विपक्षीलाई गाली गर्दैनौं : भट्टराई


Baburam-Bhattaraiकाठमाडौं, कात्तिक २–एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले चुनावमा विपक्षीलाई गाली नगर्ने बताएका छन् । उनले चुनावमा विपक्षीलाई गाली नगर्ने र आफ्ना एजेण्डाहरुमात्रै जनतामा राखेर विस्वास जित्ने काम गर्ने बताए ।
शनिबार आफ्नै निवास सानेपामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले पार्टी अध्यक्ष प्रचण्डसँग समेत विपक्षीलाई गाली नगरी आफ्ना एजेण्डा जनतामा राख्ने विषयमा समझदारी भएको बताए । उनले भने, ‘हामीबीच विपक्षीलाई गाली नगर्ने समझदारी बनेको छ, राष्ट्रनेताले अरु लाई गाली गर्नु हुँदैन, आफ्ना एजेण्डाहरु राख्नुपर्छ । ‘ उनले आफूले कसैलाई पनि गाली नगरेको समेत बताए ।
पत्रकारहरुको एक जिज्ञासामा भट्टराईले चुनावपछि पार्टी अध्यक्ष र आफूबीच पदीय विषयमा कुनै विवाद नहुने दाबी गरे । पदीय विषयमा भद्र सहमति भैसकेको दाबी गर्दै भट्टराईले भने, चुनावपछि को राष्ट्रपति बन्ने र को प्रधानमन्त्री बन्ने भन्ने विषयमा हामीबीच कुनै विवाद हुँदैन, एक प्रकारको भद्र सहमति भैसकेको छ, विगतमा पनि हामीबीच पदको नभएर विचारको मात्रै भिन्नता थियो, अहिले हाम्रो विचार मिलिसकेको छ, यो कुनै ठूलो विषय होइन । ’
तर, यसबारे अहिल्यै निर्णय गर्नुभन्दापनि परिस्थितिले निर्धारण गर्ने उनको भनाई थियो ।
कुराकानीका क्रममा भट्टराईले पार्टी व्यक्ति केन्द्रीत नभई एजेण्डामा केन्द्रीत हुनुपर्ने बताए । परिवर्तन, प्रगति, आर्थिक विकास र समृद्धिको मुद्धा एमाओवादीले उठाएको भन्दै उनले परिवर्तनकामी शक्तिलाई बहुमत आवश्यक रहेको बताए । विगतको संविधानसभामा माओवादीको बहुमत नहुँदा संविधान बन्न नसकेको स्मरण गर्दै उनले अब आफ्नो पार्टीलाई बहुमत दिन आग्रह गरे । अहिलेको चुनावमा अग्रगामी शक्तिले नजिते परिवर्तन संस्थागत हुन नसक्ने खतरा रहेको समेत उनले औंल्याए ।
चुनावमा सबै दलका ठूला नेताहरुले जित्दा राम्रो हुने भए पनि त्यस्तो तालमेल गर्न नसकिएको उनले बताए । ‘सबै दलका शीर्ष नेताहरु र अग्रगामी विचार भएका नेताहरु संविधानसभामा प्रतिनिधित्व गराउन सक्दा चाँडै निकास निस्कने उनको भनाई थियो ।
भट्टराईले चुनावका वेला नेपाली मिडियाहरुलाई पनि व्यक्तिगत टीका टिप्पणीमा भन्दा पनि एजेन्डाहरुमा बहस केन्द्रीत गर्न सुझाव समेत दिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete