युरोप अमेरिकामा लोकप्रिय सौर्य विजुली उत्पादन अब नेपालमा पनि शुरु (फोटोफिचर


काठमाडौ, ३१ असोज/ युरोप अमेरिकामा अत्यन्तै लोकप्रिय मानिएको सौर्य विजुली उत्पादन अव नेपालमा पनि शुरु हुने भएको छ। ग्लोवल क्यापिटल इन्भेष्टमेण्ट कम्पनी र जापानी प्रविधिको तत्ववधानमा यो कार्यको शुरुवात भएको हो।


कम्पनीका अध्यक्ष तथा गैर आवासीय नेपाली संघ (एनआरएन) प्रमुख संरक्षक देवमान हिराचनले अवको वर्ष कृषि र सोलारको वर्ष हुने बताउँदै सोलार र हावावाट नेपालका विभिन्न क्षेत्रमा विजुली निकाली नेपालीले भोग्नु परेको लोडसेडिङ्ग समस्यालाई न्यनिकरण गरिने बताएका छन्। कम्पनीले यहीवर्षवाट काठमाडौंको रामकोटमा सफलताका साथ परिक्षण विजुली उत्पादन भने शुरु गरिसकेको छ। उक्त कम्पनीका अध्यक्ष हिराचनले ‘पानीवाट विजुली निकाल्दा समय बर्बाद हुने पैसा खर्चिलो हुने विजुली निस्केपछि पनि खपत महँगो पर्ने उहाँले बताउनुभयो त्यसको विकल्पको लागि सोलार र हावावाट विजुली निकालिएको बताउनुभयो’। उहाँले जोड दिदैं ठूला ठूला हाइड्रोपावरमा विदेशी र ठूला ठूला कम्पनीले लामो वर्ष लगाएर निकाल्ने हुनाले हामीलाई घरघरमा विजुली आवश्यक परेको हुनाले यो उपयुक्त माध्यम रहेको साथै युरोप र अमेरिकामा अत्यन्तै लोकप्रिय र सस्तो मानिएको उहाँले जोड दिनुभयो।
भर्खरै मात्र नेपाल सरकारले पनि लोडसेडिङ्गलाई लक्षित गर्दै सौर्य उर्जा जडानमा लाग्ने कुल लागतको ४० प्रतिशत अनुदान दिने जानकारी दिदैं सरकारको त्योल निर्णयको स्वागत गर्दै हामीहरुलाई सरकारको उक्त निर्णयले खुशी तुल्याएको बताउनु भयो।  सरकारले विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ‘शहरी क्षेत्रमा सौर्य उर्जा प्रणाली जडान सम्बन्धी कार्यबिधी, २०७० को मस्यौदा तयार गरेको छ। मस्यौदा अध्ययन गरी थप राय सुझाव समेटेर निकट भविष्यमा पारित गर्ने गरी सरकारले मन्त्रालयका सहसचिव गोकर्ण दवाडीवको संयोजकत्वमा उर्जा मन्त्रालय, स्थानीय विकास मन्त्रालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रतिनिधि सम्मिलित समिति बनाएको छ।
यसैबीच कम्पनीले नेपालकै कच्चा पदार्थवाट जिवित मल उत्पादन कार्य शुरु गरिसकेको छ। जसवाट रासायनिक मलको प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेकोले बताउँदै कम्पनीले जापानी प्रविधिवाट जिवित मलको उत्पादन शुरु पनि गरेको कुरा कम्पनीले आफ्नो वेवसाइटमा जनाएको छ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete