'यौन र प्रजनन स्वास्थ्य समाचार कम'

काठमाडौ, असार १५ - मुलुकमा यौन र प्रजनन स्वास्थ्यसँग सम्बन्धित समाचारहरू प्राथमिकता नपाउने विशेषज्ञहरूले गुनासो गरेका छन् । विशेषज्ञहरूले स्थानीय एकीकृत विकास समाज नेपाल र नेपाल स्वास्थ्य पत्रकार समूहको सहकार्यमा बिहीबार आयोजित स्वास्थ्य पत्रकारहरूसँगको अन्तक्रिर्यामा उक्त कुरा बताएका हुन् ।
'सधैं प्राथमिकता राजनीतिले नै पाउँछ, यौन र प्रजनन स्वास्थ्य समाचारले चौथो पृष्ठ पछि मात्र ठाउँ पाउँछ,' सञ्चारमाध्यममा एक वर्षको समाचार प्रवाहको स्थितिबारे अध्ययन प्रस्तुत गर्दै डा. खेमबहादुर कार्कीले भने, 'प्रजनन स्वास्थ्यको नराम्रो स्थितिले मुलुकको सहस्त्राब्दी विकास लक्ष्य प्राप्तिलाई अप्ठ्यारोमा पारिरहेको छ ।'
यौन र प्रजनन स्वास्थ्यबारेको जानकारी स्कुलको पाठ्यक्रममा कम रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. मिङमार शेर्पाले भने, 'यसलाई यौन शिक्षाको रूपमा नलिएर प्रजनन स्वास्थ्यको रूपमा लगियो भने समाजले समेत स्वीकार गर्छ ।'
अन्तक्रिर्यामा स्वास्थ्य मन्त्रालय, जनसंख्या महाशाखा प्रमुख पदमराज भट्टले स्वास्थ्य जस्तो संवेदनशील विषयको समाचारले समाजमा व्यापक असर पार्ने भएकाले समाचारको संवेदनशीलतासँगै तथ्यगत सामग्रीहरूको खाँचो औंल्याए ।

2 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete