बाल अश्लील चित्रणसँग सम्बन्धित १ सय ९० पक्राउ

न्युयोर्क, जेठ २७ (एजेन्सी)-अमेरिकी सुरक्षा अधिकारीले एक विशेष कारबाही अन्तर्गत उत्तरी अमेरिका, युरोप र एसियामा बालबालिकाको अश्लील सामग्री तयार गर्ने समूहसँग सम्बन्धित १ सय ९० जनालाई नियन्त्रणमा लिएको छ।
त्यसक्रममा उनीहरूले १५ जनाभन्दा बढी पीडितको उद्धार गरेका छन्।

सुरक्षा अधिकारीहरूले बालबालिकाको अश्लील सामग्री तयार गर्ने, तयसको विवरण र त्यसलाई उपलब्ध गराउने समूहलाई लक्ष्य बनाएर महिना दिन अघि अपरेसन ओरिएन नामको विशेष कारवाही चलाएका थिए।

यस कारबाही अन्तर्गत अमेरिका, अर्जेन्टिना, लगायत युरोपका स्पेन, बेलायत र एसियाको फिलिपिन्सलाई लक्ष्य बनाइएको थियो। ती सबै स्थानमा थुपै व्यक्तिहरूलाई पक्राउ गरिएको छ।
बाल अश्लील चित्रण अन्तर्गत यौन शोषणको शिकार भएका अधिकांश बालबालिकाहरूले अनलाइन च्याट (अनलाइन कुराकानी) सुरु गरेका थिए। त्यसपछि उनीहरूलाई यसमा फसाइएको थियो।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete