करिव आधा दर्जन नेपाल चलचित्रमा अभिनय गरेकी नायिका जेसिका खड्काले गएराती आत्महत्या गरेकी छिन् ।
उनी भाडामा बसिरहेको बसन्तपुरस्थित डेरामा सलले पासो लगाई झुण्डिएको अबस्थामा
फेला परेकी छिन् । बसन्तपुरमा उनी करिव १७ बर्षका आफ्नै भाइ युनिक खड्कासँगै बस्दै
आएकी थिइन् ।
केही बर्षअघि इटहरीमा गायक प्रकाश ओझासँगको यौन कृयाकलापको भिडियो सार्वजनिक
भएपछि चर्चामा आएकी ज्योति खड्का चलचित्र क्षेत्रमा प्रवेश गर्दा नाम परिवर्तन गरेर
जेसिका खड्का बनेकी थिइन् ।
प्रारम्भिक अनुसन्धान र घटनासँग जोडिएका पात्रहरुसँगको बयानका आधारमा प्रहरीले
डिप्रेसनका कारण खड्काले आत्महत्या गरेको ठहर गरेको छ । उनको शवलाई शिक्षण
अस्पतालमा पोष्टमार्टम गरिएको छ । प्रारम्भिक रिपोर्टमा उनले मदिरा सेवन गरेको
अबस्थामा आत्महत्या गरेको पाइएको छ ।
पारिवारिक स्रोतका अनुसार भिडियो सार्वजनिक भएसँगै उनमा डिप्रेसन सुरु भएको
थियो । पछिल्ला दिनसम्म पनि अपरिचित मानिसहरुले सेक्स प्रस्ताव राख्दै फोृन गरेर
हैरान पार्दा उनी तनावमा हुन्थिन् ।
गएराती पछिल्लोपटक जेसिकासँग फोन गरेका चलचित्रकर्मी बालदिप राईलाई प्रहरीले
नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । राईले जेसिकासँग आफ्नो गहिरो प्रेम रहेको
स्वीकार्दै गएराती फोनमा केही भनाभन भएको बताएका छन् । तर आत्महत्या नै गर्नुपर्ने
गरि झगडा नभएको उनले बताए ।
जहाँ गएपनि नाङ्गो भिडियोकै चर्चाले पछ्याएपछि उनी निकै तानाव र डिप्रेसनमा
रहने गर्दथिन । जसका कारण उनमा मदिराको लत बसेको थियो । पछिल्लो समयमा त उनी
मदिराबिना निदाउनै नसक्ने अबस्थामा पुगेको बताइएको छ । गएराती खाना खाएर आफ्नो
कोठामा गएर सुतेकी दिदी बिहान नउठेपछि भाईले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले
ढोका फोडेर हेर्दा सलले पासो लगाएर झुण्डिएको अबस्थामा भेटिएकी थिइन् ।
आफुले किन आत्महत्या गर्नुपर्यो भन्नेबारेमा उनले सुसाइड नोट पनि लेखेकी
छैनन् ।
No comments:
Post a Comment