पछिल्लोपटक गरिएको एक अध्ययनले हरेक १० जनामा ७ जना एकल तथा
अविवाहित महिलाले असुरक्षित यौनसम्पर्क राख्ने गरेको देखाएको छ । १८ देखि ४० वर्ष
उमेर समूहका अविवाहित तथा एकल महिलामा गरिएको अध्ययनले असुरक्षित सम्भोगका कारण
त्यस्ता महिला यौन रोगको उच्च जोखिममा रहेको समेत निष्कर्ष निकालेको छ ।
अध्ययनको
नतिजा अनुसार एक जना एकल वा अविवाहित महिलाले औषतमा ४ जना पुरषसँग ११ पटक असुरक्षित
यौनसम्पर्क गरेका हुन्छन् । एकल तथा अविवाहित महिलाहरुमा यौनप्रतिको इच्छा तिब्र
हुने र एक तिहाइ त्यस्ता महिला सम्पर्कका बेला निकै उत्तेजित भएर कण्डम लगायतका
सुरक्षित उपायको बारेमा सोँच्न समेत नभ्याउने अध्ययनकर्ताको भनाइ छ । त्यस्तै हरेक
५ जनामा एक जना महिलाले आफ्नो पार्टनरको विश्वासका कारण आफुहरुले कण्डम नलगाइकनै
सम्पर्कका लागि तयार हुने गरेको बताएका छन् ।
अध्ययन
अनुसार १८ प्रतिशत अविवाहित युवतीहरु यौन सम्पर्कका बेला रक्सीले मात्तिएकै कारण
असुरक्षित रुपमा सेक्स गर्ने गरेका छन् भने ८ प्रतिशत युवतीहरुले कण्डमको प्रयोग
गर्दा मज्जा नआउने भएकाले कण्डम विनै यौन सम्पर्कका लागि तयार हुने गरेको बताएका
छन् ।
बेलायतमा
गरिएको यो अध्ययनका अनुसार विदाका दिनहरुमा युवतीहरुमा असुरक्षित सेक्सको दर निकै
तिब्र हुने गरेको छ । कतिपय अवस्थामा युवतीहरु अपरिचित पुरुषसँग समेत असुरक्षित
रुपमा सेक्सका लागि तयार हुने गरेका छन् । १२ प्रतिशत अविवाहित तथा एकल महिलाहरुका
अनुसार सुरक्षित सेक्सका लागि आवश्यक साधनहरु जतिसुकै बेला उपलब्ध हुन नसक्ने
भएकाले आफुहरु असुरक्षित रुपमै सेक्स गर्न बाध्य हुने बताएका छन् ।
अध्ययनले
उमेर छिप्पिँदै जाँदा महिलाहरुमा हेलचेक्राइँ बढ्ने गरेको पनि देखाएको छ । १८ देखि
३० वर्ष उमेर समूहमा भन्दा ३० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा असुरक्षित
सेक्सको दर बढि पाइएको छ । जसका कारण उनीहरुमा यौनरोगको संक्रमण पनि बढि हुने गरेको
छ ।
No comments:
Post a Comment