महिनावारी भएको नौ दिनभित्रमा यौनसम्पर्क गर्दा गर्भ रहन्छ ?

 





महिनावारी भएको नौ दिनभित्रमा यौनसम्पर्क गर्दा गर्भ रहन्छ ?

ज.

कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधंै यस्तो हुँदैन। गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ। यौनसम्पकर् का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब -अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन ९ाभ्च्त्क्ष्ीक्ष्श्ब्त्क्ष्इल्० भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज ९श्थ्न्इत्भ्० भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ। शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ। तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ।

बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ। यस्तै २८ दिनको महिनावारी भएको महिलाको १ ४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ। डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ। सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ।

महिनावारी ठीक २८ दिनमा नभै ढिलो-चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ। सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ। सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ। उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४-१८.६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ।

३१-११.२० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ।

माथिको हिसाबबाट तपाईंले पक्कै पनि जवाफ पाइसक्नुभएको छ। अर्को कुरा, सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ। यो विधिले गर्भवती हुनबाट सुरक्षा प्रदान गर्ने भए पनि यौन रोग र एचआईभीबाट बचाउँदैन। यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ।

मेरो यौनसाथीसँग लामो यौनसम्पर्क राख्न नसक्ने समस्या छ। यो के कारणले भएको हो ?

सु.

लामो समयसम्म यौनसम्पर्क राख्न नसक्ने कुरा त बुझ्यौं, तर यो समस्या कस्तो हो भन्ने कुराचाहिँ बुझ्न सकिएन, तपाईंको छोटो सन्देशमा। तपाईंको यौनसाथीले सहयोग नगर्नुभएको वा नमान्नुभएको हो भने कुरा नै अर्कै भयो। तपाईं वा तपाईंको यौनसाथी मानसिक रूपमा तयार हुनुहुन्न भने समस्या एक किसिमको भयो, जस्तै कि चिन्ता वा तनावका कारणले। त्यसैगरी शारीरिक रूपमा थकान वा कुनै अवस्थताका कारण यस्तो भएको हो भने कुरा अर्कै भयो। तपाईंको लिङ्ग उत्तेजित नभएका कारणले समस्या परेको हो कि शीघ्र स्खलनका कारणले भन्ने कुरा पनि थाहा भएन। किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको कुरा दे खिएको थियो। कम्तीमा दुई वर्ष विवाहित जीवन बिताइसकेका पुरुषहरू सम्मिलित एक अध्ययनमा स्वस्थ व्यक्तिहरूको सालाखाला यस्तै ३ दशमलव ०१ मिनेटमा वीर्य स्खलन भएको थियो। कतिपयले यो समय सामान्य नै भए पनि छोटो भएको मान्ने गरेको पनि पाइन्छ।

राम्रोसँग लिङ्ग उत्तेजित नहुँदा पनि यौनसम्पर्क छोटो हुन्छ। तनाव, चिन्ता, ग्लानि, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामा नै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनले दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग हुनुजस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुन सक्छन्। यो पक्कै पनि हो कि शरीरमा भएका अन्य रोग, चोटपटक तथा औषधीको प्रभावले पनि लिङ्ग उत्तेजित नभएको हुनसक्छ। लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण हुन सक्छ। मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरेर भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या गराउन सक्छ। कतिपय औषधी पनि यसको कारण हुन सक्छन्। बढ्दो उमेरसँगै पनि यो समस्या देखिन्छ।

त्यसैगरी शीघ्र वीर्य स्खलनका कारण पनि यौनसम्पर्क चाहेअनुसारको अवधिको नहुन सक्छ। योनिमा घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो। यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको बताइन्छ। कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा 'राम्रो' गर्न नसक्नु एक गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ता (performance anxiety) ले समस्यालाई अझ बढाउँछ। विरलै भए पनि केही psychotropic कतै यस्तो समस्याका कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन।

माथि उल्लेख गरिएका कारणहरूमध्ये केसँग तपाईंको समस्या सम्बन्धित छ लेखी पठाउनुभयो भने समाधानका लागि उचित जवाफ दिने प्रयास गर्नेछु।

2 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete