सेनाको हेलिकप्टर चढेर तीर्थाटन राज्यकोषबाट १५ लाखभन्दा बढी दुरुपयोग


Khil Raj Regmiकाठमाडौं , कार्तिक २ - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र गृहमन्त्री माधव घिमिरेले नौरथामा नेपाली सेनाको हेलिकप्टर चढेर धार्मिक सयर गरेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरूले अष्टमीका दिन राज्यकोषबाट करिब १५ लाख रुपैयाँ खर्च गरी सेनाको विलासी हेलिकप्टरबाट गोरखा र नवलपरासीस्थित शक्तिपीठ गएका हुन् ।
रेग्मी र घिमिरे पत्नी तथा परिवारका अरू सदस्यसहित दुई शक्तिपीठ र त्रिवेणी धाम गएका थिए । आकस्मिक काममा जानुपर्दा मात्र सरकार प्रमुख र मन्त्रीले सरकारी खर्चमा हेलिकप्टर उपयोग हुन्छ । तर, रेग्मी र घिमिरेले शक्तिपीठको दर्शन गर्ने निजी कामका लागि सरकारी खर्चमा झन्डै ७ घन्टासम्म हेलिकप्टरमा सयर गरेको स्राेतले जनायो ।
उनीहरूले चढेको हेलिकप्टर भाडाको बिल सेनाबाट आउन बाँकी भए पनि विलासी हेलिकप्टर भएकाले १५ लाख रुपैयाँभन्दा बढी खर्च भएको सैनिक स्रोतले जनायो ।
रेग्मी र घिमिरे राजधानीबाट अष्टमीको बिहान सेनाको एमआई-१७ हेलिकप्टरमा पहिले गोरखाको मनकामना मन्दिर गएका थिए । त्यहाँ प्रहरीले व्यवस्था गरेको पूजा सामग्री प्रयोग गरी उनीहरूले पूजाआजा गरे ।
गोरखाका प्रजिअ कृष्णबहादुर कार्की र डीएसपी वसन्त कुँवरलगायत अधिकारी सदरमुकामबाट बिहानै करिब ३० किलोमिटर टाढा कच्ची बाटोमा मोटरबाट मनकामना मन्दिर पुगी रेग्मी र घिमिरेको स्वागतमा खटिएका थिए ।
मनकामनाको दर्शन गरेपछि रेग्मी र घिमिरे हेलिकप्टरबाटै नवलपरासीको मौला कालिका गए । त्यहाँ पनि प्रहरी, प्रशासन र सेनाका स्थानीय उच्च अधिकारीहरूले उनीहरूको स्वागत गरेका थिए । मौला कालिकाको दर्शन गरेपछि उनीहरू हेलिकप्टरबाटै नवलपरासीको त्रिवेणी धाम पुगेका थिए । त्रिवेणी धाममा उनीहरू स्वामी कमलनयनाचार्यको आश्रममा गएर केहीबेर बसेका थिए । उनीहरू सोही दिन अपराह्न हेलिकप्टरबाटै राजधानी फर्किएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete