शरीर थाकेर लखतरान छ, तर स्फुर्ति रत्तिभर घटेको छैन। ज्यान असारको दर्केझरीमा रुझेजस्तो पसिनाले लुछ्रुप्पै भिजेको छ, तर अनुहारको कान्ति ओइलाएको छैन। उल्टो तिहारको सयपत्री फूलझैं फक्रिएको छ। लक्ष्मीपूजाको दियोझैं धपक्क बलेको छ। हिँड्दाहिँड्दै कोही कम्मरमा हात हालेर सुस्केरा हाल्दै सुस्ताइरहेका छन्। कोही आफ्आफैं खित्खिताएर थकान मार्दै छन्। शुक्रबार बिहान सवा २ बजे ललितपुरको नागबहालबाट सुरु भएको धार्मिक सहिष्णुताको प्रतीक 'दीपंखा यात्रा' ले दिनभर ललितपुर र काठमाडौंका सडकमा यसैगरी रौनक छर्यो।
परम्परागत र सांस्कृतिक महत्वको करिब ६६ किलोमिटर लामो यो यात्रामा दसौं हजार सहभागी भए। बाटोमा पर्ने मठमन्दिरमा जौ–अक्षता छर्दै लम्किरहेका भक्तालुलाई आ–आफ्ना घरका छत र आँगनबाट स्वागत गर्नेहरूको लर्को पनि उत्तिकै थियो। चर्को घाममा असिनपसिन भएर हिँडिरहेकाहरूलाई कसैले चिसो पानी छर्केर स्वागत गरे त कसैले चिसै सर्बत–पानी पिलाएर सुख्खा आँत भिजाइदिए। चिसो बरफले भक्तालुहरूको थाकेका गोडा पखाल्न पनि थुप्रै खटिएका थिए, ठाउँठाउँमा। कतिपयले घरबाटै खानेकुरा ल्याएर यात्रीहरूलाई भोजन गराए।
यस्तो प्रतीत हुँदैथ्यो, दीपंखा यात्रामा हिँडिरहेकाहरू मात्र होइन, ललितपुर र काठमाडौंका सबैजना यो परम्परागत यात्रामा हिस्सेदार बनेका छन्। यात्रामा युवायुवतीको बाक्लो सहभागिता छ। उनीहरूलाई दीपंखा यात्रासँग जोडिएको कथा थाहा छैन, तैपनि जोसमा हाँस्दै, रमाउँदै अघि बढिरहेका छन्। 'धर्म र कथा मलाई थाहा छैन, तर यात्रा निकै रमाइलो लागेको छ,' ललितपुरको मलपोखरीमा भेटिएकी सानागाँउकी जेनी महर्जनले भनिन्, 'आधा बाटो मात्र तय गर्ने सोच थियो, अहिले पूरै पार गर्ने आँट लिएकी छु।'
यात्रा शान्तिपूर्ण रूपमा चलेको दीपंखा यात्रा व्यवस्थापन समितिका प्रचारप्रसार प्रमुख रविन्द्र शाक्यले जानकारी दिए। सर्वसाधारणले स्वतस्फुर्त सहयोग गरेपछि सोचेभन्दा व्यवस्थित भएको उनले बताए। 'कतिपयले त तातो पानी तताएर यात्रीको गोडा सेकेकोसमेत देखियो,' उनले भने, 'सयौ ठाउँमा यात्रीलाई खानपिन र चिसो पानीको व्यवस्था गरिएको थियो।'
यात्राका सहभागी विगतको जस्तै 'उत्साहजनक' रहेको उनले बताए। 'सुरुमा केही कमजस्तो लागे पनि पछि यात्रामा सहभागी हुनेको संख्या निकै बढ्यो,' उनले भने, 'हजारौं सर्वसाधारण बीच बाटोबाट पनि यात्रामा सहभागी बने।'

करिब १ लाख सर्वसाधारण यात्रामा सहभागी रहेको उनको अनुमान छ। यात्रा बिहान ३ बजेबाट सुरु हुने भनिए पनि चाप बढेकाले सवा २ बजे नै सुरु गरिएको उनले जानकारी दिए।
ललितपुरको नागबहालस्थित हिरण्यवर्ण महाबिहारबाट निस्केका दीपंखा यात्रीले ललितपुरका विभिन्न मठमन्दिर हुँदै बुंगमति, खोकना, चोभार, काठमाडौंका मरु, भीमसेनस्थान, इचंगु, हल्चोक, स्वयम्भु, सोह्रखुट्टे, म्हेपी, नारायणहिटी, नक्साल, टंगाल, टुंडालदेवी, धुम्बाराही, चाबहिल, महांकाल र साँझ बौद्ध पुगेर विश्राम लिएका छन्। करिब ५३ किलोमिटर यात्रा तय गरेर बौद्धमा रात्रिकालीन विश्राम गरी शनिबार बिहान ३ बजेबाट फेरि यात्रा सुरु हुनेछ।

शनिबार बिहान बाग्मती, गुह्श्वेरी, पशुपतिनाथ, देवपाटन (गोल), वनकाली, गुथल्वहं (पिंगलामाई), कोटेश्वर महादेव, कुटीबिहार, सिकबहिल, इकुबहिल, च्यासल, क्वाछें (बालकुमारी), दुपाट, लुँखुसी, कनिबहाः, मतिक्व (वटुक) हुँदै १३ किलोमिटिर यात्रा तय गरी ७ बजेतिर महालक्ष्मीस्थान लगनखेलमा पुगेर यात्रा समापन हुने दीपंखा यात्रा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर शाक्यले जानकारी दिए। दीपंखा यात्रामा एक पाइला हिँड्दा एक तोला सुन दान गरेबराबर पुण्य मिल्ने जनविश्वास छ। यो यात्राको नेतृत्व निलथु वोधिसत्वका मूलपूजारी प्रवीण बज्राचार्यले गरे। यात्रामा सहभागी भक्तजनको सुविधालाई ख्याल गर्दै व्यवस्थापन समितिले ठाउँठाउँमा विश्रामस्थल, स्वास्थ्य शिविर र सुरक्षा प्रबन्ध गरेको छ।
धार्मिक किंवदन्ती
दीपंखा यात्रा कहिलेदेखि सुरु भयो यकिन मिति थाहा नभए पनि यो परम्परा करिब ९ सय वर्षदेखि चलिआएको मान्यता छ। ललितपुरको हिरण्यवर्ण महाविहारमा रहेको साँढेलाई कसैले जादु गरेर पशुपतिनाथ पुर्याहएछ। त्यसलाई महाविहारका आचार्यले फर्काउने प्रयास गरेछन्। दुईतिरको मन्त्रले प्रभाव पारेपछि साँढे दिग्भ्रमित भएछ। त्यही भ्रममा साँढे पशुपतिनाथबाट बाहिर निस्केर ३ महिनासम्म उपत्यकामा बरालिएको र अन्ततः ललितपुरको नागबाहलमा आएर सिद्ध प्राप्त गरेको किंवदन्ती छ।
साँढे बरालिने क्रममा जहाँजहाँ बस्यो, त्यहाँत्यहाँ पूजा गर्ने चलन बनेको अध्यक्ष शाक्यले बताए। दीपंखा यात्रा मनाउन पाँचवटा दुर्लभ योग मिलेको हुनुपर्छ– सौरमासको संक्रान्ति, चन्द्रमासको पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग र आदित्यवार। यी पाँचवटै अतिदुर्लभ योगहरूको समागमन एकै दिन भएको खण्डमा यो पर्व मनाउने चलन छ। यी योगहरूमध्ये आइतबारबाहेक अरू बार पनि दीपंखा आयोजना गरिएको ऐतिहासिक प्रमाण छ।
यसअघि ३८ वर्षपछि मनाइएको यात्रा यसपटक ८ वर्पषछि भएको हो। यसअघि २०६२ असोज ३१, २०२४ र १९९७ सालमा आयोजना गरिएको थियो।

तस्बिरहरु : विकास कार्की, विजय राई, दिपेश श्रेष्ठ, उपेन्द्र लामिछाने
दीपंखा अनुभव
रिजु अवाले, १९
