बिग बोसमा किम

रियालिटी शो बिग बोसका दर्शकका लागि एउटा सुखद समाचार सार्वजनिक भएको छ। बिग बोस- ६ को टीआरपी बढाउन अब अमेरिकन मोडल तथा टेलिभिजन स्टार किम कारदशिन यो कार्यक्रममा सहभागी हुँदैछिन्। बिगबोस-५ मा पोर्न स्टार सन्नी लियोनले आफ्नो हाउभाउमार्फत प्रशस्त मनोरञ्जन प्रदान गरेकी थिइन्। त्यसैलाई निरन्तरता दिन बिगबोस-६ का निर्माताहरू एउटी 'सुपर सेक्सी' अनुहारको खोजिमा थिए। सूत्रका अनुसार किमले बिगबोस-६ मा भाग लिन साढे ४ करोड भारु माग गरेकी छिन्। यदि किमले उक्त कार्यक्रममा सहभागिता जनाइन् भने यो उनको पहिलो भारतीय टेलिभिजन कार्यक्रम हुनेछ। प्रायः विवादमा रहने किमले पछिल्लो समय ७२ दिनसम्म टिकेको वैवाहिक जीवनका कारण चर्चामा आएकी थिइन्।

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete