किन दिँदैछन् गोरखालीले बाबुरामलाई भोट ?

baburam

गोरखा, कात्तिक ८– गोरखाको खोप्लाङ वडा नं. ४ बेलबासमा जन्मेर २०२६ सालमा एसएलसी बोर्ड फस्ट हुनुभएका एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई मत दिएर जीताउन गोरखा क्षेत्र नं. १ का बासिन्दा आतुर भएका छन् ।नेता भट्टराईले कात्तिक ३, ४, ५ र ६ गते गोरखामा गर्नुभएको जनभेटघाट कार्यक्रमले यस्तो संकेत गरेको हो । नेता भट्टराईको स्वागतको लागि गोरखाका हजारौं मानिसहरु फूलमाला लिएर लामबद्ध भएका थिए । गोरखा नगरपालिका वडा नं. १ देखी ११ सम्मका मानिसहरु र बक्राङ, मनकामना, ताक्लुङ, घैरुङ, ताङिलचोक, मकैसिङ, फुजेल, दर्बुङ, घ्याल्चोक सम्मको कार्यक्रममा गाउँलेहरुको अपार माया डा. भट्टराईलाई रह्यो । यसअघि पनि यहाँका मानिसहरुले एमाओवादीलाई मत दिएर देश भरीमै दोश्रो अत्यधिक मतले विजयी गराएका थिए । यसअघि नेपाली काँग्रेसले ९ हजार मत प्राप्त गरेको थियो भने एमाओवादीले ४० हजार । गोरखाको ग्रामीण क्षेत्रमा ८० प्रतिशत भन्दा बढी मानिसहरु एमाओवादी रहेका छन् ।
डा. भट्टराईको काम गर्ने शैलीका कारण यहाँका मानिसहरु नामकै आधारमा भोट दिन तयार भएका छन् । अझै जनभेटघाटको कार्यक्रमले यहाँ एमाओवादी प्रति जनउभार आएको छ । गाउँमा देखिएका जति सबै मानिसहरु एमाओवादी भएका छन् । मिडियाको प्रचारमा अत्य दलहरु अगाडि भएपनि वस्तुगत रुपमा एमाओवादी पाँच गुना अग्र पंक्तिमा छ ।
गोरखा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत यस अघि डा. भट्टराईले मनकामना मन्दिर जीर्णोद्वारको काम , मनकामना गोरखकाली टे«किङ रुट निर्माण, गोरखा बुंकोट, नामजुङ, घैरुङ, तिनमाने, मनकामना सडक निर्माण, गोरखा ताप्ले, अश्राङ बोर्लाङ सडक निर्माण, गोरखा नारेश्वर निवेल सडक निर्माण, लक्ष्मीबजार फुजेल सडक, लक्ष्मिबजार मनकामना सडक, अवुवा मनकामना सडक, खैरेनी मनकामना सडक, स्याउली मनकामना सडक, दशकिलो मनकामना सडक निर्माण, वेनिघाट आरुघाट सडक निर्माण, दरौंपुल, बुढीगण्डकीमा दुईवटा निर्माणका साथै पर्यटकीय आर्थिक क्षेत्रमा जोड दिँदै काम गर्दै आउनुभएको छ । गोरखाका बुद्धिजीवि, शिक्षक, मजदुर सबै तह र तप्काका मानिसहरु वीच डा. बाबुराम भट्टराई आशाको केन्द्र हुनुहुन्छ । उहाँको गोरखा निर्वाचन क्षेत्र नं. १ आगमनले यहाँका प्रशासनिक निकायका काम चुस्तदुरुस्त हुने र विकासमा सबै क्षेत्रका जनताको समान पहुँच हुने कुरामा दुईमत छैन ।
एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको सरकारका पालामा गाउँ विकास समितिमा आएको २० देखि ५० लाख सम्मको बजेटबाट अहिले स्थानीय गाउँमा विकासको प्रभाव बढेपछि यहाँका मानिसहरु एमाओवादी पक्का जनताको पार्टी भएको स्वीकार गरेका छन् ।
स्वास्थ्य संस्थामा निशूल्क उपचार, कक्षा १० सम्म निशुल्क शिक्षा, पछाडि पारिएका वर्ग समुदायका लागि विशेष सुविधा, आर्यखसका लागि अलग्गै व्यवस्था भने अनुसार एमाओवादीले गरेपछि यहाँका मानिसहरु एमाओवादीलई दुईतिहाई बढी मत दिएर जिताउन आतुर देखिएका हुन् । एमाओवादीको नीति अनुसार यहाँका विद्यालयहरुमा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने चलन रहँदै आएको छ ।
नेता भट्टराई प्रधानमन्त्री भएको बेला बहुप्रतिष्ठित बुढीगण्डकी आयोजनाले बैधानिकता पाएपछि यस क्षेत्रको कायापलट हुन लागेका भन्दै यहाँका मानिसरु खुशि भएका छन् । यसबाट नेपालको लोडसेडिङ मुक्त हुनुका साथै लाखौ मानिसहरुले प्रत्यक्ष अप्रत्यक्ष रोजगार पाउने छन् । भन्न त मानिसहरुले ८० वर्ष पहिले पनि बुढी गण्डकी नदिबाट विजुली निकाल्न सकिन्छ भन्थ्ये तर हामीलाई पत्यार लाग्दैन थियो तर बाबुराम भट्टराईले गरेर देखाईदिए भन्नुहुन्छ फुजेल पुनी गाउँका वृद्ध पिताम्बर लामिछाने । फ्रान्सको टयाक्बेल्ट कम्पनिले चुल्ठेभिरमा भीर खोपेर काम गरेको देखेपछि यहाँका मानिसहरु साँच्चै जे बोल्यो त्यो गर्ने पार्टी एमाओवादी नै रहेछ भन्नेमा ढुक्क भएर बसेका छन् । एमाओवादीलाई स्थीर सरकार बनाउन चाहिने मत नदिए देशको विकास सम्भव नभएको दरबुङ एमाले नेता समेत रहेका ज्योति घिमिरेले बताए ।
