । नेपाली कामदार काममा लगाउने बित्तिकै हक हित नाममा अनेक माग राख्दै आन्दोलन गर्न थालि हाल्छन् । त्यसको सट्टा विदेशी कामदार राखे मजदुर आन्दोलनको समस्या नहुने उनीहरूको अनुभव छ । लुम्बिनी करिडोरकै उद्योगहरूमा पनि यो समस्या उत्तिकै छ । कामदारहरू पेसागत हक हितको मागभन्दा दलको माग लिएर अघि बढ्छन् भन्ने व्यवसायीको आरोप छ ।
स्वदेशी श्रम उपलब्ध भएसम्म कुनै पनि उद्योगले विदेशबाट ल्याउन नहुने तर्क गर्दै अग्रवाल श्रमिकले आफ्नो हकहितबारे माग राख्नु जायज भए पनि उद्योगै धाराशायी हुने गरी बन्द हडताल गर्ने संस्कृतिको विकास गर्न नहुनेमा जोड दिन्छन् ।
रुपन्देही सिमेन्ट उत्पादक संघका सचिव विदुर ढुंगानाले दलहरूले मजदुरलाई नभड्काउने हो भने कामदार, व्यवसायी दुवैको हित हुने बताउँछन् । 'जबसम्म दलहरूले मजदुरलाई पुच्छर बनाउन छाडैनन् तबसम्म कसैको पनि विकास हुँदैन,' उनले भने, 'भारतीयहरू काम गर्छन्, तबल लिन्छन् जान्छन्,

No comments:

Post a Comment