राजुद्वारा लिखित पुस्तक
राजु क्षेत्री, जसले आफनो जीवनको उर्वर समय माओवादी युद्धमा बिताए। सोही पार्टीको वकालत गर्दै २० वर्ष पुरै हिँडे। जति माओवादीको प्रचार गर्नु थियो, त्यो अरु भन्दा उनले धेरै नै गरे। माओवादी युद्धकालमा भएको घटनाको माओवादी 'एङ्गल'को समाचार लेख्ने सीमित पत्रकार मध्ये क्षेत्री पनि एक थिए। ज्यान हत्केलामा राखेर उनले युद्धका समाचार निरन्तर प्रवाह गरिरहे जनादेशको संबाददातादेखि कार्यकारी सम्पादकसम्म भएर।
'तर, असोज ३ गते देखि लागू हुने गरी पार्टीको कुनै पनि पदमा नबस्ने र साधारण सदस्य पनि नहुने गरी राजीनामा दिएको छु, अब म पार्टीमा रहिन्' क्षेत्रीले सुनाए, 'राजनीति र आन्दोलन ठगी खाने ठाउँ नबनोस है भनेर ज्यान हत्केलामा राखेर क्रान्तिमा सामेल भएँ तर अहिले म आफैँले हार खाएँ।'
उनले पार्टीमा असोज ३ गतेदेखि नरहेको तमुवान राज्य समितिका सेक्रटरी हरि अधिकारी र केन्द्रीय सदस्य राम कार्की लगायतलाई फोन गरी जानकारी मात्रै दिएका छैनन् पुङ्गदी भुङ्गदी गाउँ कमिटीदेखि राज्य समितिसम्म राजीनामाको बोधार्थ पनि पठाइ दिएका छन्।
'पोखरामा द एलाइट क्याफे छ, कुखुरा फार्म पनि चलाएको छु, यसैमा अबको समय दिन्छु', क्षेत्री भावी योजना सुनाउँछन, 'पार्टीका लागि धेरै गरियो तर पार्टी हाम्रो होइन रहेनछ भन्ने लाग्यो, अब स्वतन्त्र जीवन बिताउँछु।' आलोचकहरुले उनलाई टिकट नदिएपछि पार्टी छाडेको भन्ने टिप्पणी पनि गरेका छन् तर उनी यो मान्दैनन्। हुन त उनको नामै मतदाता सूचीमा छैन।
दुई दुई पटक गरी झन्डै १६ महिना जेलजीवन बिताएका क्षेत्रीको युद्धकालमा पाएको यातनाले गर्दा एउटा हात अझै राम्रोसँग चल्दैन्। अझ उनीसँग एउटा इतिहास यो जोडिएको छ कि क्षेत्री चर्चित गजुरी 'ब्यारेक ब्रेकर' पनि हुन्। त्यो काण्डले उनलाई चर्चित नै बनायो। ०५१ सालमा ल क्याम्पसमा स्ववियू सदस्यमा उम्मेदवारी दिएका क्षेत्री ०५४ सालदेखि पूर्णकालीन भए। पार्टीको जिम्मेवारी थपिदैँ जाँदा उनी एकीकृत माओवादीको केन्द्रीय प्रचार विभागका सदस्य समेत हुन पुगे।
हाल पोखरामा 'द एलाइट क्याफे' चलाएर गुजारा गरेर बसेका क्षेत्रीका दुई सन्तान त छन् तर बिडम्बना दुबै बहिरा। घर परिवार चलाउन र दुई सन्तानको उपचार गर्दा गर्दै भएको आम्दानी जान्छ। उल्टै थप ऋण पनि थपिएको छ।
एमाओवादी नेताहरु पार्टी प्रवेश गर्नेहरुको 'जनलहर' भएको बताइरहेछन्। अध्यक्ष पुष्पकमल दाहाल अथवा अन्य शीर्ष नेताको हातबाट रातो टीको लगाउन पाए सभासद ग्यारेन्टी हुन्छ। त्यो सम्भव नभए पार्टी जिम्मेवारी त पक्का। तर पार्टीलाई यहाँसम्म ल्याउन आफ्नो ज्यान हत्केलामा राखेर योगदान दिने राजुहरु भने क्रमशः माओवादी राजनीतिबाट पलायन हुदैँछन्।
उनको माओवादी राजनीति पलायनमा क्षेत्रीका युद्धकालिन सहकर्मी तथा प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले फेसबुकमा नै लेखेर दुःख मनाऊ गरे । उनले लेखेका छन्, 'म आज निक्कै खिन्न छु साथी हो, जनयुद्धमा सेनाले हातै भाँचिदिएको, गजुरी ब्यारेकवाट हतियार खोसेर भाग्न सक्ने साहासी, इमान्दार र जुझारु लेखक राजु क्षेत्री एमाओवादीमा नाम, काम र सम्मान केही नभएको भन्दै पार्टी छाडे रे।' क्षेत्रीको राजनीतिक सन्यासले आफु स्तब्ध भएको भण्डारीको भनाइ छ ।
'पार्टी भित्रका विकृति र विसंगति मौलाउन थालेपछि त्यसविरुद्ध बोल्न थाले। कलम चलाउन थाले। अहिले त हुदाँ हुदाँ कतिसम्म भयो भने उल्टै म त पार्टीका मान्छे नै होइन रे। प्रतिक्रियावादी, पुजिँवादी, सामान्तवादसँग साँठगाँठ भएको मान्छे समेत भन्न थाले,' क्षेत्री सम्झन्छन, 'हिजो युद्धमा ज्यानबाजी राखेर हिड्ने आज म प्रतिक्रियावादी र सामान्तवादको दलाल भए, हिजो आएका चाँही अबसरवादी चाँही आज क्रान्तिकारी दरिदैँ गएँ।' माओवादी राजनीतिबाट सन्यास लिएपछि उनको अब एउटै लक्ष्य छः क्याफे र कुखुरा फार्ममा पूरै समय दिने। आफूलाई आर्थिक रुपले बलियो बनाउने ।

No comments:
Post a Comment