प्रचण्डका छोरा सौता थपिरहने, चेली कलिलै उमेरमा ब्वाईफ्रेण्ड रोज्ने, लाजिम्पाटमा कन्यादानको तयारी !


काठमाडौं, २३ असोज । एउटा छोराले सौतामाथि सौता थपिरहने, त्यही घरमा हुर्किएकी चेलीले काँचै उमेरमा ब्वाइफ्रेण्ड रोज्ने ! एमाओवादी अध्यक्ष प्रचण्डको घरमा यस्तै समस्या देखिएको छ । यही समस्यालाई हल गर्न संविधानसभा निर्वाचन लगत्तै मंसिर २३ को मितिमा १९ वर्षकी युवती लाजिम्पाटस्थित प्रचण्ड निवासबाट अन्मिएर ‘पराइघर’ जाने भएकी छन् ।
बूढानीलकण्ठ स्कूलमा भर्खर १२ कक्षा पढ्दै गरेकी सृष्टि केसी लाउँलाउँ खाउँखाउँकै उमेरमा गृहस्थी जीवन सुरु गर्न लागेकी हुन् । प्रचण्डकी जेठी छोरी ज्ञानु र गणतान्त्रिक सम्पर्क मञ्चसम्बद्ध अर्जुन केसीकी छोरी सृष्टिले एउटा केटो मन पराएकी रहिछिन् । धन्न, प्रचण्ड निवासमा नातिनी बरालिन थालेको खबर बेलैमा पुग्यो र छलफल गर्ने मौका मिल्यो ।
कुरा सुन्नासाथ प्रचण्डपत्नी सीताले सृष्टिसँग हल्ला चलेका केटालाई बोलाइन् । बिचार सोधिन् । साँच्चै सृष्टिलाई लैजाने कुरा गरेपछि केटीका बाबु–आमा (छोरी–ज्वाइँ)सहित  अस्ति लाजिम्पाटमा बिहेको टुंगो लगाएको सुरक्षा स्रोतको दाबी छ । प्रचण्डकी नातिनीको मन जित्ने केटाको नाम हो आशिष घिमिरे हो । उनी नवलपरासीका वासिन्दा हुन् ।
उनले सृष्टिलाई पत्नीका रुपमा ललितपुरको हात्तीवनस्थित नयाँ घरमा भित्रयाउनेछन् । एमविएसको अध्ययन पुरा गरेका उनी ग्लोबल बैंकको राजधानी भित्रै कुनै शाखामा प्रबन्धक छन् । उमेर नपुगी, पढाई नसकी भान्जीको बिहे गर्न नहुने एक्ला छोरा प्रकाशको सुझाव थियो ।
केटो गतिलो भेटिएपछि नातिनी जिल्ला लगाउन ढिलाई गर्न नहुने भन्दै सीताले हतारो गरेकी हुन् । त्यही पनि प्रकाशले ‘नाइँ–नाइँ’ भन्दै थिए । आमाले सातो टिपिन्, ‘अहिल्यै केही गरेन भने भोलि अर्कोसँग लाग्ली, हामीचाँही सधैं बद्नामीको भारी बोकिरहने ?’
स्मरणीय छ, एक वर्षअघि कान्छी छोरी गंगा विराटनगरको केटोसँग लागेको थाहा पाएपछि सीताले यसरी नै मध्यस्थता गरी सम्बन्धलाई ‘दाम्पत्य’ बनाईदिएकी थिइन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete