मेरो यो समस्या के होला ?

यौनसम्पर्क गर्दा लि· उत्तेजित हुँदैन। मेरो यो समस्या के होला ? के गर्दा यो ठीक हुन्छ ? कृपया मलाई मद्दत गर्नुहोस्।

१६१०

यौनसम्पर्कका बेला लि· उत्तेजना नहुने कारण के होला ?

चाहिएको बेलामा चाहेजस्तो गरेर लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा कायम राख्न नसक्ने समस्यालाई impotence वा erectile dysfunction भनिन्छ। मानिस यन्त्र नभएकाले उसका कार्य एकैनासका हुँदैनन्, त्यसैले कहिलेकाहीं यस्तो भए अनावश्यक चिन्ता लिनु पर्दैन। योनिमा प्रवेश गराउनुभन्दा पहिले राम्रोसँग उत्तेजित भएको स्थितिका कारण तपाईंको शारिरीक पक्ष ठीकै भएको देखिन्छ। शारीरिक तथा मानसिक रूपमा तयार नभै यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाबपूर्ण स्थिति भए समस्या चर्को हुनसक्छ। यस्तो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाबले हुने चिन्तालाई हामी sexual performance anxiety (यौन कार्य सम्पादनको चिन्ता) भन्छौं।

Performance anxiety कम गर्न के गर्नुपर्ला ?

कार्य सम्पादनको चिन्ताले धेरै कुरा विगार्न सक्छ। जब कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै उक्त चिन्ता बढ्छ भने कार्य सम्पादन क्षमतामै ह्रास आउन सक्छ। कति जनाले त यौन क्रियाकलापबाटै परहेज गर्छन् अनि त्यसपछि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या आउन थाल्छ। यस विषयमा सधैं चिन्ता गरिरहँदा वा चिन्ता गर्दिनँ भनेर (कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौनकार्य सम्पादनमा सुधार आउँदैन। मनबाट भय वा चिन्ता हटाउनु आवश्यक छ। आत्मविश्वास बढाउनुपर्छ। तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ। कहिलेकाहीँ औषधी सेवन गर्नुपर्ने हुन्छ। कतिपयले हिप्नोसिसले मद्दत गर्ने कुरा

गरेका छन्।

महत्वपूर्ण कुरा के हो भने यसका लागि दृढ अठोट तथा धैर्यता अति नै आवश्यक हुन्छ। भावनात्मक तथा प्रणय सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ। दिक्क अर्थात् बोर भएको स्थितिमा पनि यस्तो समस्या पर्छ। यस्तो बेला सम्बन्धलाई रमाइलो राख्न के गर्न सकिन्छ भन्ने कुरा सोच्नुपर्ने हुन्छ। यसमा आफ्नो यौनसाथीको सहयोग तथा समझदारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत मिल्छ। यौनसाथीको कुनै पनि नकारात्मक टिप्पणीले समस्यालाई बढाउँछ। समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक हुन्छ।

महिलाले कसरी यौन आनन्द प्राप्त गर्ने ?

सु.

यौन आनन्द प्राप्त गर्ने तरिकाहरू

यौन आनन्द विभिन्न किसिमले प्राप्त गर्न सकिन्छ। केहीले तपाईंलाई चरमसुखसम्मै पुर्‍याउन सक्छन् भने अन्यले यसलाई सहयोग पुर्‍याउन वा अर्कै किसिमको आनन्द दिन सक्छन्।

योनि-लिङ्ग यौनसम्पर्क यौन आनन्द प्राप्त गर्न धेरैले प्रयोग गर्ने क्रियाकलाप हो।

मुख मैथुन यौन आनन्द प्राप्त गर्ने अर्को उपाय हो।

गुदा मैथुनबाट पनि धेरैले यौन आनन्द प्राप्त गर्ने गरेका छन्।

हस्तमैथुन महिलाहरूले यौन आनन्द प्राप्त गर्ने अर्को उत्तम उपाय हो।

भगाङ्कुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सम्भवतः सबैभन्दा महत्त्वपूर्ण यौन क्रियाकलाप हो। यस्तै ९० प्रतिशत महिलामा यो नै यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ। चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपाय गर्न सकिन्छ। पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिला विशेष उत्तेजना प्रदान गर्ने कुरामा लिएका छन्।

योनिमा केही पसाएर यौन आनन्द प्राप्त गर्नु अर्को प्रमुख उपाय हो। यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्ते जना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ। औंला पसाउँदा आफूलाई आनन्द पाउने स्थान खोज्न सकिन्छ, जुन सामान्यतः योनिको अगाडितिरको भित्तामा केही भित्र जघनास्थी (pubic) र पाठेघरको मुखको बीचतिर हुन्छ। यसरी हस्तमैथुन गर्दा केही महिलाले थप यौन उत्तेजनाका लागि स्तनलाई पनि प्रयोग गर्ने गरेका छन्।

यौन आनन्द थप्न वा त्यसलाई सहयोग गर्दा पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन्। अंग्रेजीमा vibrators (भाइब्रेटर) भनिने यौन प्रसाधन विभिन्न आकार तथा प्रकारमा उपलब्ध छन्।

त्यसबाहेक यौन परिकल्पना, चुम्बन, मन पर्ने व्यक्तिसँगको आलिङ्गन, केश, स्तन तथा स्तनको मुन्टो, तीघ्रा, यौनाङ्ग वा अन्य यौन संवेदनशील अङ्ग सुमसुम्याउनु यौन संवेदनशील अङ्गको मालिस वा एक-अर्कालाई काउकुति लगाउनु, एक-आपसमा शरीर घर्षण गराउनु, यौन साहित्य पढ्नु, यौन चलचित्र हेर्नु, यौनजन्य प्रदर्शनी हेर्नु, काखी यौनसम्पर्क, स्तन यौनसम्पर्क, तीघ्रामा यौनसम्पर्क, यौनअङ्ग रगड्नेजस्ता अनेक उपाय अपनाउन सकिन्छ।

2 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete