६ ओटा ब्वाईफ्रेन्ड बनाइसकेको केटीले भर्जिन छु भन्दा कसले पत्याउँछ- बेबी थापा

 








नेपाली समाज यति मोडर्न र ओपेन भइसक्यो कि कति देखाउने र कति छोप्ने मोडलिङमा लागेर एक्सपोज गर्न हिच्किचायो भने यस क्षेत्रमा टिक्न गाह्रो हुन्छ । मोडलिङको अर्थ नै एक्सपोजर हो । र, मोडलिङमा आउनुको एउटै अर्थ हो आफूलाई एक्सपोज गर्न तयार हुनु । त्यसैले म भन्छु मोडेलले एक्सपोज गर्न किन डराउने ?


मलाई लाग्दैन, सांस्कृतिक भेष भूषाको मात्रै फेसन देखाएर यस क्षेत्रमा टिक्न सम्भव हुन्छ । मेरो जानकारीमा एकजना मात्रै पनि त्यस्ता मोडल छैनन् जो परम्परागत पोसाकको मात्रै मोडलिङ गरेर हिट भएका हुन् र यस क्षेत्रमा टिकेका हुन् । किनभने यो क्षेत्र यस्तो क्षेत्र हो जहाँ आफूलाई एक्सपोज गर्न नसक्नेहरूको कुनै भविष्य छैन । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको काम हो । साडी र कुर्तामा मोडलिङ क्षेत्रमा छिरेकी भए म उहिल्यै यस क्षेत्रबाट हराइसकेकी हुन्थेँ ।


आज मोडलिङमा कहीँ -कतै मेरो केही नाम छ भने त्यो मेरो एक्सपोजरको करामत हो । र, म गर्वसाथ यसो भनिरहेको छु । किनभने सत्य यही हो र म सत्य बोल्न डराउँदिनँ ।


नेपालका केही ग्ल्यामर फोटोग्राफरहरू मेरो फोटो खिच्छन्, तर प्रकाशित गर्न डराउँछन् । फोटो किन नछापेको भनेर सोध्दा वाहियात जवाफ दिन्छन् । कहिलेकाहीँ त यतिसम्म भन्छन् कि, गर्लफ्रेन्ड, समाज र घरपरिवारको डरले फोटो प्रकाशित गर्न सकिएन ।


फोटो खिचाउनुअघि म फोटोग्राफरको फोटो कन्सेप्ट र थिमबारे बुझ्छु । र, सोचेर मात्रै खिच्छु । जस्तो पायो त्यस्तो फोटो खिच्ने कुरा हुँदैन ।




आजसम्म मेरा ४ र ५ जना ब्वाईफ्रेन्ड भए र अहिले नेपालकै एकजना सेलीब्रेटी मेरा प्रेमी छन् अनि तपाँई आफै भन्नुहोस न ६ वटा ब्वाई फ्रेण्ड बनाएको एउटा केटीले भर्जिन अर्थात सेक्स नै गरेको छैन भन्दा कसले पत्याउछ । उनीसँग मेरो सेक्स सम्बन्ध छ । म सतिसावित्रीको ढोङ गर्ने महिला होइन । प्रेम र यौनजस्ता मान्छेका आधारभूत आवश्यकताबारे किन झुट बोल्नुपर्‍यो र ?


सेक्स विफोर म्यारिज अर्थात विवाहभन्दा पहिले सेक्स खराब कुरा होइन । तर, सेफ सेक्स जरुरी छ । शरीर म्यान्टेन गर्न हरेक दिन सेक्स गर्योभने राम्रो हुने रहेछ भन्ने उदाहरण म पनि एउटा हो । म अझ एउटा कुरा के भन्छु भने जो सुकै महिला बिबाह अगाडी भर्जिन हुदिनन् तर, धेरै पुरुष चाँही हुनेगर्छन । यही कारणले नै डिभोर्स बढ्दै गएर समाजमा असल परिवारको निर्माण हुन सकेको छैनन नि ।


धरानको नास्ट कलेजबाट मैले बिए सकाएको धेरै वर्ष भयो बाँकी भने पढ्न सकिन । मोडलिङ क्षेत्रमा आएको ८ वर्ष जति नै भयो । मोडलिङमै रमाएकीले मलाई फिल्ममा जाने रहर छैन । मोडलिङ गरेको पैसाले मेरो पकेटखर्च मात्रै पुग्छ र बिन्दास नै छ । म मोडलिङमा पैसा कमाउन आएको होइन, नाम कमाउन आएको हुँ । तर, मलाई थाहा छ अबको पाँच-दस वर्षपछि मोडलिङ नाम र दाम प्रशस्त भएको क्षेत्र हुनेछ ।


दुई वर्ष अगाडीको वल्डकपमा खुब इन्जोई गरेँ । ब्वाई फ्रेण्डसंग धेरै बाजी जितेर मैले आफ्नो इच्छा पूरा गरे तर, दुखको कुरो म अर्जेन्टिनाको फ्यान थिए अर्जेन्टिनाले हार्यो । त्यसपछि म स्पेनको समर्थक भएकी छु । अब अर्को महिना हुने युरोकपमा रामाइलो गर्ने इच्छा बनाएको छु । हेरौ के हुन्छ । स्पेनले युरोकप गुमायो भने म म धेर दुखी हुन्छु ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete