म्यादी प्रहरीमा भर्ना हुन आएकी युवतीलाई बलात्कार गर्ने प्रहरीसहित ३ पक्राउ



राजविराज, असोज ३० - म्यादी प्रहरीको रिजल्ट हेर्न सदरमुकाम आएकी २२ वर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा सप्तरीमा ३ जना पक्राउ परेका छन् ।
असोज २३ गते म्यादी प्रहरीको रिजल्ट हेर्नको लागि सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराज आईपुगेकी ती युवतीलाई सामुहिक बलात्कार गर्ने जिल्ला प्रहरीमा कार्यरत प्रहरी जवान राजेश्वर सदा, नेपाल टेलिकम राजविराजमा कार्यरत कार्यालय सहयोगी (पियन) राजनारायण यादव र म्यादी प्रहरी भर्ना हुन आएका सप्तरी रुपनगर बस्ने वर्ष २३ का बालेश्वर सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले ती युवतीलाई नेपाल टेलिकम राजविराज शाखाको हातामा रहेको क्वाटरमा लगेर सामुहिक बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । सप्तरीका प्रहरी प्रमुख एसपी दिनेश अमात्यले दिएको जानकारी अनुसार युवतीको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete