गुगलले सुरु गर्‍यो नेपाली भाषा अनुवाद

मंसिर २६ - गुगलले नेपाली भाषाको अनुवाद सुविधा पनि सुरु गरेको छ । तर उसले सुरु गरेको नेपाली अनुवादमा भने धेरै गल्ती देखिएको छ ।
पछिल्लो पटक गुगलले नेपालीसहित ९ वटा भाषा अनुवादको सुविधा थपेको हो । यो सँगै गुगलले अनुवाद गर्ने भाषाको संख्या ८० पुगेको छ ।
थप सुविधा अनुसार ट्रान्सलेट डट गुगल डट कममा गएर नेपाली भाषालाई विभिन्न ७९ वटा भाषामा अनुवाद गर्न सकिन्छ भने अरु ७९ वटा भाषालाई पनि नेपालीमा अनुवाद गर्न सकिन्छ । गुगलमा अनुवाद गर्न मिल्ने भाषा, नेपाली, अंग्रेजी, हिन्दी, उर्दु, चिनियाँ, बंगाली, स्पेनिस, पोर्चुगिजलगायतका छन् ।
- एजेन्सीको सहयोगमा

1 comment:

  1. गूगल ले नेपाली र हिन्दी ट्रांलेट गरे पनि तेस को ग्रामर मिलेको हुदैन ट्रांलेट गर्दा बुझ्न गारो नै हुन्छा
    सो के फयेदा यो ट्रांलेट को, उनि हरु ले यो त्रुटी को शुदर गर्नु पर्छ

    ReplyDelete