ललितपुर च्यासलकी रिजु अवालेको यो पहिलो यात्रा हो । बिएसस्सी नर्सिङ पढ्दै गरेकी अवालेले मनको शान्तिका लागि यात्रा गरेको सुनाइन्। 'यात्रा तय गरे मनका इच्छा पूरा हुन्छन् रे,' स्वयम्भुमा भेटिएकी उनले भनिन्। बिहान ३ बजे घरबाट निस्केकी उनले यात्रा क्रममा सानेपामा खिरपुरी नास्ता खाएर अघि बढेको जानकारी दिइन्।
कृष्णलाल महर्जन, ५६
भक्तपुर ठिमीका कृष्णलाल पनि पहिलोपटक यो यात्रामा सहभागी भएका हुन्। विगतमा यस यात्राबारे जानकारी राख्दै आएका उनले यसपटक आफैं सहभागी हुने रहर पूरा गरे। 'दीपंखा यात्राको बारेमा थुप्रै कुरा सुनेको थिएँ, यसपटक आफैंले अनुभव गरेँ,' उनले भने, 'निकै खुसी लागेको छ।'
खेतीकिसानी गर्दै आएका श्रेष्ठ यो यात्राबाट मनोकामना पूरा हुने विश्वास राख्छन्। 'यो निक्कै पवित्र यात्रा हो रे,' उनले भने, 'त्यही भएर बिहान ३ बजे नै उठेर निस्केँ।' यात्राको खासै तयारी नगरे पनि पानीको बोतल र केही खानेकुरा झोलामा हालेको उनले बताए।
सविना महर्जन, ३२
ललितपुर सातदोबाटोकी सविना महर्जनले परिवारका अरू सदस्यबाट यो यात्राबारे थुप्रै कुरा सुनेकी थिइन्। यसपालि मन थाम्न सकिनन्। उनलाई आमाले धोबीघाट नजिकको मलपोखरीको डिलमा जेरीस्वारी खुवाएकी थिइन्। 'आफन्तहरूले यात्रा क्रममा जुस र खानेकुरा खुवाउने गर्छन्,' उनले भनिन, 'यसले हामीलाई थप उत्साह दिन्छ।'
पुरुषोतम प्रजापति, ४४
असनका पुरुषोत्तम प्रजापति त बैशाखीको भरमा ६६ किलोमिटर लामो यात्रामा निस्किएका छन्। बाल्यकालदेखि नै उनको दायाँ खुट्टा छोटो छ। तर, यात्रा पूरा गर्ने दृढ अठोट लिएका छन्। साँझ ५ बजे इचंगुनारायण आइपुेका उनी खुट्टा अत्यन्तै गलेका कारण स्वयम्भुको उकालो आफन्तको मोटरसाइलकमा बसेर चढ्ने बताए।
'निक्कै लामो बाटो तय गरेपछि खुट्टा निक्कै गल्यो,' उनले भने, 'इचंगुनारायणबाट स्वयम्भुसम्म मोटरसाइकल चढ्छु।' त्यसपछिको यात्रा भने पैदलै गर्ने उनले बताए। 'आफन्त र साथीभाइको सहयोगमा कठिन बाटो सजिलै पार गरेको उनले बताए। 'यो मेरो जिन्दगीको अविश्मरणीया यात्रा रह्यो,' उनले भने, 'यसले मलाई जिन्दगीभर ऊर्जा दिनेछ।'
चिरिमायाँ महर्जन, ८४
ललितपुर पुल्चोककी चिरिमाया आफैं यात्रामा सहभागी हुन नसके पनि यात्रीको लर्को हेर्न एकाबिहानै झम्सीखेल आइपुगेकी थिइन्। झम्सिखेल चोकमा बसेर यात्री नियाल्दै गरेकी उनले १६ वर्षको उमेरमा आफू पनि यसैगरी हिँडेको सम्भि्कइन्। 'त्यतिबेला पोल्टामा चिउरा र अदुवा पोको पारेर निस्केका थियौं,' उनले भनिन्, 'अहिले त खानेकुरा कति हो कति।'
आफ्ना दुई नाति यात्रामा सहभागी रहेको उनले सुनाइन्। 'पहिलेभन्दा निकै धेरै सहभागी छन्,' उनले थपिन्, 'लुगा पनि रंगीचंगी।' उतिबेला खेतबारी हुँदै यात्रा तय गरेकी उनले अहिले सडक बनेकाले केही सजिलो हुने बताइन्।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete