ब्लु (अश्लील) साईट हेर्नमा नेपाली केटीहरु अगाडी




ग्रामिण भेगमा इन्टरनेटमा अश्लील सामग्री (पोर्न) हेर्नेमा किशोर भन्दा किशोरीहरु निक्कै अघि रहेको एक अध्ययनले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि् २०१०/०११ मा गरेको किशोर किशोरी तथा युवा सर्वेक्षणले ग्रामीण भेगका १० देखि १४ बर्ष उमेरका दोव्वर केटीहरुले त्यही उमेरका केटाभन्दा इन्टरनेटबाट अश्लील सामग्रीहरु बढी हेर्नुका साथै पढ्ने गरेको पाईएको हो ।
उक्त सर्वेक्षण अनुसार ग्रामीण क्षेत्रमा सो उमेर समूहका दुई दशमलब २७ प्रतिशत केटीहरुले इन्टरनेटमा अश्लील सामग्री हेर्ने र पढ्ने गर्दछन् भने केटाहरु शुन्य दलमलब ९२ प्रतिशत मात्र रहेको छ । ग्रामीण भेगमा इन्टरनेट सेवा कम हुने भएपनि सेवा पुगेका ठाउँमा बालबालिकाले अश्लील सामग्री हेर्ने गरेको पाईएको छ ।
मन्त्रालयले देशका सवै भागको प्रतिनित्व गर्ने गरी १० देखि २४ बर्ष उमेरसमूहमा रहेका करिव नौ हजार घरधुरीबाट ती उमेर समूहका १४ हजार किशोर किशोरी तथा युवाहरुबीच सर्वेक्षण गरेको थियो ।

No comments:

Post a Comment