एकातिर जनताको अपारमा माया एमाओवादीलाई छ नै त्यसमा पनि बोलेका काम फत्ते गर्ने प्रचण्ड बाबुराम जस्ता विश्व चर्चित नेताका कारण गोरखामा एमाओवादी प्राणप्रिय पार्टी बन्न सकेको छ ।
बाईस वर्षे शिक्षण पेशालाई तिलाञ्जली दिँदै पार्टीमा लाग्नुभएका एमाओवादी मुख्य सचिव हितराज पाण्डे एउटा इमान्दार र कर्मठ नेता हुनुुहुन्छ । गाईखुर गाविसको तल्लो मैदान वेतेनीमा जन्मनु भएका नेता पाण्डे जनयुद्धका योजनाकार समेत हुनुहुन्छ । आफ्नो क्षेत्रको विकासका लागि भन्दै एमाओवादी विस्तारीत बैठक समेत पालुङटारमा गराएर यहाँको विकासमा कायापलट गराउनु भएका नेता पाण्डेलाई यस अधिकै रेकर्ड रहने गरी मत दिन गोरखा निर्वाचन क्षेत्र नं. २ का मानिसहरु आतुर भएका हुन् ।
एमाओवादी पार्टी भनेपछि हुरुक्कै गोरखा क्षेत्र नं. २ का बासिन्दाहरु पुरानो रकर्ड कायम राख्न भन्दै दिनरात चुनावी मैदानमा खटिएका छन् । एमाओवादीको आगमनसँगै यहाँ विकासले गति लिएर क्षेत्रका सबे गाविसमा मोटरबाटो र विजुलीबत्ती पुगेको थियो । नेता पाण्डे निरन्तर जनताको वीचमा हुनुहुन्छ ।
स्थानीय तहको नेताको माग राख्दै आएका गोरखा क्षेत्र नं. ३ का मानिसहरु स्थानीय विकास प्रेमी जुझारु युवा नेता छम बहादुर गुरुङलाई पाएपछि खुशि मात्रै भएका छैनन् । यसअघिको निर्वाचनमा आएको भन्दा बढी मत लिएर विजयी गराउन लागि परेका छन् । यहाँका मानिसहरुले अन्यपार्टीका मानिसहरु गाउँ आउँदा लखेटेर भगाएका छन् । उत्तरी गोरखाका १४ गाविसमा गुरुङ बाहेक अन्य नेता चुनाव प्रचारमा जाने स्थिति छैन । चिनियाँ सरकारसँग राम्रो सम्बन्ध कायम राखी उत्तरी गोरखाको विकासका लागि आवाज उठाएर कार्यान्वयन गर्दै आएका नेता गुरुङको पहलमा गोरखाको छेकम्पारमा तिब्बत जाने बाटो बनाउन डोजर पुगेको छ ।
बारपाक, लाप्राकमा मोटर बाटो पुगेको छ । आरुघाट स्थित बुढी गण्डकी नदिमाथि मोटरपुल बनेको छ । सिर्दीवासमा आवासिय विद्यालयको निर्माण भएको छ । लापु स्थित कालरात्री माविमाको नयाँ भवन निर्माण भएको छ । चिनियाँ सरकारले वर्सेनी ३० सौं लाखको खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ । पटक पटकको चीन भ्रमणबाट छम बहादुर विकासका लागि प्रतिवद्ध हुँदै चिनियाँ मोडलबाट उत्तरी गोरखाको कायापलट गर्न लागि पर्नुभएको छ । यस्ता नेतालाई एमाओवादीले उम्मेदवार बनाउनु उत्तरी गोरखाको विकासको मुल फुटाउन हो भन्नुहुन्छ गुम्दाका स्थानीय भीम प्रसाद गुरुङ बताउनुहुन्छ । उत्तरी गोरखाका विकासका लागि गुरुङले जिल्ला पार्टी, केन्द्र पार्टी र पार्टी सरकारमा रहेका बेला जस्ताको तस्तै समस्या राख्दै स्थानीयका माझ प्रिय बन्नु भएको थियो । जिल्लाको पन्द्रुङ गाविस स्थित शैलपुत्री उमाविमा अध्ययन सकेर जनयुद्धको थालनी देखि नै पार्टीमा लाग्नु भएका नेता गुरुङले दुई तिहाई भन्दा बढी मतान्तरले जित्ने निश्चित भएको बारपाकका धन बहादुर घले बताउनुहुन्छ ।
एमाओवादीको घोषणा पत्रका अनुसार जनता पेन्सन कार्यक्रमबाट प्रत्यक ६५ वर्ष उमेर समूहका मानिसहरुलाई दूई हजार मासिक भत्ता दिने, औषधोउपचार निशुल्क दिने लगायतका जनहितका कार्यक्रमले एमाओवादीको देशभर विजय निश्चित भएको छ । यस कारण देशमा एमाओवादीको आवश्यकता छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete