श्रीमानले विदेशमा कमाएको पैसा बोकेर अर्कै केटासँग हिंडेपछि


दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, असार १६ - आफ्ना श्रीमानले विदेशमा मजदुरी गरेर कमाएको पैसा बोकेर कुनै श्रीमती अर्के केटासँग हिड्नि भन्ने सुन्दा हामी झट्ट पत्याई हाल्न सक्दैन । तरसजिलै पत्याउन नसकिने एउटा यस्तै घटना पर्वतमा भएको छ । बिदेशबाट भर्खरै फर्किएका श्रीमानसंग भएको नगदसहित सुन चाँदीका गहना लिएर अर्कै केटास...ँग हिडेंकी एक युवती प्रहरी फन्दामा परेकी छन ।
बैंकमा जम्मा गर्ने भन्दै श्रीमानसंग ६ लाख २५ हजार नगद र साढे ६ तोला सुन लिएर फरार भएकी दुर्लुङ्ग गाबिस – ५ की १९ बर्षिया गंगा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । असार १२ गते दिउँसो पर्वतको सदरमुकाम कुस्माबजारबाट फरार भएकी शर्मालाई वडा प्रहरी कार्यालय बगर पोखराले शनिबार बिहान पक्राउ गरेको हो । पोखराको बागलुङ्ग बसपार्क नजिक सडकमा हिडिंरहेको अबस्थामा आफन्तको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

श्रीमान चुडामणीसंगै कुस्मा आएकी शर्माले गण्डकी बिकास बैंक कुस्मामा पैसा राख्ने भन्दै कृषि बिकास बैंक कुस्मा शाखाबाट पैसा झिकेर कास्कीको घान्द्रुक गाबिस – ७ घर भै नयाँपुलमा बस्दै आएका प्रेमबहादुर नेपालीसंग हिंडेकी थिईन् । श्रीमानले गण्डकी बिकास बैंकमा रकम जम्मा गर्न भौचर भर्दै गर्दा नागरिकताको फोटोकपी गर्न भनि निस्केकी शर्मा केही समय लुकेर अर्को युवासंग फरार भएकी थिइन । पूर्व योजना अनुसार उनले प्रेमबहादुरलाई कुस्मा बोलाएको र बैंकमा रकम स्थानान्तरण गर्ने बाहना बनाई नगद र सुन लिएर फरार भएको चुडामणिका आफान्तले बताए ।

गंगाले आफू नेपालीसंगै बस्ने बताउँदै रकम फिर्ता गर्न सहमति जनाएकी चुडामणीका छिमेकी पुस्कल शर्माले जानकारी दिनुभयो । उनले एक लाख खर्च भैसकेको र बाँकी नगद तथा गहना फिर्ता गर्ने सहमति जनाएपछि प्रेमबहादुरको खोजी भइरहेको छ । गंगा पक्राउ परे पनि उनलाई भगाउने प्रेमबहादुर फरार रहेको शर्माले बताउनुभयो ।

२०५७ असार ९ गते चुडामणी र गंगाको मागी बिबाह भएको थियो । बिबाहपछि चुडामणी रोजगारीका लागि साउदी अरब जानु भएको थियो भने गंगा एसएलसीको तयारीका लागि भन्दै बागलुङ्ग, पोखरा र गाउँमा बस्दै आएकी थिइन । श्रीमान बिदेश भएका बेलादेखि नै प्रेमबहादुर नेपालीसंग उनको सम्बन्ध रहेको आशंका स्थानीयबासिन्दाले गरेका छन् ।

परिवारलाई भने गंगाको पर पुरुष संगको सम्बन्धका बारेमा कुनै जानकारी नभएकाले चुडामणीले साउदीमा कमाएको पैसा उनैलाई पठाउने गर्नुभएको थियो । ‘मैले सधै बिश्वास गरे, तर यस्तो होला भन्ने कल्पना पनि गरेको थिइन’ चुडामणिले भन्नुभयो ।

2 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete