ब्लु फिल्मको शैलीमा फिल्ममा दृश्य दिएका जिया र सविनाको सपना चकनाचुर हुने...






जिया र सविनाको सपना चकनाचुर हुने सम्भावना
चलचित्रको पर्दामा अश्लीलता र नग्नता बढीभन्दा बढी प्रस्तुत गर्न सकियो भने चर्चा पाइन्छ, अनि सबैको वाहवाही पनि पाइन्छ भन्ने सिने क्षेत्रका जिया र सविना नामक युवतीको सपना चकनाचुर हुने सम्भावना बढेको छ ।
चलचित्र ए.टी.एम.मा "…......लाईभन्दा देख्नेलाई लाज" भनेजस्तो ग्ल्यामरस को नाममा अश्लील दृश्य बिनासङ्कोच दिएका जिया केसी र सविना कार्कीका तस्बिरहरू केही समय त पत्रपत्रिकाहरूमा खुवै छाए । यी दुई युवती सस्तो चर्चा पाएपछि दङ्ग पनि परे । तर, दीर्घकालीन रूपमा आफ्नो क्यारियरमा कत्तिको असर परिरहेछ र पर्नेछ भन्ने कुराको हेक्का नराख्ने यी दुईलाई हेर्ने दृष्टिकोण नै यतिबेला फरक हुन थालेको छ । सस्तो चर्चाका लागि जे पनि गर्न सक्छौँ भन्नेजस्ता अभिव्यक्ति दिने जिया र सविनाले पर्दामा आफूलाई नग्न रूपमा उभ्याए तापनि दर्शकहरूले भने त्यस्ता दृश्य पर्दामा हेर्ने नपाउने भएका छन् । यस्ता सिनेमा अनि कलाकर्मी र दृश्यहरूले समाजमा गलत सन्देश प्रवाह गर्ने बुझेर अब टेलिभिजनहरूले यस्ता सिनेमाका गीतहरूमाथि प्रतिबन्ध लगाउने भएको छ भने यसको उदाहरणमा परेको छ चलचित्र ए.टी.एम. । यो चलचित्रमा जिया र सविनाले यति धेरै भल्गर दृश्य दिएका छन् कि टेलिभिजनले यस्ता अश्लील गीतहरू प्रसारण गर्नै सकेन । अवस्था यस्तो छ तर जिया र सविना भने अझै पनि आफ्नो कमजोरी मान्दैनन् । त्यसो त यी दुईबारे चलचित्र समीक्षकहरू भन्छन्, "जसले पनि आफ्नो क्षमता र दक्षता प्रस्तुत गर्ने हो । जिया र सविना जस्तासँग जे छ उनीहरूले त्यही गरे ।"

कलाकारिताको नाममा अश्लीलता र हेर्नै नसक्ने दृश्यहरू छायाङ्कन गर्ने अनि युवाको माग भन्ने नाममा गलत परम्पराको सुरुवात गर्ने सिनेकर्मीहरूको साख यतिबेला क्रमशः गिर्ने अवस्थामा पुगेको छ । सस्तो लगानीमा फिल्म बनाउने अनि फिल्म खेल्ने लोभमा फसेका केही युवतीलाई पर्दामा अश्लीलता प्रस्तुत गर्ने अवसर दिएर ‘नायिका’को उपमा दिने सिनेकर्मीले नै नेपाली सिनेमालाई बदनाम गर्न खोजिरहेका छन् । फिल्म खेल्न जस्तो दृश्य पनि दिने केही युवतीका कारण भने स्वच्छ उद्देश्य लिएर कलाकारिता क्षेत्रमा आएकालाई पनि असर परिरहेको छ ।
नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस् भन्ने मूल मन्त्र नै सिनेमामा अश्लीलता प्रस्तुत गर्नेहरूको रहेको छ । जसरी भएतापनि फिल्म खेल्ने अनि पर्दामा अनुहार देखाउन लालयित नयाँ युवतीको इच्छालाई पूरा गर्ने वहानामा सिनेमामा अश्लीतालाई बढावा दिने सिनेकर्मीलाई ‘यो काम गलत हो’ भन्ने कुराको ज्ञान होस्

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete