विवाह कुन उमेरमा ?

 





म अहिले १९ वर्षको भएँ। मेरी श्रीमतीको परिवारको पुरातन सोचले गर्दा हामी विवाह गर्न बाध्य भयौं। उनी १६ वर्षकी मात्र छिन्। हामी पढ्दै पनि छौं। हामीले यौनसम्पर्कबाट टाढा हुन के गर्नु पर्ला

०२१५



विवाह कुन उमेरमा ?

सतही रूपमा सजिलो लागे पनि यसको जवाफ भने सजिलो छैन। काल र परिस्थितिअनुसार समाजले उपयुक्त मान्ने विवाहको उमेर फरक भएको देखिन्छ र सम्भवतः निरन्तर परिवर्तन पनि हुन्छ। कुनै बेला अरस्तू -एरिस्टोटल) ले केटीका लागि उपयुक्त १८ र केटाका लागि ३७ वर्ष भने पनि यथार्थमा त्यस्तो भएको पाइँदैन। उमेर पाको भएपछि विवाह गर्दा आर्थिक तथा सामाजिक वा भनौं वृत्ति विकासका लागि आवश्यक कुरा गर्न भ्याइसकिने भएकाले भविष्य सुनिश्चित हुने देखिन्छ। यद्यपि आफ्नै किसिमको जीवनशैली अपनाउने बानी परिसकेको हुने हुँदा जोडी र परिवारबीच सामञ्जस्यता ल्याउन भने केही गार्‍हो हुन्छ।

आफ्नै राजीखुसीमा विवाह गर्नुपरे, नेपालमा कानुनी रूपमा विवाह गर्ने उमेर केटाका लागि २२ वर्ष र केटीका लागि १८ वर्ष भनिए पनि यथार्थमा त्यसभन्दा पहिले नै हुने गरेको देखिन्छ। मातापिताको अनुमतिमा विवाह गर्ने उमेर केटी र केटाका लागि क्रमशः १८ र १६ वर्ष छ, तर कतिपय मातापिताले कलिलै उमेरमा विवाह गरिदिन्छन्। सानै उमेरमा विवाह गर्दा आर्थिक, सामाजिक वा वृत्ति विकासको कुरा मात्र होइन, आमा र शिशुको स्वास्थ्यमा पनि अनेक समस्या उत्पन्न हुनसक्छ। प्रजनन अङ्ग पूर्ण रूपमा विकसित भैसकेपछि मात्र सन्तान जन्माइयोस् भनेर २० वर्षको उमेरपछि मात्र सन्तान जन्माउने सल्लाह दिइन्छ।

परिवारको पुरातन सोच भनेर दोष दिनुभन्दा तपाईंहरू दुवैले पढाइ सकिएपछि विवाह गर्ने कुरामा विश्वास दिलाउन सक्नुभएको भए पक्कै विवाहको उमेर धकेल्न सकिन्थ्यो। तपाइर्ंकी श्रीमती र तपाईं दुवै किशोरावस्थामा हुनुहुन्छ। त्यसैले परिपक्व निर्णय गर्न सकिने स्थिति नहुन सक्छ।

यौन सम्पर्कबाट कसरी टाढा हुने ?

एक त तपाईंहरूको पढाइ नसकिएसम्म सल्लाहमा तपाईंकी श्रीमतीलाई माइतीमै केही वर्ष बस्ने व्यवस्था मिलाउन सक्नुहुन्छ भने यो सम्भवतः राम्रो उपाय हुनसक्छ, तर कतिपय स्थितिमा यस्तो त्यसो गर्न सजिलो नहुन सक्छ। एउटै कोठा अनि ओछयानमा साथै बसेर यौनसम्पर्क गर्दिनँ भन्नु साह्रै गाह्रो हुन्छ। तपाईंको ध्यान पढाइमा नगै झन् त्यसैमा अनि त्यसलाई रोक्नमा जान्छ। योभन्दा राम्रो त यौनसम्पर्कलाई केही समय दिएर तनावमुक्त हुनु हो।

नेपालमा विवाहपछि सक्दो चाँडो सन्तान जन्माउनुपर्ने एक किसिमको दबाब रहन्छ। त्यसलाई नमान्ने आँट गरे पनि विवाहपछि पहिलो सन्तान नजन्मेसम्म कुनै प्रभावकारी गर्भनिरोधको साधन प्रयोग गर्ने चलन पनि न्यून छ, त्यसैले सधैं नै यौनसम्पर्क हुँदा गर्भ रहने सम्भावना रहन्छ, तसर्थ गर्भ निरोधको प्रभावकारी उपाय अपनाउनुपर्छ। तपाईं दुवैले कुनै परिवार नियोजन वा स्वास्थ्य केन्द्रमा गै परामर्शपछि आफूलाई उपयुक्त हुने साधनको छनौट गरी प्रयोग गर्न सक्नुहुन्छ।

म मेरो श्रीमान्सँग मात्र यौनसम्पर्क गर्न चाहन्छु।

८२४४

किन यो प्रश्न सोध्नुभयो थाह भएन। यो त ठीकै कुरा हो र समाजले स्वीकार गरेको पनि। परिस्थितिवश त्यसो गर्न सक्नुभएको छैन भने स्पष्ट रूपमा लेख्नुहोला।

म तीन मिनेटभन्दा बढी यौनसम्पर्क गर्न सक्दिनँ, के गर्ने होला ?

०७५७

तीन मिनेटभन्दा बढी यौनसम्पर्क गर्न सक्दिनँ भन्नुभएको के हो, राम्रोसँग बुझिएन। मानव यौन प्रतिक्रिया चक्रको उबितभबग उजबकभ अवस्थामा पनि यौन उत्तेजनाले निरन्तरता पाइरहे हामी छोटो भए पनि एक विशेष तथा महत्वपूर्ण चरणमा पुग्छौं, जसलाई 'चरमसुख' -यचनबsm) को चरण भनिन्छ। यसैबेला वीर्य स्खलन पनि हुन्छ। त्यसपछि चभकयगितष्यल को चरणमा पुग्छ र पुरानै अवस्थामा र्फकन्छ। सम्भवतः स्खलनलाई समय मान्नु भन्नुभएको होला। यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा बाह्य तथा आन्तिरिक कतिपय कुरामा भर पर्छन्। यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन। प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन्।

किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो। कम्तीमा दुई वर्ष विवाहित जीवन बिताइसकेका पुरुषहरू सम्मिलित एक अध्ययनमा स्वस्थ व्यक्तिहरूको सालाखाला यस्तै ३ दशमलव ०१ मिनेटमा वीर्य स्खलन भएको थियो भने छिटो वीर्य स्खलन भयो भनेर मान्ने व्यक्तिहरूको २ दशमलव ३२ मिनेटमा, जुन कुरा तथ्याङ्कगत रूपमा महत्त्वपूर्ण थिएन। कतिपय सामान्य वीर्यस्खलन भएका व्यक्तिले पनि आफ्नो वीर्यस्खलन छिटो भएको मानेका थिए भने कतिपयले सोभन्दा कम समयमै वीर्य स्खलन हुने भए पनि छिटो वीर्यस्खलन भएको नमानी सामान्य नै मानेका थिए। त्यसैले होला, अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति मान्न थालिएको छ।

2 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete